Research

घरजग्गा बजारमा सेवाग्राहीको व्यवहार र बजार प्रवृत्ति विश्लेषणः  भदौ २०८१

बसोबास नेपालद्वारा प्रकाशित घरजग्गाको कारोबार सम्बन्धी 'मासिक प्रतिवेदन'ले नेपालको घरजग्गा बजारको वर्तमान अवस्थासम्बन्धी सूक्ष्म जानकारी प्रदान गरी सरोकारवालाहरूलाई उचित निर्णय गर्न सघाउने लक्ष्य राख्दछ ।
Pinterest LinkedIn Tumblr
Table of Contents

परिचय (Introduction)

यो घरजग्गाको कारोबार सम्बन्धी मासिक प्रतिवेदनको नबौं संस्करण हो । यस प्रतिवेदनमा सेवाग्राहीले उच्च प्राथमिकता दिएका स्थानहरू, बजार प्रवृत्ति (market trend), प्रपर्टि मूल्य, र सेवाग्राहीको व्यवहारमा दृष्टीगत गर्दै घरजग्गा बजारलाई आकार दिने प्रमुख पक्षहरूको खोजी गरिनेछ । यस प्रतिवेदनले नेपालको घरजग्गा बजारको वर्तमान अवस्थालाई सुक्ष्म जानकारी प्रदान गरी सरोकारवालाहरूलाई उचित निर्णय गर्न सघाउने लक्ष्य राख्दछ ।

प्रतिवेदनमा समाविष्ट विवरणहरू बसोबास डटकम तथा अन्य घरजग्गाका अनलाइन प्लेटफर्म र बसोबासको सेल्स टिमबाट संकलित तथ्यांक र अभ्यासमा आधारित छन् । बसोबासको सर्वेक्षणबाट प्राप्त तथ्यांकलाई सरकारले जारी गरेका घरजग्गा सम्बन्धी तथ्यांकसँग तुलनात्मक अध्ययन गरी व्यवहारीक निचोड निकालिएको छ । 

भूमि सुधार तथा मालपोत कार्यालय, नेपाल राष्ट्र बैंक, वित्तिय संस्था तथा वाणिज्य बैंकलगायतका आधिकारिक स्रोतबाट प्रक्षेपित तथ्यांकका आधारमा तयार गरिएको यो सामग्री बैंक तथा वित्तिय संस्था, सेवाग्राही, डेभलपर र एजेन्टलगायत अन्य सरोकारवाला निकायका लागि सान्दर्भिक हुनेगरी तयार पारिएको छ ।

यस प्रतिवेदनमा गत भदौमा बसोबाससँग जोडिएका सेवाग्राही र उनीहरूको मागमा आधारित छ । जसमा घरजग्गा खोजीरहेका ३, ८८१ जना नमूना सेवाग्राहीहरू समावेश छन् । यो नमुना तथ्यांकका आधारमा निकालिएको तथ्यांक वास्तविक आंकडासँग मिल्दोजुल्दो छ ।

उद्देश्यहरू (Objectives):

  • नेपालको घरजग्गा बजारको वास्तविक अवस्था विश्लेषण र सेवाग्राहीको माग पत्ता लगाउनु,
  • बसोबास डटकमसँग सम्बन्धित नमूना खरिदकर्ताबाट सेवाग्राहीको व्यवहार विश्लेषणको मूल्याङ्कन गर्नु,
  • घरजग्गा बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पार्ने वित्तीय गतिविधिसँग सम्बन्धित तथ्याङ्क प्राप्त गर्नु ।

१. सेवाग्राहीको व्यवहार विश्लेषण (Buyer Behavior Analysis)

१.१ सेवाग्राहीबाट प्राप्त सोधपुछको अवस्थाः

‘सेवाग्राहीको व्यवहार विश्लेषण’ प्रतिवेदन भदौमा बसोबास नेपालले प्राप्त गरेको सोधपुछमा आधारित छ । विभिन्न स्थानबाट विभिन्न प्रकारका प्रपर्टिका लागि ३ हजार ८ सय ८१ जनाबाट प्राप्त भएको विवरणलाई यस प्रतिवेदनमा समावेश गरिएको छ । जसको विस्तृत जानकारी निम्नानुसार छः

