काठमाडौं । काठमाडौं लगायतका प्रमुख शहरहरूमा जनसंख्याको वृद्धि र आवासको माग बढ्न थालेको छ । यससँगै व्यवस्थित आवासको विकल्पमा अपार्टमेन्टको उपयुक्तताका विषयमा बहस हुन थालेको छ । नेपालको सन्दर्भमा अपार्टमेन्टमा बसोबास गर्नुका फाइदा र बेफाइदाबारे चर्चा गरौँ,
१. व्यवस्थित आवासः
अपार्टमेन्टहरूले थोरै क्षेत्रमा अधिक जनसंख्या समेट्ने हुँदा व्यवस्थित आवास निर्माणमा मद्दत पुर्याउँछ । सन् १९८४ को भू-उपयोगको अवस्था हेर्दा उपत्यकाको कुल भू-भागको करिब ६४ प्रतिशत जमिन कृषियोग्य थियो भने बाँझो जमिन १ प्रतिशत, बस्ती क्षेत्र ४ प्रतिशत, वन २१ प्रतिशत, घाँसेमैदान तथा खुला क्षेत्र ९ प्रतिशत र पानी रहेको भाग १ प्रतिशत थियो । सन् २०२३ सम्म आइपुग्दा उक्त अवस्थामा ठुलो परिवर्तन आएको देखिन्छ । सन् २०२३ मा कृषियोग्य जमिन २ प्रतिशतमा सीमित देखिन्छ भने बस्ती क्षेत्र विस्तार भएर ५८ प्रतिशत पुगेको छ । सन् २०१० को तुलनामा वन क्षेत्र पनि ४१ प्रतिशतबाट घटेर ३४ प्रतिशतमा पुगेको देखिन्छ, तर घाँसेमैदान तथा खुला क्षेत्र र पानी रहेको भाग १.५ प्रतिशत बढेर करिब ६ प्रतिशतमा पुगेको देखिन्छ । भू उपयोगमा आएको परिवर्तन, सहरी क्षेत्रमा दिन प्रतिदिन जनसंख्या वृद्धि र अव्यवस्थित बस्ती विकासले जमिनको अभाव सिर्जना गराउँछ । जसले शहरवासीहरूलाई आवास सुविधामा समस्या उत्पन्न हुन्छ ।
२. अत्याधुनिक सेवासुविधाः
अपार्टमेन्ट संयुक्त आवास परियोजना भएकाले पानी, बिजुली, ढललगायत सबै कुरा निर्माण कम्पनीको व्यवस्थापनले हेरिदिन्छ । अपार्टमेन्टहरूमा अत्याधुनिक सुविधाहरू जस्तैः बिजुली ब्याकअप, लिफ्ट, सुरक्षा गार्ड, सिसिटिभी क्यामरा, व्यायामशाला, र स्विमिङ पुल, सपिङ मार्ट, सुन्दर बगैँचा, एटीएम लाउन्ज, मुभी थिएटरलगायत सुविधा अपार्टमेन्ट परियोजनामा पाइन्छन् । यी सुविधाहरू एकल घरमा पाउन गाह्रो हुन्छ ।
३. सुरक्षित आवासः
संयुक्त आवास स्वामित्व सम्बन्धी ऐन २०५४ अनुसार संयुक्त आवासीय भवन कुनैपनि किसिमले क्षतिग्रस्त भएमा सो भवन रहेको जग्गामा सम्पूर्ण आवास इकाईहरूको हक समान हुने व्यहोरा छ । मानौं, कुनै अपार्टमेन्ट ४ रोपनी क्षेत्रफलमा निर्माण गरिएको छ भने, सो अपार्टमेन्टको जग्गामा सबै इकाई धनीहरूको समानुपातिक स्वामित्व हुन्छ । ४ रोपनी जग्गामा ५० युनिटसहित १२ तलाको अपार्टमेन्ट निर्माण गरिएको छ भने १ बेडरुमदेखि ३ बेडरुमका अपार्टमेन्टमा हुन्छन् । जसको बिल्टअप एरिया ९०० वर्गफिटदेखि १६०० वर्गफिटसम्म हुन्छ । अब एउटा ९०० वर्गफिट अपार्टमेन्टको ईकाइ धनिले २ आना २ दाम २ पैसा जग्गा स्वामित्व पाउँछन् ।
