Research

घरजग्गा बजारमा सेवाग्राहीको व्यवहार र बजार प्रवृत्ति विश्लेषणः  असार २०८१

बसोबास नेपालद्वारा प्रकाशित घरजग्गाको कारोबार सम्बन्धी 'मासिक प्रतिवेदन'ले नेपालको घरजग्गा बजारको वर्तमान अवस्थासम्बन्धी सूक्ष्म जानकारी प्रदान गरी सरोकारवालाहरूलाई उचित निर्णय गर्न सघाउने लक्ष्य राख्दछ ।
Pinterest LinkedIn Tumblr

विषयसूची

परिचय (Introduction)

यो घरजग्गाको कारोबार सम्बन्धी मासिक प्रतिवेदनको सातौं संस्करण हो । यस प्रतिवेदनमा सेवाग्राहीले उच्च प्राथमिकता दिएका स्थानहरू, बजार प्रवृत्ति (market trend), प्रपर्टि मूल्य, र सेवाग्राहीको व्यवहारमा दृष्टीगत गर्दै घरजग्गा बजारलाई आकार दिने प्रमुख पक्षहरूको खोजी गरिनेछ । यस प्रतिवेदनले नेपालको घरजग्गा बजारको वर्तमान अवस्थालाई सुक्ष्म जानकारी प्रदान गरी सरोकारवालाहरूलाई उचित निर्णय गर्न सघाउने लक्ष्य राख्दछ ।

प्रतिवेदनमा समाविष्ट विवरणहरू बसोबास डटकम तथा अन्य घरजग्गाका अनलाइन प्लेटफर्म र बसोबासको सेल्स टिमबाट संकलित तथ्यांक र अभ्यासमा आधारित छन् । बसोबासको सर्वेक्षणबाट प्राप्त तथ्यांकलाई सरकारले जारी गरेका घरजग्गा सम्बन्धी तथ्यांकसँग तुलनात्मक अध्ययन गरी व्यवहारीक निचोड निकालिएको छ । 

भूमि सुधार तथा मालपोत कार्यालय, नेपाल राष्ट्र बैंक, वित्तिय संस्था तथा वाणिज्य बैंकलगायतका आधिकारिक स्रोतबाट प्रक्षेपित तथ्यांकका आधारमा तयार गरिएको यो सामग्री बैंक तथा वित्तिय संस्था, सेवाग्राही, डेभलपर र एजेन्टलगायत अन्य सरोकारवाला निकायका लागि सान्दर्भिक हुनेगरी तयार पारिएको छ ।

यस प्रतिवेदनमा गत असारमा बसोबाससँग जोडिएका सेवाग्राही र उनीहरूको मागमा आधारित छ । जसमा घरजग्गा खोजीरहेका ३ हजार १ सय ४१ जना नमूना सेवाग्राहीहरू समावेश छन् । यो नमुना तथ्यांकका आधारमा निकालिएको तथ्यांक वास्तविक आंकडासँग मिल्दोजुल्दो छ ।

उद्देश्यहरू (Objectives):

  • नेपालको घरजग्गा बजारको वास्तविक अवस्था विश्लेषण र सेवाग्राहीको माग पत्ता लगाउनु,
  • बसोबास डटकमसँग सम्बन्धित नमूना खरिदकर्ताबाट सेवाग्राहीको व्यवहार विश्लेषणको मूल्याङ्कन गर्नु,
  • घरजग्गा बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पार्ने वित्तीय गतिविधिसँग सम्बन्धित तथ्याङ्क प्राप्त गर्नु ।

१. सेवाग्राहीको व्यवहार विश्लेषण (Buyer Behavior Analysis)

१.१ सेवाग्राहीबाट प्राप्त सोधपुछको अवस्थाः

‘सेवाग्राहीको व्यवहार विश्लेषण’ प्रतिवेदन असारमा बसोबास नेपालले प्राप्त गरेको सोधपुछमा आधारित छ । विभिन्न स्थानबाट विभिन्न प्रकारका प्रपर्टिका लागि ३ हजार १ सय ४१ जनाबाट प्राप्त भएको विवरणलाई यस प्रतिवेदनमा समावेश गरिएको छ । जसको विस्तृत जानकारी निम्नानुसार छः

सेवाग्राहीको मागसंख्याप्रतिशत (%)
घर १०१३३२%
जग्गा७७२२५%
अपार्टमेन्ट२४०८%
व्यवसायिक भवन२९६९%
प्रपर्टि भाडामा३२७१० %
हाउजिङ४९३१६%
कूल३१४११०० %
तालिका नं. १ 

सेवाग्राहीबाट प्राप्त सोधपुछलाई वृतचित्रमा प्रस्तुत गर्दाः

वृत्तचित्र नं. १

वृत्तचित्र नं. १ मा देखाइएको अनुसार, असारको मासिक अनुसन्धानमा सेवाग्राहीले खोजेका प्रपर्टिका प्रकार निम्नानुसार छन्ः

कूल सोधपुछमध्ये अधिकतम ३२ प्रतिशत शेयर आवासीय घरका लागि पाइएको छ । न्यूनतम ८ प्रतिशत अपार्टमेन्ट लागि सोधपुछ भएको पाइएको छ । त्यस्तै; जग्गा, हाउजिङ, प्रपर्टि भाडामा र  व्यवसायिक भवनका लागि प्राप्त सोधपुछले क्रमशः २५, १६, १० र ९ प्रतिशत शेयर ओगटेको छ ।

१.२ प्रपर्टिका प्रकार (आवासिय, व्यवसायिक, जग्गा, आदि ) अनुसारको मूल्यदर (Pricing according to property type; residential, commercial, land, etc.)