सेवाग्राहीको मागसंख्याप्रतिशत (%)
घर १४१९३७%
जग्गा५२३१३%
हाउजिङ३७६१०%
प्रपर्टि भाडामा३४४९ %
अपार्टमेन्ट५५४१४%
व्यवसायिक भवन६६५१७%
कूल३८८११०० %
तालिका नं. १ 

सेवाग्राहीबाट प्राप्त सोधपुछलाई वृतचित्रमा प्रस्तुत गर्दाः

वृत्तचित्र नं. १

वृत्तचित्र नं. १ मा देखाइएको अनुसार, भदौको मासिक अनुसन्धानमा सेवाग्राहीले खोजेका प्रपर्टिका प्रकार निम्नानुसार छन्ः 

कूल सोधपुछमध्ये अधिकतम ३७ प्रतिशत शेयर आवासीय घरका लागि पाइएको छ । न्यूनतम ९ प्रतिशत प्रपर्टि भाडाका लागि सोधपुछ भएको पाइएको छ । त्यस्तै; जग्गा, हाउजिङ, व्यवसायिक भवन र  अपार्टमेन्टका लागि प्राप्त सोधपुछले क्रमशः १३, १०, १७ र १४ प्रतिशत शेयर ओगटेको छ ।

१.२ प्रपर्टिका प्रकार (आवासिय, व्यवसायिक, जग्गा, आदि ) अनुसारको मूल्यदर (Pricing according to property type; residential, commercial, land, etc.)

क. तलको तालिकाले सेवाग्राहीबाट सोधपुछ गरिएका घरका मूल्यदरको प्रतिनिधित्व गर्दछ ।

मूल्यदर (करोडमा)सोधपुछ संख्याप्रतिशत (%)
१ – २१९४१४
२ – ३४७६३४
३ – ४३८७२७
४ – ५१८५१३
५ – ६९२
६ >८५
कूल१४१९१००
तालिका नं. २

तालिका नं. २ को तथ्यांकलाई लेखाचित्रमा प्रस्तुत गर्दा,

लेखाचित्र नं. १

लेखाचित्र नं. १ मा देखाइएको अनुसार, भदौको मासिक अनुसन्धानमा सेवाग्राहीले सबैभन्दा बढी खोजेका घरको मूल्यदर निम्नानुसार छन्ः

अधिकतम शेयर ३४ प्रतिशत (२–३) करोड खण्डले प्राप्त गरेको छ । त्यसैगरी, न्यूनतम शेयर ५ प्रतिशत (५ देखि ६ र ६ भन्दा बढि) करोड खण्डले ओगटेको छ । त्यस्तै; (१–२), (३–४) र (४–५)  करोड खण्डले क्रमशः १४ प्रतिशत, २७ प्रतिशत र १३ प्रतिशत शेयर पाएका छन् ।

ख. तलको तालिकाले सेवाग्राहीबाट सोधपुछ गरिएका जग्गाको मूल्यदरको प्रतिनिधित्व गर्दछः

जग्गाको मूल्यदर (करोडमा)सोधपुछ संख्याप्रतिशत(%)
< २०६२१२
२० – ४०१९५३७
४० – ६०१३४२६
६० – ८०८३१६
८० >४९
कूल५२३१०० 
तालिका नं. ३

माथिको तालिकालाई लेखाचित्रमा प्रस्तुत गर्दा,

लेखाचित्र नं. २

लेखाचित्र नं. २ मा देखाइए अनुसार, भदौको मासिक अनुसन्धानमा सेवाग्राहीले सबैभन्दा बढी खोजेका जग्गाको मूल्यदर निम्नानुसार छन्ः

अधिकतम शेयर ३७ प्रतिशत (२०–४०) लाख प्रतिआना खण्डले प्राप्त गरेको छ । त्यसैगरी, न्यूनतम शेयर ९ प्रतिशत (८०≥) लाख प्रतिआना खण्डले ओगटेको छ । त्यस्तै; (<२०), (४०–६०), र (६०–८०) लाख प्रतिआना खण्डले क्रमशः १२ प्रतिशत, २६ प्रतिशत र १६ प्रतिशत शेयर पाएका छन् ।


