Lifestyle

व्रतदेखि पर्वसम्मः हरितालिका तीजको प्रभाव किन बढ्दो छ ?

Pinterest LinkedIn Tumblr

सुन्नुहोस:

 

काठमाडौ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हिन्दू नारीले भगवान शिवको आराधन गरि व्रत बसेर तीज मनाउँदछन्हरितको अर्थ ‘हरण गरिएको’ र आलिकाको अर्थ ‘साथी’ भन्ने बुझिन्छ । 

शास्त्रीय रुपमा स्त्री, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने उल्लेख छ । तर हाम्रो समाजमा स्त्रीजातिले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । भने अविवाहित नारीले राम्रो पतिको कामनामा व्रत बस्ने परम्परा छ । 

धार्मिक महत्वः

भाद्रशुक्ल तृतीयाका दिनमा हस्त नक्षत्र र सोमवार परेमा तीजको महत्व बढ्छ । यी तीन चीजबाट जन्मिएको हुनाले त्रीज भन्ने संस्कृत शब्दबाट तीज शब्दको प्रयोग भएको पनि भन्ने गरिन्छ । 

तीजको धार्मीक महत्व

प्रचलित एक पौराणिक कथाअनुसार, हिमालय पुत्री पार्वतीको विवाह भगवान विष्णुसँग हुनलागेको थियो । तर पार्वतीले बाल्यकालदेखि भगवान् शिवलाई पति पाउँ भनेर व्रत बस्दै आएकाले उनी विवाहका लागि तयार थिइनन् । उक्त विवाहबाट जोगाउनका लागि सखीहरूले उनलाई हरण गरेर लुकाए । पार्वतीले वर पाउन निराहार व्रत बसी तपस्या, पूजाआराधना गरिन् र व्रतका प्रभावले देवाधिदेव महादेव सँग उनको विवाह भयो । यसकारण आजको दिनलाई हरितालिका तीज भनिएको हो । त्यसपछिबाट तिज पर्व मनाउने चलन बसेको हो भन्ने गरिन्छ । 

हिन्दू महिलाहरूको महान पर्व तीजको पहिलो दिन दर खाने चलन छ । सनातन हिन्दु धर्मावलम्बी महिलाहरूले तीज पर्व मनाउने क्रम यो दिनबाट प्रारम्भ हुन्छ । र भोलि पल्ट नुहाइधुवाइ गरेर तीजका दिन व्रत बसिन्छ । ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गरि मनाइन्छ । 

तीजमा हिन्दु नारीहरूले निर्जल, निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता छ । यसरी महिलाले तीजमा गरेको धार्मिक विधिले श्रीमानको दीर्घायु, सुस्वास्थ्य, प्रगति हुने मान्यता छ ।

सामाजिक महत्व र साँस्कृतिक महत्व 

वर्षभरी काम गरेर थकित भएका नारीले दुख पीडा भुल्न तिज मनाउने गर्दछन् । चुल्हो-चौको एवम् घरधन्दामै अल्झिएका अधिकांशले तीजमा मन खोलेर आफ्नो व्यथा पोख्छन् ।  तिजले माइतिघर गएर आफ्नो दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्छ । बालीनाली लगाइसकेपछि केही फुर्सद हुन्छ ।  सोहि फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई माइती लिएर आउने प्रचलन छ । जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ । विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुख-दुखका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ ।

तिजमा पहिरनको महत्व 

तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै छुट्टै महत्व छ । तीजका दिन महिलाले लगाउने रातो सारीलाई सुख, समृद्धि एवम् साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । हृदय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वासका साथ तीजको व्रत बस्ने चलन रहिआएको हो । 

तिजको पहिरन

सम्बन्धलाई सुमधुर र अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो तीज । अडिलो चाम्रे, अनदीको लट्टे, तिलको छोप हालिएको करेलाको अचार आदि परिकारको स्वादसँगै पुराना भाका र शैलीका गीत गाउने, पानी नपिई व्रत बस्ने, पञ्चमीको पूजापछि कर्कलो खानेजस्ता परम्परागत संस्कार छ ।

केहि वर्ष यता तिजको महत्व घटेर जान थालेको छ ।  तिजको अघिल्लो दिन खाइने दरको स्वरूप पनि परिवर्तन हुँदै गएको छ । टोलटोलमा समूह बनाएर एक महिना अघिदेखि नाचगान र खानपिनका कार्यक्रम संचालन गर्ने प्रवृति बढेर गएको छ ।  यसले तिजको खास महत्वलाई भने बिर्साउँदै गएको छ । 

तिजमा ऋषिपञ्चमीको महत्वः

ऋषि पञ्चमी

हरितालिका तिजको तेस्रो दिन अर्थात् भाद्र शुक्ल पञ्चमीका दिन ऋषिपञ्चमी मनाइन्छ । विवाहित वा अविवाहित नारीले रजस्वला हुँदा जानिनजानी गरिएको गल्तिहरूको सुद्धिकरणका लागि  ऋषिपञ्चमीको व्रत बस्ने चलन छ । सप्तऋषिको पुजा आराधन गरि दोष निवारणका लागि  कामना गरिन्छ । यस दिन बिहान सबेरै खोलामा गएर स्नान गर्ने,३६५ वटा दतिवनले दाँत माझ्ने, तुलसिको मोठ र हात्तिको पाउँको माटो लेपन गरि नुहाउने चलन छ । दतिवनले दाँत माझ्नुको पछाडी वैज्ञानिक रहस्य रहेको छ । यसमा क्याल्सियम नामक तत्व हुन्छ । जसले हड्डि बलियो बनाउँछ । त्यसैले पुर्विय संस्कृतिमा दतिवनले दाँत माझ्ने चलन छ । 

पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरिन्छ ।  हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यस दिन श्रीमानले पकाएको भोजन खाएमा आपसी आत्मीयता एवम् सद्भाव बढ्ने विश्वास छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It