क. तलको तालिकाले सेवाग्राहीबाट सोधपुछ गरिएका घरका मूल्यदरको प्रतिनिधित्व गर्दछ ।

मूल्यदर (करोडमा)सोधपुछ संख्याप्रतिशत (%)
१ – २८८
२ – ३४३२४३
३ – ४२६१२६
४ – ५९६
५ – ६६१
६ >७५
कूल१०१३१००
तालिका नं. २

तालिका नं. २ को तथ्यांकलाई लेखाचित्रमा प्रस्तुत गर्दा,

लेखाचित्र नं. १

लेखाचित्र नं. १ मा देखाइएको अनुसार, जेठको मासिक अनुसन्धानमा सेवाग्राहीले सबैभन्दा बढी खोजेका घरको मूल्यदर निम्नानुसार छन्ः

अधिकतम शेयर ४३ प्रतिशत (२–३) करोड खण्डले प्राप्त गरेको छ । त्यसैगरी, न्यूनतम शेयर ६ प्रतिशत (५ देखि ६) करोड खण्डले ओगटेको छ । त्यस्तै; (१–२), (३–४), (४–५), र (६>)  करोड खण्डले क्रमशः ९ प्रतिशत, २६ प्रतिशत, ९ प्रतिशत र ७ प्रतिशत शेयर पाएका छन् ।

ख. तलको तालिकाले सेवाग्राहीबाट सोधपुछ गरिएका जग्गाको मूल्यदरको प्रतिनिधित्व गर्दछः

जग्गाको मूल्यदर (करोडमा)सोधपुछ संख्याप्रतिशत(%)
< २०६५११
२० – ४०२८७३७
४० – ६०२१३२५
६० – ८०१२७१६
८० >८०११
कूल७७२१०० 
तालिका नं. ३

माथिको तालिकालाई लेखाचित्रमा प्रस्तुत गर्दा,

लेखाचित्र नं. २

लेखाचित्र नं. २ मा देखाइए अनुसार, असारको मासिक अनुसन्धानमा सेवाग्राहीले सबैभन्दा बढी खोजेका जग्गाको मूल्यदर निम्नानुसार छन्ः

अधिकतम शेयर ३७ प्रतिशत (२०–४०) लाख प्रतिआना खण्डले प्राप्त गरेको छ । त्यसैगरी, न्यूनतम शेयर ११/११ प्रतिशत (< २०) र (८०≥) लाख प्रतिआना खण्डले ओगटेको छ । त्यस्तै; (४०–६०), र (६०–८०) लाख प्रतिआना खण्डले क्रमशः २५ प्रतिशत, १६ प्रतिशत शेयर पाएका छन् ।
ग. सेवाग्राहीबाट अपार्टमेन्टका लागि आएका सोधपुछको संख्याः

प्रकार सोधपुछ संख्याप्रतिशत (%)
1BHK३८१६
2BHK८२३४
3BHK९५४०
4BHK२५१०
जम्मा २४०१००
तालिका नं. ४ 

तालिका नं. ४ लाई लेखाचित्रमा प्रस्तुत गर्दा,

लेखाचित्र नं. ३

लेखाचित्र नं. ३ मा देखाइए अनुसार, असारको मासिक अनुसन्धानमा अपार्टमेन्टमा सेवाग्राहीबाट निम्नानुसारको सोधपुछ पाइएको छः

अधिकतम शेयर ४० प्रतिशत 3BHK अपार्टमेन्ट खण्डले प्राप्त गरेको छ । त्यसैगरी, न्यूनतम शेयर १० प्रतिशत (4BHK) अपार्टमेन्ट खण्डले ओगटेको छ । त्यस्तै;  1BHK र 2BHK खण्डले क्रमशः १६ र ३४ प्रतिशत शेयर पाएका छन् ।

घ. सेवाग्राहीबाट व्यवसायिक भवनका लागि आएका सोधपुछको संख्याः

एकाइ (वर्गफिटमा)सोधपुछको संख्या प्रतिशत (%)
१००० <   ३८१३
१०००-२००० ५११७
२०००-३००० १०१३४
३०००-४००० ४७१६
४००० > ५९२०
कूल२९६१००
तालिका नं. ५