ग. सेवाग्राहीबाट अपार्टमेन्टका लागि आएका सोधपुछको संख्याः

प्रकार सोधपुछ संख्याप्रतिशत (%)
1BHK७८२१
2BHK१५३४१
3BHK१०३२७
4BHK४२११
जम्मा ३७६१००
तालिका नं. ४ 

तालिका नं. ४ लाई लेखाचित्रमा प्रस्तुत गर्दा,

लेखाचित्र नं. ३

लेखाचित्र नं. ३ मा देखाइए अनुसार, भदौको मासिक अनुसन्धानमा अपार्टमेन्टमा सेवाग्राहीबाट निम्नानुसारको सोधपुछ पाइएको छः 

अधिकतम शेयर ४१ प्रतिशत 2BHK अपार्टमेन्ट खण्डले प्राप्त गरेको छ । त्यसैगरी, न्यूनतम शेयर ११ प्रतिशत (4BHK) अपार्टमेन्ट खण्डले ओगटेको छ । त्यस्तै;  1BHK र 3BHK खण्डले क्रमशः २१ र २७ प्रतिशत शेयर पाएका छन् ।

घ. सेवाग्राहीबाट व्यवसायिक भवनका लागि आएका सोधपुछको संख्याः

एकाइ (वर्गफिटमा)सोधपुछको संख्या प्रतिशत (%)
१००० <   ८२२४
१०००-२००० ८६२६
२०००-३००० ७३२१
३०००-४००० ५६१६
४००० > ४३१३
कूल३०२१००
तालिका नं. ५

तालिका नं. ५ को तथ्यांकलाई लेखाचित्रमा प्रस्तुत गर्दा,

वृत्तचित्र नं. २

वृत्तचित्र नं. २ मा देखाइए अनुसार, भदौको मासिक अनुसन्धानमा व्यवसायिक भवनमा सेवाग्राहीबाट निम्नानुसारको सोधपुछ पाइएको छः 

अधिकतम शेयर २६ प्रतिशत (१०००-२०००) वर्गफिट खण्डले प्राप्त गरेको छ । त्यसैगरी, न्यूनतम शेयर १३ प्रतिशत (४००० >) वर्गफिट अपार्टमेन्ट खण्डले ओगटेको छ । त्यस्तै; (१००० <), (२०००-३०००), (३०००-४०००) र वर्गफिट खण्डले क्रमशः २४, २१ र १६ प्रतिशत शेयर पाएका छन् ।

१.३ सम्भावित खरिदकर्ताले प्राथमिकता दिएका स्थानहरू (Location preferences by potential buyers)

तलको तालिकामा उल्लेख गरिएको तथ्यांकले विभिन्न स्थानहरूमा सेवाग्राहीको रुचि वा मागको स्तरलाई प्रतिबिम्बित गर्दछ, जसले सेवाग्राही तथा अन्य सरोकारवालाहरूलाई निर्णय गर्न र घरजग्गाको व्यवसायिक योजना बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छः

क्र.संस्थानसंख्या
१.बुढानिलकण्ठ३५०
२. धापाखेल३१७
३.भैँसेपाटी२९०
४.इमाडोल२८७
कपन२८०
सुनाकोठी१७६
बानेश्वर१७१
मनमैजू१६९
कलंकी१६५
१०बौद्ध१३९
११सानोभर्याङ१५७
१२धापासी१४५
१३लाजिम्पाट९७
१४सानेपा८५
१५झम्सिखेल७५
१६स्वयमू७४
१७टिकाथली७२
१८बालकुमारी६७
१९बालुवाटार६७
२०कोटेश्वर६५
२१नख्खिपोट६३
२२ग्वार्को५४
२३भङ्गाल४५
२४गोंगबु४३
२५गौशाला३४
२६जोरपाटी३३
२७मुलपानी३२
२८बालकोट३२
२९किर्तिपुर३२
३०धुम्बाराही३२
३१चन्द्रागिरी३२
३२शङ्खमूल३१
३३सल्लाघारी, भक्तपुर२६
३४टोखा२१
३५पोखरा२०
३६टिकाथली, भक्तपुर१९
३६चावहिल१८
जम्मा ३८८१
तालिका नं. ६

