News

काठमाडौं उपत्यकाका डाँडामा १९८ वटा पोखरी बनाइने

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौं उपत्यकाका डाँडामा १९८ वटा पोखरी निर्माण गरिने भएको छ । बागमती र त्यसका सहायक नदी सफा बनाउन पोखरी बनाउन लागिएको हो । 

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वर्षामा पानी जम्ने र हिउँदमा बगाउन मिल्ने गरी पोखरी बनाउने योजना ल्याएको जनाएको छ । 

गुहेश्वरीमाथि धापमा जस्तै विभिन्न स्थानमा पार्क बनाइने समितिको भनाइ छ । यो परियोजना पर्यटकीय हिसाबले महत्वपूर्ण हुने र वर्षामा बाढी नियन्त्रण हुने गरी धाप निर्माणको योजना रहेको जनाइएको छ । 

नदी सफा हुनलाई पानीको बहाव र प्रशोधन केन्द्र आवश्यक हुन्छ । जति पानी बढ्यो पानी प्रशोधित हुँदै जान्छ । ठोस फोहाेर मात्रै  हटाएर नहुने हुँदा ढल व्यवस्थापनका लागि सबै खोला किनारमा ढलको लाइन बिच्छ्याएर प्रशोधन गरिनुपर्छ ।  

बागमतीमा मिसिने अरू खोलामा ढल निर्माण गरी त्यसलाई प्रशोधन केन्द्रमा लैजान आवश्यक रहेको छ । 

समितिले हाल नदी किनारमा मात्रै ढलको काम गरिरहेको छ । 

बागमतीको उदगमस्थल बागद्वारबाट ललितपुरको कटुवाल दहसम्म नदी सफाइ र करिडोर सडक निर्माण एकैसाथ अघि बढाएको छ ।

बागमती नदी सफा बनाउने उद्देश्यले स्थापना भएको समितिको कार्यक्षेत्र विस्तार भएको छ । समितिले सफाइसँगै नदी आसपासमा पूर्वाधार निर्माण समेत गरिरहेको छ । रासस

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It