तालिका नं. ५ को तथ्यांकलाई लेखाचित्रमा प्रस्तुत गर्दा,

वृत्तचित्र नं. २

वृत्तचित्र नं. ४ मा देखाइए अनुसार, असारको मासिक अनुसन्धानमा व्यवसायिक भवनमा सेवाग्राहीबाट निम्नानुसारको सोधपुछ पाइएको छः 

अधिकतम शेयर ३४ प्रतिशत (२०००-३०००) वर्गफिट खण्डले प्राप्त गरेको छ । त्यसैगरी, न्यूनतम शेयर १३ प्रतिशत (१००० <) वर्गफिट अपार्टमेन्ट खण्डले ओगटेको छ । त्यस्तै; (१०००-२०००), (३०००-४०००) र (४००० <) वर्गफिट खण्डले क्रमशः १७, १६ र २० प्रतिशत शेयर पाएका छन् ।

१.३ सम्भावित खरिदकर्ताले प्राथमिकता दिएका स्थानहरू (Location preferences by potential buyers)

तलको तालिकामा उल्लेख गरिएको तथ्यांकले विभिन्न स्थानहरूमा सेवाग्राहीको रुचि तथा मागको स्तरलाई प्रतिबिम्बित गर्दछ, जसले सेवाग्राही तथा अन्य सरोकारवालाहरूलाई निर्णय गर्न र घरजग्गाको व्यवसायिक योजना बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छः

क्र.संस्थानसंख्या 
१.धापाखेल२५१
२.बुढानिलकण्ठ२४२
३.भैँसेपाटी२३४
४.मनमैजू २२३
५.इमाडोल१९४
६.कपन १७६
७.सुनाकोठी१६१
८.सानोभर्याङ१५३
९.कलंकी १४१
१०.धापासी१०९
११.बानेश्वर ९७
१२.बौद्ध ८९
१३.कोटेश्वर ६५
१४.लाजिम्पाट६३
१५.बालकुमारी६२
१६.टिकाथली६०
१७.पोखरा ५७
१८.किर्तिपुर५२
१९.बालकोट४७
२०.झम्सिखेल४४
२१.सानेपा ४३
२२.नख्खिपोट४१
२३.स्वयम्भू ४०
२४.ग्वार्को३८
२५.गोंगबु३७
२६.झम्सिखेल३७
२७.गौशाला ३६
२८.धुम्बाराही३६
२९.शङ्खमूल३१
३०.स्युचाटार३१
३१.भङ्गाल२९
३२.चितवन, भरतपुर२७
३३.चाबहिल २६
३४.कार्यविनायक२५
३५.टोखा२२
३६.डिल्लिबजार२१
३७.मैतिदेवी१९
३८.न्यूरोड१७
३९.बालुवाटार १७
४०.ठमेल१७
४१.लैनचौर१६
४२.एकान्तकुना१५
जम्मा ३१४१
तालिका नं. ६

तालिका नं. ६ अनुसार, असार महिनामा सबैभन्दा बढि (२५१) संख्यामा धापाखेल क्षेत्रका लागि सोधपुछ प्राप्त भएको पाइएको छ । जसले यस स्थानमा सेवाग्राहीको उल्लेख्य चासो भएको देखाउँछ ।

र, सबै भन्दा कम ललितपुरको एकान्तकुना क्षेत्रका लागि सोधपुछ प्राप्त भएको छ । सबैभन्दा कम संख्यामा सोधपुछ प्राप्त गरेका क्षेत्रहरूमा कम माग वा चासो देखाउँछ ।

सम्भावित खरिदकर्ताले रुचाएका ५ मूख्य स्थानहरू (Top 5 location preferred by potential buyers)

क्र.संस्थानसंख्या प्रतिशत (%)
१.धापाखेल२५१
२.बुढानिलकण्ठ२४२
३.भैँसेपाटी२३४
४.मनमैजु २२३
५.इमाडोल१९४
अन्य१९९७६४
तालिका नं. ७

सम्भावित खरिदकर्ताले रुचाएका ५ मूख्य स्थानलाई लेखाचित्रमा प्रस्तुत गर्दा, 

लेखाचित्र नं. ४

लेखाचित्र नं मा देखाइएअनुसार, सम्भावित ८ प्रतिशत अर्थात् २५१ जना सेवाग्राहीले सर्वाधिक रुचाएका क्षेत्रमा बुढानिलकण्ठ रहेको पाइएको छ । त्यस्तै; सेवाग्राहीले रुचाएका क्षेत्रहरूमा बुढानीलकण्ठ, भैँसेपाटी, मनमैजु, र इमाडोलमा क्रमशः ८, ८, ७ र ६ प्रतिशत रहेको पाइएको छ ।

२. बजार प्रवृति र मूल्य विश्लेषण (Market Trends and Pricing Analysis)

क.  विभिन्न क्षेत्रमा प्रपर्टिको औसत मूल्यांकन अथवा (अधिकतम-न्यूनतम) तालिका तलको तालिकाले बसोबास सेल्स टिम तथा अन्य सरोकारवालाहरूले उपलब्ध गराएको जानकारीको आधारमा काठमाडौंका विभिन्न क्षेत्रहरूमा जग्गाको मूल्य दायरा (प्रति आना लाखमा) प्रस्तुत गरिएको छः