तालिका नं. ६ अनुसार, भदौ महिनामा सबैभन्दा बढि (३५०) संख्यामा बुढानिलकण्ठ क्षेत्रका लागि सोधपुछ प्राप्त भएको पाइएको छ । जसले यस स्थानमा सेवाग्राहीको उल्लेख्य चासो भएको देखाउँछ ।

र, सबै भन्दा कम (१८) चावहिल क्षेत्रका लागि सोधपुछ प्राप्त भएको छ । सबैभन्दा कम संख्यामा सोधपुछ प्राप्त गरेका क्षेत्रहरूमा कम माग वा चासो देखाउँछ ।

सम्भावित खरिदकर्ताले रुचाएका ५ मूख्य स्थानहरू (Top 5 location preferred by potential buyers)

क्र.संस्थानसंख्या प्रतिशत (%)
१.बुढानिलकण्ठ३५०
२.धापाखेल३१७
३.भैँसेपाटी२९५
४.इमाडोल२८७
५.कपन२८०
अन्य२३५२६२
तालिका नं. ७

सम्भावित खरिदकर्ताले रुचाएका ५ मूख्य स्थानलाई लेखाचित्रमा प्रस्तुत गर्दा,

लेखाचित्र नं. ४

लेखाचित्र नं. ४ मा देखाइएअनुसार, सम्भावित ९ प्रतिशत अर्थात् ३५० जना सेवाग्राहीले सर्वाधिक रुचाएका क्षेत्रमा बुढानिलकण्ठमा रहेको पाइएको छ । त्यस्तै; सेवाग्राहीले रुचाएका क्षेत्रहरूमा धापाखेल, भैँसेपाटी, इमाडोल र कपनमा क्रमशः ८, ८, ७ र ७ प्रतिशत रहेको पाइएको छ ।

२. बजार प्रवृति र मूल्य विश्लेषण (Market Trends and Pricing Analysis)

क.  विभिन्न क्षेत्रमा प्रपर्टिको औसत मूल्यांकन अथवा (अधिकतम-न्यूनतम) तालिका
तलको तालिकाले बसोबास सेल्स टिम तथा अन्य सरोकारवालाहरूले उपलब्ध गराएको जानकारीको आधारमा काठमाडौंका विभिन्न क्षेत्रहरूमा जग्गाको मूल्य दायरा (प्रति आना लाखमा) प्रस्तुत गरिएको छः

क्र.सं.स्थान (काठमाडौं)मूल्यदर २०२४(न्यूनतम – अधिकतम)
१. बसुन्धरा५०– ७० लाख प्रति आना
२.बुढानीलकण्ठ३२– ७० लाख प्रति आना
३.गोकर्णेश्वर१८ – ३७ लाख प्रति आना
४.कपन३०– ५७ लाख प्रति आना
५.सितापाइला२५ – ६० लाख प्रति आना
६.बालुवाटार६५– १ करोड ५० लाख प्रति आना
७.हात्तीगौंडा४० – ७० लाख प्रति आना
८.महाराजगञ्ज८० – १ करोड ३० लाख प्रति आना
९.धापासी३५ – ६५ लाख प्रति आना
१०.कलंकी३५– ७५ लाख प्रति आना
११.टोखा२१ – ४५ लाख प्रति आना
१२.भंगाल२५ – 55 लाख प्रति आना
१३.जोरपाटी२७ – ७० लाख प्रति आना
१४.बानेश्वर६०– १ करोड २५ लाख प्रति आना
१५.काँडाघारी२५ – ४६ लाख प्रति आना
१६.लाजिम्पाट७५ – २ करोड प्रति आना
१७.गोल्फुटार४५ – ७० लाख प्रति आना
१८.सामाखुशी४५ – ८० लाख प्रति आना
१९.सुकेधारा५० – ८० लाख प्रति आना
२०.बालाजु३५ – ८० लाख प्रति आना
२१.चावहिल६० लाख– १ करोड ३० लाख प्रति आना
२२.मन्डिकाटार४०– ७० लाख प्रति आना
२३.धुमबाराही४८ – ७० लाख प्रति आना
२४.विशालनगर६५ – ९० लाख प्रति आना
२५.पेप्सीकोला३५ – ९० लाख प्रति आना
२६.तारकेश्वर१७ – ४५ लाख प्रति आना
२७.बाफल४० – ६५ लाख प्रति आना
२८.बौद्ध३५ – १ करोड २५ लाख प्रति आना
२९.बाँसबारी५०– ८० लाख प्रति आना
३०.ठमेल१ – ३ करोड प्रति आना
३१.नक्साल६० – १ करोड २५ लाख प्रति आना
३२.चण्डोल६० – १ करोड २५ लाख प्रति आना
३४.मूलपानी२५– ३५ लाख प्रति आना
३५.स्युचटार३०– ६५ लाख प्रति आना
३६.कोटेश्वर६० – ८० लाख प्रति आना
३७.गोंगबु४० – ८० लाख प्रति आना
३८.सानोभर्याङ४० – ६५ लाख प्रति आना
३९.गोठाटार३० – ४० लाख प्रति आना
४०.स्वयम्भू४० – ७० लाख प्रति आना
तालिका नं. ८