अपार्टमेन्टको आयु सकिएर नयाँ निर्माण गर्ने/नगर्ने निर्णय लिने दायित्व पनि इकाईधनीहरूसँगै हुन्छ । यसका साथै अपार्टमेन्टभित्रै अभ्यास गर्ने ठाउँ, स्वीमिङ पुल र ग्रोसरी सुविधा पाइन्छ । अपार्टमेन्टमा बस्दा बालबच्चा कम्पाउण्डमा हिँडडुल गर्न सहजै सक्छन् । र बाहिरको खुला क्षेत्रमा हुने दुर्घटनाहरूको जोखिम हुँदैन ।
४. सस्तो मूल्यः
सामान्यतया अपार्टमेन्टको मूल्य हाउजिङ तथा व्यक्तिगत घरको तुलनामा बढि छ । उदाहारणको रुपमा सनसिटी अपार्टमेन्टलाई हेरौं । पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा 3BHK अपार्टमेन्टको मूल्य करिब १ करोड ६० लाख वा सो भन्दा माथि पर्छ । त्यस्तै सोही क्षेत्रमा ३ आनामा बनेको घरको मूल्य २ करोड वा सो भन्दा माथि पर्न जान्छ । सोही क्षेत्रफलको हाउजिङ भित्रको घरको मूल्य २ करोड ७० लाख वा सो भन्दा माथि पर्छ । यसो हुँदा अपार्टमेन्टमा लगानी गर्न ठूलो बजेट हुनुपर्छ भन्ने हुँदैन । अपार्टमेन्टमा बजेट र आवश्यकताअनुसार 1BHK, 2BHK र ती भन्दा बढीका अपार्टमेन्ट पनि किन्न पाइन्छन् । कमाइ बढ्दै गएमा ठुला अपार्टमेन्टमा सिफ्ट हुन सकिन्छ ।
५. सुविधाजनक स्थानः
अधिकांश अपार्टमेन्ट शहरको केन्द्रमा अवस्थित हुन्छन् । जसले यातायातको सहज पहुँच प्रदान गर्ने हुँदा अन्य स्थानहरूमा सजिलै पुग्न सकिन्छ । यसले दैनिक जीवनलाई सहज बनाउँछ ।
६. कम हेरचाह
अपार्टमेन्टमा बाहिरी क्षेत्रको हेरचाह कम्पनीले नै व्यवस्थापन गर्छ । यसले व्यक्तिगत सरसफाइ र मर्मतसम्भारको झन्झटबाट मुक्त बनाउँछ । तर घरमा सरसफाइका लागि कामदार राख्नुपर्ने वा आफैं खटिनुपर्ने हुन्छ । जसले समय र पैसाको दुवैको खपत गर्छ ।
८. लचिलो जीवनशैलीः
अपार्टमेन्टहरू प्रायः साना र सुसज्जित हुन्छन् । जसले गर्दा व्यक्तिहरूलाई आवश्यकताका आधारमा छिटो र सजिलैसँग स्थान परिवर्तन गर्न सकिन्छ । जुन घरको तुलनामा बढी लचिलो हुन्छ ।
अपार्टमेन्ट खरिद गर्दाका चुनौतिहरूः
सामान्यतया अपार्टमेन्टको आयु ५० देखि ८० वर्ष मानिन्छ । तर निर्माण सामग्रीको गुणस्तर, वातावरणिय प्रभाव र मर्मतको अवस्थाले यो अवधि घटबढ हुनसक्छ । त्यस्तै सरकारले अपार्टमेन्ट क्षति भएको खण्डमा समान रुपमा हक दिने भनिए पनि हालसम्म प्राकृतिक विपत्तिबाहेक आयु पुगेर भत्काउनुपर्ने अवस्था नआएकाले अपार्टमेन्ट धनिहरूको झेल्न सक्ने यो विषयलाई कानुनी रुपमा सम्बोधन गरिएको छैन ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।