क्र.सं.स्थान ( काठमाडौं)मूल्यदर २०२४(न्यूनतम – अधिकतम)
१. बसुन्धरा४५ – ६० लाख प्रति आना
२.बुढानीलकण्ठ२७ – ६५ लाख प्रति आना
३.गोकर्णेश्वर१७ – ३५ लाख प्रति आना
४.कपन२७ – ५५ लाख प्रति आना
५.सितापाइला२० – ६५ लाख प्रति आना
६.बालुवाटार६५ – १ करोड ५० लाख प्रति आना
७.हात्तीगौंडा३६ – ७० लाख प्रति आना
८.महाराजगञ्ज७० – १ करोड ५० लाख प्रति आना
९.धापासी३५ – ६५ लाख प्रति आना
१०.कलंकी३५– १ करोड प्रति आना
११.टोखा२१ –  ५५ लाख प्रति आना
१२.भंगाल२५ – ५३ लाख प्रति आना
१३.जोरपाटी२७ – ७० लाख प्रति आना
१४.बानेश्वर६५ –  १ करोड ५० लाख प्रति आना
१५.काँडाघारी२५ –  ४६ लाख प्रति आना
१६.लाजिम्पाट७५ – १ करोड ५० लाख प्रति आना
१७.गोल्फुटार४५–  ७० लाख प्रति आना
१८.सामाखुशी४५ –  ८० लाख प्रति आना
१९.सुकेधारा५० – ७५ लाख प्रति आना
२०.बालाजु३२ – ८० लाख प्रति आना
२१.चावहिल६०–  १ करोड ८० लाख प्रति आना
२२.मन्डिकाटार४० –  ७० लाख प्रति आना
२३.धुमबाराही४८ – १  करोड प्रति आना
२४.विशालनगर६५ – १ करोड प्रति आना
२५.पेप्सीकोला४० – १ करोड प्रति आना
२६.तारकेश्वर१७ – ४५ लाख प्रति आना
२७.बाफल४० – ८५ लाख प्रति आना
२८.बौद्ध५५ – १ करोड प्रति आना
२९.गोदावारी१५.५ – ३० लाख प्रति आना
३०.बाँसबारी३५ – ७५ लाख प्रति आना
३१.ठमेल/दरबारमार्ग१.५ – ५ करोड प्रति आना
३२.नक्साल७५ – १ करोड ५० लाख प्रति आना
३४.चण्डोल७५ – १ करोड ५० लाख प्रति आना
३५.मूलपानी२२ – ५५ लाख प्रति आना
३६.स्युचटार२५ – ६५  लाख प्रति आना
३७.कोटेश्वर६० – १ करोड प्रति आना
३८.गोंगबु३५ –  ८० लाख प्रति आना
३९.सानोभर्याङ४० – ६५ लाख प्रति आना
४०.गोठाटार३० – ४० लाख प्रति आना
४१.स्वयम्भू४० – ८० लाख प्रति आना
तालिका नं. ८

तालिका नं. ८ मा प्रस्तुत तथ्यांक अनुसार काठमाण्डौका विभिन्न क्षेत्रहरूमा जग्गाको विभिन्न मूल्य दायराहरूको एक विस्तृत सर्वेक्षण प्रदान गर्दछ, जसले सरोकारवालाहरूलाई यस क्षेत्रको घर जग्गा बजारको गतिशीलता बुझ्न मद्दत गर्दछ ।

ख. ललितपुरका विभिन्न क्षेत्रमा चलेको जग्गाको मूल्यदर

क्र.सं.स्थान (ललितपुर)मूल्यदर २०२४(न्यूनतम-अधिकतम)
१. भैंसेपाटी३५ लाख – १ करोड ३० लाख प्रति आना
२.नखीपोट३८ – ७५ लाख प्रति आना
३.नख्खु३८ – ७५ लाख प्रति आना
४.सानेपा६५ लाख – १ करोड २० लाख प्रति आना
५.इमाडोल३८ – ५५ लाख प्रति आना
६.टीकाथली३० – ३५ लाख प्रति आना
७.हात्तीवन३५ – ५५ लाख प्रति आना
८.धापाखेल30 – 60 लाख प्रति आना
तालिका नं. ९

तालिका नं. ९ मा प्रस्तुत तथ्यांकले ललितपुरका विभिन्न क्षेत्रहरूमा जग्गाको विभिन्न मूल्य दायराहरूको एक विस्तृत सर्वेक्षण प्रदान गर्दछ, जसले सरोकारवालाहरूलाई यस क्षेत्रको घर जग्गा बजारको गतिशीलता बुझ्न मद्दत गर्दछ ।