तालिका नं. ८ मा प्रस्तुत तथ्यांक अनुसार काठमाण्डौंका विभिन्न क्षेत्रहरूमा जग्गाको विभिन्न मूल्य दायराहरूको एक विस्तृत सर्वेक्षण प्रदान गर्दछ, जसले सरोकारवालाहरूलाई यस क्षेत्रको घर जग्गा बजारको गतिशीलता बुझ्न मद्दत गर्दछ ।

ख. ललितपुरका विभिन्न क्षेत्रमा चलेको जग्गाको मूल्यदर

क्र.सं.स्थान (काठमाडौं)मूल्यदर २०२४ (न्यूनतम – अधिकतम)
१. झम्सिखेल८० लाख- १ करोड ५० लाख
२.सानेपा७५ लाख- १ करोड २० लाख
३.कुपन्डोल६८ लाख- १ करोड
४.पाटन७५ लाख- १ करोड ५० लाख
५.धोबिघाट६५ लाख-९० लाख
६.महालक्ष्मीस्थान६० लाख-९० लाख
७.भैँसेपाटी५० लाख-१ करोड ५० लाख
८.खोकना२५ लाख-३२ लाख
९.लख्खु३२ लाख-६० लाख
१०.नख्खिपोट२८ लाख-६० लाख
११.ढोलाहिटी३५ लाख-७० लाख
१२.सुनाकोठी३० लाख-४० लाख
१३.खुमल्टार४५ लाख-८० लाख
१४.हात्तिवन४५ लाख-६५ लाख
१५.धापाखेल३० लाख-६० लाख
१६.गोदावरी१२ लाख-३० लाख
१७.लेले७ लाख- २० लाख
१८.लुभू२३ लाख-३५ लाख
१९.इमाडोल३३ लाख- ६५ लाख
२०.टिकाथली३० लाख- ५० लाख
तालिका नं. ९

तालिका नं. ९ मा प्रस्तुत तथ्यांकले ललितपुरका विभिन्न क्षेत्रहरूमा जग्गाको विभिन्न मूल्य दायराहरूको एक विस्तृत सर्वेक्षण प्रदान गर्दछ, जसले सरोकारवालाहरूलाई यस क्षेत्रको घर जग्गा बजारको गतिशीलता बुझ्न मद्दत गर्दछ ।

