News

नेपाल–भारत जलस्रोतसम्बन्धी संयुक्त आयोगको बैठक सुरु 

By BN EditorialSeptember 22, 20222 min read
नेपाल–भारत जलस्रोतसम्बन्धी संयुक्त आयोगको बैठक सुरु 

काठमाडौं । बहुप्रतिक्षित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र जलस्रोतका अन्य द्विपक्षीय विषयमा छलफल गर्न भारत र नेपालका उच्च अधिकारीबीच बुधबारदेखि तीनदिने बैठक सुरु भएको छ । दुई छिमेकी मुलुकबीचको कोशी, गण्डक, महाकाली र सप्तकोसी उच्च बाँधलगायतका जलस्रोतका विषयमा सचिवस्तरीय संयुक्त आयोगको तीनदिने बैठक बसेको जलस्रोत मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिए ।

बैठकमा जलस्रोत र त्यसको सदुपयोगमा नेपाल–भारत सहकार्यका सम्पूर्ण पाटोमा छलफल हुने उनले बताए ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना
पञ्चेश्वर बहुउद्देश्यीय आयोजना

बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, सीमा क्षेत्रको जग्गा डुबान, तटबन्ध निर्माण, नदी व्यवस्थापनलगायतका विषयमा छलफल हुने भेटुवालले बताए ।

बैठकको नेतृत्व नेपालतर्फ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव शिशिर कोइराला र भारतका तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका अध्यक्ष एमके श्रीनिवासले गरेका थिए ।

water resources

संयुक्त सचिवस्तरीय संयुक्त सञ्चालन समिति जेएससीको बैठकको पहिलो दुई दिन पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका विभिन्न पक्षका बारेमा छलफल हुनेछ । तेस्रो दिनको बैठकले जेएससी बैठकबाट स्वीकृत एजेन्डाहरूलाई अनुमोदन गर्ने, अधिकारीहरूले जनाएका छन् ।

द्विपक्षीय बैठकमा प्रस्तावित आयोजना, सप्तकोसीको तेहँचो बाँध र दोधारा–चाँदनीमा सिँचाइ लगायतका काम अगाडि बढाउने बाटो खोजिने भेटुवालले बताए । 

भरतराज पौड्यालले आफ्ना भारतीय समकक्षी विनयमोहन क्वात्रा
भरतराज पौड्यालले आफ्ना भारतीय समकक्षी विनयमोहन क्वात्रा बिच भेटवार्ता

गत साता नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालले आफ्ना भारतीय समकक्षी विनयमोहन क्वात्रासँग वार्ता गर्न नयाँ दिल्ली पुगेका थिए । 

सेप्टेम्बर १३ देखि १४ सम्मको आफ्नो भ्रमणका क्रममा दुवै देशका विदेश सचिवहरूले भारत र नेपालबीचको व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा क्षेत्र, सिँचाइ र डुबान, कृषि, लगानी, विकास सहयोग ,स्वास्थ्य क्षेत्रमा सहकार्य, संस्कृति जस्ता उदार सहयोगका सम्पूर्ण स्पेक्ट्रमको समीक्षा गरेका थिए । 

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाः

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको बाँध स्थल, सन् १९५६ मा नै भारतीय पक्षले पहिचान गरेको थियो । सुरुमा, सन् १९७१ को आयोजना प्रतिवेदनमा १००० मेगावाट क्षमताको देखिएको थियो तर पछि सन् १९९१ मा यस आयोजनाको बाँध ३१५ मिटरको बनाईंदा कुल उत्पादन ६४८० मेगावाट हुने देखियो । सन् १९९५ मा यस आयोजनाको नेपाल तर्फबाट विस्तृत आयोजना प्रतिवेदन बनेको थियो । सिमा नदी भएको कारणले आयोजना सम्पन्न गर्न द्विपक्षीय सहमति हुनुपर्ने भएकोले विविध चरणमा दुई पक्षबीच वार्ताहरु भएका थिए ।

Nepal-india begin joint commission meeting on water resourcesPancheshwar Multipurpose Projectsapta koshiwater recourses ministry

You May Also Like

More stories from Basobaas