घरकर्जाका लागि प्राप्त सोधपुछलाई तालिकामा प्रस्तुत गर्दा,

घरकर्जामा इच्छुक/अनिच्छुकसंख्या प्रतिशतमा 
घरकर्जामा इच्छुक देखिएका१७४६५६
घरकर्जामा इच्छुक नदेखिएका१३९५४४
कूल३१४११००
तालिका नं. १० 

माथिको तालिकालाई वृत्तचित्रमा प्रस्तुत गर्दा,

वृत्तचित्र नं. ३

वृतचित्र नं. ३ मा तालिकाले घरकर्जाको सम्बन्धमा सेवाग्राहीहरूबीच रुचिको वितरण प्रस्तुत गर्दछ ।

घरकर्जामा ईच्छुक सेवाग्राहीः तथ्याङ्कअनुसार १,७४६ जना सेवाग्राहीहरू अर्थात् ५६% घर कर्जा लिन ईच्छुक देखिन्छन् । यसले उल्लेख्य संख्यामा सेवाग्राहीहरू घरजग्गाको खरिदबिक्रीमा बैंक तथा वित्तिय संस्थाबाट पाउने सेवा तथा अवसरको लाभ लिन उत्सुक रहेको संकेत गर्दछ । 

घरकर्जामा ईच्छुक नदेखिएका सेवाग्राहीः यसको विपरीत, कूलको ४४% अर्थात् १,३९५ जना सेवाग्राहीहरूले घर कर्जामा कम रुचि देखाएको पाइन्छ । यसले अधिकांश सेवाग्राहीहरूलाई घरजग्गाको खरिदबिक्रीमा बैंक तथा वित्तिय संस्थाबाट पाउने सेवा तथा अवसरको आवश्यकता नरहेको संकेत गर्दछ ।

नोटः यद्यपि अघिल्ला महिनाहरूको तुलनामा सेवाग्राहीले घरकर्जामा चासो बढाएको पाइन्छ ।

ख) मासिक घरजग्गाको मूल्यमा देखिएको उतारचढाव (Monthly Real Estate Price Fluctuations)

तालिका नं. २ र ३ मा उल्लेख गरिएको जग्गाको मूल्य पछिल्लो महिनामा पनि स्थिर रहेको पाइएको छ । यसको अर्थ गत महिना घरजग्गाको मूल्यमा कुनै परिवर्तन देखिएको छैन ।

ग) सेवाग्राहीले रुचाएका प्रपर्टिको आकार र सुविधाहरू (Trends in property sizes and amenities sought by buyers)

अ. अत्यधिक रूचाइएका प्रपर्टिको आकार (Trends in property sizes)

पछिल्लो समय सेवाग्राहीले प्रपर्टीको खरिदमा बैंकबाट प्राप्त हुने घरकर्जामा चासो बढाएको पाइन्छ । जसले गर्दा बैंकबाट राम्रो मूल्यांकन पाउनेगरी अधिकांशले ३ आनाभन्दा बढी जग्गा खोजिरहेको पाइएको छ । यसबाहेक बंगलामा बस्न चाहने सेवाग्राहीले आठ देखि १६ आना जग्गामा चासो देखाएका छन् ।

आ. सेवाग्राहीले खोज्ने सुविधाहरू (Amenities sought by buyers)

अधिकांश सेवाग्राहीले आवासिय घरमा आधुनिक सुविधाको खोजी गरेको पाइएको छ । जसमा मोड्युलर किचन, अट्याच दराज तथा पार्केटिङ, प्यानलिङ र अट्याच बाथरुम आदि छन् । 

३. सेवाग्राहीको व्यवहार विश्लेषणलाई प्रभाव पार्ने तत्वहरू (Factors affecting buyers behavior Analysis)

घरजग्गाको कारोबारमा बैंकिङ क्षेत्र र कर्जा प्रवाह, सरकारी नीति तथा कार्यक्रम, मौद्रिक नीति जस्ता विभिन्न पक्षले प्रभाव पार्दछ । यस सेग्मेन्टमा, फागुन महिनामा परिमार्जन तथा परिवर्तन भएका घटनाहरूको संक्षिप्त समिक्षा गरिएको छ ।

३.१ असार महिनाका लागि वाणिज्य बैंकहरूको निक्षेप ब्याजदर (Deposit interest rates of commercial banks):

असार महिनाका लागि वाणिज्य बैंकहरूले एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.१२२ प्रतिशत बिन्दुले घटाएका छन् । 

असारमा एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसत ६.८७६ र साधारण निक्षेपको ४.९१६ प्रतिशत कायम भएको छ । जेठमा मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६.९९८ र साधारणको ५.०१९ प्रतिशत थियो ।

०८१ असारमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.३४, विकास बैंकहरूको १०.१५ र वित्त कम्पनीहरूको ११.६१ प्रतिशत छ । चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.२७ प्रतिशत थियो ।

निक्षेपको ब्याजदर विस्तारै कम हुँदै जाँदा कर्जाको ब्याजदरमा पनि गिरावट आउँछ ।

वाणिज्य बैंकद्वारा असार महिनाका लागि तोकिएको घरकर्जा दर (Home loan rates set by commercial banks for the month of Aashadh):