क्र.सं.स्थान (काठमाडौं)मूल्यदर २०२४ (न्यूनतम – अधिकतम)
१. राधेराधे४० लाख-१ करोड २५ लाख
२.सल्लाघारी३५ लाख-५५ लाख
३.बाल्कोट३० लाख-५५ लाख
४.दुवाकोट२० लाख-४० लाख
५.टिकाथली१६ लाख-२५ लाख
६.सिपाडोल२७ लाख-४२ लाख
७.सुर्यविनायक३० लाख-४५ लाख
८.पेप्सीकोला३२ लाख-७५ लाख
९.व्यासी१८ लाख-२५ लाख
१०.कमलविनायक२२ लाख-४० लाख
११.कौशलटार४५ लाख-७५ लाख
१२.ठिमी३५ लाख-६५ लाख
१३.गोठाटार४० लाख-७५ लाख
१४.लोकन्थली४० लाख-७५ लाख
१५.सानोठिमी३२ लाख-६५ लाख
१६.जगते३० लाख-५५ लाख
१७.नाला१७ लाख-२५ लाख
१८.नगरकोट१२ लाख-२५ लाख
१९.बोडे२२ लाख-३५ लाख
२०.चाँगुनारायण१५ लाख-२८ लाख
२१.डाडिकोट१५ लाख-५० लाख
तालिका नं १० 

तालिका नं. १० मा प्रस्तुत तथ्यांकले भक्तपुरका विभिन्न क्षेत्रहरूमा जग्गाको विभिन्न मूल्य दायराहरूको एक विस्तृत सर्वेक्षण प्रदान गर्दछ, जसले सरोकारवालाहरूलाई यस क्षेत्रको घर जग्गा बजारको गतिशीलता बुझ्न मद्दत गर्दछ ।

घरकर्जाका लागि प्राप्त सोधपुछलाई तालिकामा प्रस्तुत गर्दा,

घरकर्जामा इच्छुक/अनिच्छुकसंख्या प्रतिशतमा 
घरकर्जामा इच्छुक देखिएका२१४९५५
घरकर्जामा इच्छुक नदेखिएका१७३२४५
कूल३८८११००
तालिका नं. ११

माथिको तालिकालाई वृत्तचित्रमा प्रस्तुत गर्दा,

वृत्तचित्र नं. ३

वृतचित्र नं. ३ मा तालिकाले घरकर्जाको सम्बन्धमा सेवाग्राहीहरूबीच रुचिको वितरण प्रस्तुत गर्दछ ।

घरकर्जामा ईच्छुक सेवाग्राहीः तथ्याङ्कअनुसार २,१४९ जना सेवाग्राहीहरू अर्थात् ५५% घर कर्जा लिन ईच्छुक देखिन्छन् । यसले उल्लेख्य संख्यामा सेवाग्राहीहरू घरजग्गाको खरिदबिक्रीमा बैंक तथा वित्तिय संस्थाबाट पाउने सेवा तथा अवसरको लाभ लिन उत्सुक रहेको संकेत गर्दछ । 

घरकर्जामा ईच्छुक नदेखिएका सेवाग्राहीः यसको विपरीत, कूलको ४५% अर्थात् १,७३२ जना सेवाग्राहीहरूले घर कर्जामा कम रुचि देखाएको पाइन्छ । यसले अधिकांश सेवाग्राहीहरूलाई घरजग्गाको खरिदबिक्रीमा बैंक तथा वित्तिय संस्थाबाट पाउने सेवा तथा अवसरको आवश्यकता नरहेको संकेत गर्दछ ।

नोटः यद्यपि अघिल्ला महिनाहरूको तुलनामा सेवाग्राहीले घरकर्जामा चासो बढाएको पाइन्छ ।

ख) मासिक घरजग्गाको मूल्यमा देखिएको उतारचढाव (Monthly Real Estate Price Fluctuations)

तालिका नं. २ र ३ मा उल्लेख गरिएको जग्गाको मूल्य पछिल्लो महिनामा पनि स्थिर रहेको पाइएको छ । यसको अर्थ गत महिना घरजग्गाको मूल्यमा कुनै परिवर्तन देखिएको छैन ।

ग) सेवाग्राहीले रुचाएका प्रपर्टिको आकार र सुविधाहरू (Trends in property sizes and amenities sought by buyers)

अ. अत्यधिक रूचाइएका प्रपर्टिको आकार (Trends in property sizes)

पछिल्लो समय सेवाग्राहीले प्रपर्टीको खरिदमा बैंकबाट प्राप्त हुने घरकर्जामा चासो बढाएको पाइन्छ । जसले गर्दा बैंकबाट राम्रो मूल्यांकन पाउनेगरी अधिकांशले ३ आनाभन्दा बढी जग्गा खोजिरहेको पाइएको छ । यसबाहेक बंगलामा बस्न चाहने सेवाग्राहीले आठ देखि १६ आना जग्गामा चासो देखाएका छन् ।

आ. सेवाग्राहीले खोज्ने सुविधाहरू (Amenities sought by buyers)

अधिकांश सेवाग्राहीले आवासिय घरमा आधुनिक सुविधाको खोजी गरेको पाइएको छ । जसमा मोड्युलर किचन, अट्याच दराज तथा पार्केटिङ प्यानलिङ र अट्याच बाथरुम आदि छन् । 

३. सेवाग्राहीको व्यवहार विश्लेषणलाई प्रभाव पार्ने तत्वहरू (Factors affecting buyers behavior Analysis)

घरजग्गाको कारोबारमा बैंकिङ क्षेत्र र कर्जा प्रवाह, सरकारी नीति तथा कार्यक्रम, मौद्रिक नीति जस्ता विभिन्न पक्षले प्रभाव पार्दछ । यस सेग्मेन्टमा, भदौ महिनामा परिमार्जन तथा परिवर्तन भएका घटनाहरूको संक्षिप्त समिक्षा गरिएको छ ।

३.१ भदौ महिनाका लागि वाणिज्य बैंकहरूको निक्षेप ब्याजदर (Deposit interest rates of commercial banks):
भदौमा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ६.५२ प्रतिशत छ भने संस्थागततर्फ ५.३१ प्रतिशतमा झरेको छ । यसअघि साउनमा बैंकहरूको ब्याजदर औसत व्यक्तिगततर्फ ६.६७ प्रतिशत थियो भने संस्थागततर्फ ५.४३ प्रतिशत थियो । साउन महिनाको तुलनामा भदौमा औसत व्यत्तिगततर्फ ०.२५ प्रतिशत र संस्थागततर्फ ०.४६ प्रतिशत घटेको हो ।

निक्षेपको ब्याजदर विस्तारै कम हुँदै जाँदा कर्जाको ब्याजदरमा पनि गिरावट आउँछ ।

वाणिज्य बैंकद्वारा भदौ महिनाका लागि तोकिएको ब्याजदर (Interest rates set by commercial banks for the month of Shrawan):

क्र.सं बैंकको नामब्याजदर
१.एनआईसी एसिया बैंक११.९९% 
२.कुमारी बैंक८.५९%  (स्थिर ७ वर्ष)
३.प्रभु बैंक९.९९%  (स्थिर ५ वर्ष)
४.लक्ष्मी सनराइज बैंक८.८९% – १०.८९%
५.नेपाल बैंक लिमिटेड७.५४ – १४.५४%
६.राष्ट्रिय वाणिज्य बैंक८.६६%  (स्थिर ५ वर्ष)
७.नेपाल इन्भेस्टमेन्ट मेघा बैंक ७% (२.५ करोड)
८. सिद्धार्थ बैंक९.२५%  (स्थिर ७ वर्ष)
९.माछापुच्छ्रे बैंक लिमिटेड११% (स्थिर ७ वर्ष)
१०.नबिल बैंक७.९९% (स्थिर ७ वर्ष) 
११.एभरेष्ट बैंक८.७९-१०.७९%
१२.एनएमबि बैंक९.९९ % (स्थिर १० वर्ष)
१३.प्राइम कर्सियल बैंक८.५७-१३.५७%
१४.सानिमा बैंक९.३३-११.३३%
१५.ग्लोबल आइएमई बैंक७.७७- ११.२४%
१६.नेपाल एसबीआई बैंक८.६१- १०.६१%
१७.हिमालयन बैंक१०.००%  (स्थिर ७ वर्ष)
१८.स्टाण्डर्ड चार्टर्ड बैंक८.२२% – १०.२२%
२९.कृषि विकास बैंक७.९६-९.९६% (स्थिर १० वर्ष)
२०.सिटिजन बैंक ८.९९% (स्थिर ७ वर्ष)
तालिका नं. १२