क्र.सं बैंकको नामब्याजदर
१.एनआईसी एसिया बैंक११.९९ %  (स्थिर)  
२.कुमारी बैंक९.४९% (स्थिर ७ वर्ष) 
३.प्रभु बैंक९.९९% (स्थिर ५ वर्ष) 
४.लक्ष्मी सनराइज बैंक८.९०% – ११.९०%
५.नेपाल बैंक लिमिटेड७.७९% – ११.७९%
६.राष्ट्रिय वाणिज्य बैंक१०.२५% (स्थिर ५ वर्ष)
७.नेपाल इन्भेस्टमेन्ट मेघा बैंक १०.०३ – १२.०३ %
८. सिद्धार्थ बैंक९.९९%  (स्थिर ७ वर्ष)
९.माछापुच्छ्रे बैंक लिमिटेड१०% (स्थिर ५ वर्ष)
१०.नबिल बैंक८.४०% (स्थिर ७ वर्ष)
११.एभरेष्ट बैंक९.५०% (स्थिर ७ वर्ष) 
१२.एनएमबि बैंक९.९९% (स्थिर १० वर्ष) 
१३.प्राइम कर्सियल बैंक९.०४% – १४.०४%
१४.सानिमा बैंक९.७०% – ११.७०%
१५.मुक्तिनाथ विकास बैंक९.३८% – १३.३८%
१६.ग्लोबल आइएमई बैंक८.४०% – ११.९०%
१७.नेपाल एसबीआई बैंक१३.५०% (स्थिर ३ वर्ष)
१८.हिमालयन बैंक११.२५%  (स्थिर ७ वर्ष)
२९.स्टाण्डर्ड चार्टर्ड बैंक८.३६% – १०.३६%
२०.कृषि विकास बैंक८.३८% – १०.३८%(१० वर्ष)
२१सिटिजन बैंक ८.९९%  (स्थिर ७ वर्ष)
तालिका नं. ११

तालिका नं. ११ मा देखाएअनुसार, असार महिनाका लागि वाणिज्य बैंकहरूले दिएको घरकर्जाको अधिकतम ब्याजदर नेपाल एसबीआई बैंकको १३.५०% (स्थिर ३ वर्ष) रहेको छ । र, न्यूनतम ब्याजदर नेपाल बैंकले ७.७९% – ११.७९% तोकेको छ । असारमा वाणिज्य बैंकहरूको एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसत ६.८७६ र साधारण निक्षेपको ४.९१६ प्रतिशत कायम भएको छ । जेठमा मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६.९९८ र साधारणको ५.०१९ प्रतिशत थियो ।

४. असार महिनामा घरजग्गाको कारोबार र राजस्व संकलनको अवस्था (Status of Real estate transactions and revenue collection in the month of Aashadh):

४.१ तलको रेखाचित्रमा गत महिनामा देशभरका मालपोत कार्यालयबाट संकलित राजश्वको विवरण प्रस्तुत गरिएको छः

लेखाचित्र नं. ५

लेखाचित्र नं. ५ अनुसार, असार महिनामा देशभरका मालपोत कार्यालयबाट संकलित राजश्व निम्नानुसार छः
असारमा सरकारले सेवाकर बापत देशभरबाट कुल ३० करोड ८ लाख ९ हजार ९ सय ६५ रुपैयाँ राजश्व संकलन गरेको छ । त्यसैगरी, रजिष्ट्रेशन दस्तुरबापत जम्मा २ अर्ब ९५ करोड ५३ लाख १२ हजार ३ सय ४९ रुपैयाँ संकलन गरेको छ । र पुँजीगत लाभकरबाट १ अर्ब ७२ करोड ४७ लाख २ सय ४७ रुपैयाँ संकलन गरेको छ । असारमा उपत्यका भित्रका मालपोत कार्यलयहरूले नै सबैभन्दा बढि राजस्व संकलन गरेका छन् । 

ख) तलको रेखाचित्रमा गत महिनामा देशभरका मालपोत कार्यालयबाट भएको घरजग्गाको लिखत पारित प्रस्तुत गरिएको छः

क्र. सं मालपोत कार्यालयलिखत पारित
१.भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी२००१
२.भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा१८०१
३.भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा१५७९
४. मालपोत कार्यालय बेलवारी, मोरङ१३८३
५. भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी१३०८
तालिका नं. १२
वृत्तचित्र नं. ४

वृत्तचित्र नं. ४ अनुसार, गत महिनामा देशभरका मालपोत कार्यालयबाट भएको घरजग्गाको लिखत पारित अर्थात कारोबारको विवरण निम्नानुसार छः

गत महिनामा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट अधिकतम  २ हजार १ संख्यामा घरजग्गा लिखत पारित भएको पाइएको छ ।   

यसबाहेक, जनकपुरधाम, धनुषाबाट १८ सय १ वटा; भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापाबाट १७ सय ७९ ; मालपोत कार्यालय बेलबारी, मोरङबाट १३ सय ८३; र भूमिसुधार तथा मालपोत कार्यालय राजविराज सप्तरीबाट १३ सय ८ संख्यामा घर जग्गाको लिखत पारित भएको पाइएको छ ।

असार महिनामा उपत्यकाका विभिन्न मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबारको अवस्थाः

क्र.संमालपोत कार्यालयलिखत पारितराजश्व संकलन
१.भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर१,२१६५१ करोड ८८ लाख १८ हजार ६ सय ९३ रुपैयाँ
२.भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुर११२९४६ करोड ६० लाख ७७ हजार ४ सय ३९ रुपैयाँ
३.मालपोत कार्यालय कलङ्की, काठमाडौं८१८२५ करोड २ लाख ९१ हजार २ सय ६६
४.मालपोत कार्यालय चावहिल, काठमाडौं५०५२१ करोड ७७ लाख ३६ हजार ५ सय ४० 
५.मालपोत कार्यालय साँखु, काठमाडौं५२४११ करोड २९ लाख ११ हजार ६ सय ५१ 
६.मालपोत कार्यालय, मनमैजु, काठमाडौं२६८७ करोड ९६ लाख ९६ हजार २९ 
७. भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं२५८४० करोड ३१ लाख ९ हजार २ सय ३० 
८. मालपोत कार्यालय टोखा, काठमाडौं१६४५ करोड ९५ लाख ९८ हजार ८ सय २
९.मालपोत कार्यालय गोटीखेल, ललितपुर१८३१ लाख ५२ हजार २ सय ३३
तालिका नं. १३

तालिका नं. १३ मा प्रस्तुत भएअनुसार, काठमाडौं उपत्यकामा अधिकतम राजश्व संकलन गर्नेमा मालपोत कार्यालय भक्तपुर रहेको छ । भक्तपुरबाट १२ सय १६ लिखत पारित हुँदा  ५१ करोड ८८ लाख १८ हजार ६ सय ९३ रुपैयाँ राजश्व संकलन भएको छ । भने न्यूनतम मालपोत कार्यालय गोटीखेलबाट १८ लिखत पारित हुँदा ३१ लाख ५२ हजार २ सय ३३ रुपैयाँ राजश्व संकलन भएको छ ।

पछिल्लो ११ महिनामा सबैभन्दा बढी कारोबार भएका मालपोत कार्यालयहरू (Malpot Offices with the highest turnover in the last 10 months):

क्र.संमालपोत कार्यालयलिखत पारित
१.भूमि सुधार तथा मालपोत कार्यलय इनरूवा, सुनसरी२३,२७१
२.भूमि सुधार तथा मालपोत कार्यलय जनकपुरधाम, धनुषा२०,४९८
३.भूमि सुधार तथा मालपोत कार्यलय बेलबारी, मोरङ१८,२४१
४.भूमि सुधार तथा मालपोत कार्यलय भद्रपुर, झापा१८,०९५
तालिका नं. १४

तालिका नं. १४ अनुसार, चालु आर्थिक वर्ष २०८०/८१ को पछिल्लो ११ महिनामा सबैभन्दा धेरै कारोबार भूमि सुधार तथा मालपोत कार्यलय इनरूवा, सुनसरीबाट भएको पाइएको छ । उक्त मालपोत कार्यालयबाट हालसम्म २३ हजार २ सय ७१ संख्यामा घरजग्गाको लिखत पारित भएको छ । त्यसैगरी उल्लेख्य कारोबार गर्ने अन्य मालपोत कार्यालयहरू भूमि सुधार तथा मालपोत कार्यलय जनकपुरधाम, धनुषा; भूमि सुधार तथा मालपोत कार्यलय बेलबारी, मोरङ; र भूमि सुधार तथा मालपोत कार्यलय भद्रपुर, झापाबाट क्रमशः २० हजार ४ सय ९८, १८ हजार २ सय ४१ , र १८ हजार ९५ संख्यामा लिखत पारित भएको पाइएको छ ।

निष्कर्षः

असार महिनामा बसोबास नेपालले प्राप्त गरेको सोधपुछ, विभिन्न सरकारी निकाय, बैंकिङ संस्था लगायत विभिन्न सरोकारवाला निकायबाट प्राप्त तथ्यांकलाई विश्लेषण गर्दा गत महिना घरजग्गा बजार चलायमान रहेको पाइएको छ । 

सेवाग्राहीको व्यवहारलाई आधार मानेर हेर्दा, व्यवसायिक भवनहरूमा सेवाग्राहीले औसत चासो देखाएका छन् । यसबाहेक जग्गा, अपार्टमेन्ट, भाडा, र हाउजिङमा पनि उल्लेखनीय सोधपुछ पाइएको छ । जसमा ३ आना भन्दा बढी जग्गामा बनेका घर र बंगलाहरूमा ८ देखि १६ आना जग्गा क्षेत्रफललाई प्राथमिकता दिइएको छ । त्यसैगरी, उल्लिखित तथ्यांकअनुसार वर्तमान अवस्थामा अधिकांश सेवाग्राहीहरू साढे दुई देखि ४ करोड मूल्यका आवासीय घरमा ईच्छुक देखिन्छन् । 

आधुनिक सुविधाहरू जस्तै मोड्युलर किचन र संलग्न सुविधाहरू उपभोक्ताहरू द्वारा अत्यधिक खोजी गरिन्छ । बैंकिङ क्षेत्र नीतिहरू, सरकारी नियमहरू, र मौद्रिक नीतिहरू जस्ता कारकले सेवाग्राहीको व्यवहार प्रभावित हुन्छ ।

वाणिज्य बैंकहरूले जेठ महिनाका लागि प्रवाह गरेको घर कर्जाको ब्याजदरमा विविधता पाइएको छ । जेठको तुलनामा असारको ब्याजदर केही हदसम्म घटेको पाइएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालयहरूबाट राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि देखिएको छ, जसले कारोवारमा गतिशीलतालाई सङ्केत गर्दछ । राजश्व संकलनमा उपत्यकाका मालपोत कार्यालयहरू अघि देखिएपनि तराइका जिल्लाहरूमा अधिकतम लिखत पारित भएको पाइएको छ । 

समग्रमा, नेपालको रियल इस्टेट क्षेत्रको वर्तमान अवस्था चलायमान देखिन्छ । सेवाग्राहीको सोधपुछमा देखिएको विविधता, बढेको कारोबार तथा राजश्व संकलन र घटेको बैंकको ब्याजदरले बजारको गतिबिधिलाई झल्काउँछ । यसले बजार सकारात्मक बन्दै गएकाले सरोकारवालाहरूका लागि लगानिको अवसरहरू प्रदान गर्छ ।

सम्बन्धित निकायका लागि सुझावः

डेभलपर्सः

गत महिनाको अनुसन्धानलाई मध्येनजर गर्दा, २० देखि ४० लाख प्रतिआना सम्ममा बनेका घरहरूले बजारको मागलाई पूर्ति गर्न सकिने देखिन्छ । तसर्थ,  डेभलपरहरूले २ देखि ४ करोड सम्मका घर निर्माण गर्दा उपयुक्त हुने देखिन्छ । त्यसैगरी लक्जरी लिभिङमा सेवाग्राहीहरूले हाउजिङ भन्दा भाडाका अपार्टमेन्टहरूमा चासो देखाएको हुँदा ‘रेन्टल अपार्टमेन्ट’ निर्माणलाई प्राथमिकता दिनु राम्रो हुन्छ ।

बैंकः

बैंकिङ सेवाहरूबारे गरिएको अध्ययनअनुसार आम सर्वसाधारणमा बैंकिङ सेवाहरूबारे त्यति सचेतता नभएको पाइएको छ । सेवाग्राहीमैत्री वातावरण सिर्जना गर्न सहज र सरलका साथै सेवा प्रवाहको प्रक्रियालाई छिटो बनाउन सके बैंकिङ सेवाहरू प्रभावकारीता बढ्ने देखिन्छ । सेवाग्राहीमा रहेको अन्योललाई सम्बोधन गर्न बैंकले घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जासम्बन्धि सूचना अझ प्रभावकारी ढङ्गले प्रवाह गर्ने र सम्भावित खरिदकर्तामा बैंकिङ सेवाको सहज पहुँच पुर्याउन आवश्यक छ ।

लगानीकर्ताः

घरजग्गामा लगानी गर्दा यस सम्बन्धि सम्पूर्ण कानुनी पक्षको अध्ययन गरेर मात्रै लगानी गर्नु राम्रो हुन्छ । यदि आफुले अध्ययन गर्न सम्भव नभएको खण्डमा सम्बन्धित विज्ञहरूसँग परामर्श लिएर मात्र अघि बढ्नु उपयुक्त हुन्छ । पछिल्लो समय घरजग्गा बिक्रीमा प्राविधिक हस्तक्षेप बढेको छ । जसलाई मध्येनजर गर्दै, सम्पति सूचिकरण, प्रपर्टिको भर्चुअल भिजिट, र कारोबारमा पनि डिजिटल माध्यमको फाइदा लिन सकिन्छ । यसले कारोबारमा पहुँच फराकिलो बनाउनुका साथै खरिदकर्ता र विक्रेता दुवैको प्रक्रिया सरल बनाउँछ ।

सन्दर्भ सामग्रीः

१. भूमि व्यवस्थापन तथा अभिलेख विभाग. (२०८१ असार). २०८१ असार महिनाको मासिक कारोवार विवरण 

२. भूमि व्यवस्थापन तथा अभिलेख विभाग. (२०८१ असार). २०८१ असार महिनाको राजश्व संकलन विवरण

३. बैंक ब्याज डटकम. (२०८१ बैशाख ). घर कर्जा

४. बसोबास डटकम 

प्रतिक्रिया दिनुहोस्
Pin It