तालिका नं. १२ मा देखाएअनुसार, भदौ महिनाका लागि वाणिज्य बैंकहरूले दिएको घरकर्जाको अधिकतम ब्याजदर एनआईसी एसिया बैंक ११.९९% रहेको छ । र, न्यूनतम ब्याजदर नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले ७% (२.५ करोड) तोकेको छ । 

४. भदौ महिनामा घरजग्गाको कारोबार र राजस्व संकलनको अवस्था (Status of Real estate transactions and revenue collection in the month of Bhadra):

४.१ तलको रेखाचित्रमा गत महिनामा देशभरका मालपोत कार्यालयबाट संकलित राजश्वको विवरण प्रस्तुत गरिएको छः

लेखाचित्र नं. ४

लेखाचित्र नं. ४ अनुसार, भदौ महिनामा देशभरका मालपोत कार्यालयबाट संकलित राजश्व निम्नानुसार छः
भदौमा सरकारले सेवाकर बापत देशभरबाट कुल २५ करोड ५५ लाख ९८ हजार ७ सय १ रुपैयाँ राजश्व संकलन गरेको छ । त्यसैगरी, रजिष्ट्रेशन दस्तुरबापत जम्मा १ अर्ब ९७ करोड ६० लाख २८ हजार ४ सय २३ रुपैयाँ संकलन गरेको छ । र पुँजीगत लाभकरबाट १ अर्ब १३ करोड १५ लाख ६५ हजार १ सय १३ रुपैयाँ संकलन गरेको छ । भदौमा उपत्यका भित्रका मालपोत कार्यलयहरूले नै सबैभन्दा बढि राजस्व संकलन गरेका छन् ।

ख) तलको रेखाचित्रमा गत महिनामा देशभरका मालपोत कार्यालयबाट भएको घरजग्गाको लिखत पारित प्रस्तुत गरिएको छः

क्र. सं मालपोत कार्यालयलिखत पारित
१.भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी१६५१
२.भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा१२६५
३.भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा११४८
४. भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी११०१
५. मालपोत कार्यालय बेलवारी, मोरङ९०८
तालिका नं. १३
रेखाचित्र नं. ५

रेखाचित्र नं. ५ अनुसार, गत महिनामा देशभरका मालपोत कार्यालयबाट भएको घरजग्गाको लिखत पारित अर्थात कारोबारको विवरण निम्नानुसार छः

गत महिनामा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट अधिकतम  १६ सय ५१ संख्यामा घरजग्गा लिखत पारित भएको पाइएको छ ।   

यसबाहेक, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापाबाट १२ सय ६५; भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषाबाट ११ सय ४८; भूमिसुधार तथा मालपोत कार्यालय राजविराज ११ सय १; र मालपोत कार्यालय बेलवारी, मोरङबाट ९ सय ८ संख्यामा घर जग्गाको लिखत पारित भएको पाइएको छ ।

भदौ महिनामा उपत्यकाका विभिन्न मालपोत कार्यालयबाट भएको घरजग्गा कारोबारको अवस्थाः

क्र.संमालपोत कार्यालयलिखत पारितराजश्व संकलन
१.भूमिसुधार तथा मालपोत कार्यालय  लगनखेल, ललितपुर७६२२७ करोड ९८ लाख ९९ हजार ४ सय ५४ रुपैयाँ
२.भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौं१७९२६ करोड ४९ लाख ९० हजार ५ सय २४ रुपैयाँ
३.मालपोत कार्यालय कलङ्की, काठमाडौं६८६२४ करोड ३४ लाख २० हजार ५ सय ५५ रुपैयाँ
४.मालपोत कार्यालय चावहिल, काठमाडौं४६४२४ करोड ८ लाख ९४ हजार ७ सय ९४ रुपैयाँ
५.भूमिसुधार तथा मालपोत कार्यालय  भक्तपुर७९६२२ करोड ७८ लाख ५ हजार ३ सय ७४ रुपैयाँ
६.मालपोत कार्यालय साँखु, काठमाडौं३८१७ करोड ९० लाख ८४ हजार ८ सय ९३ रुपैयाँ
७. मालपोत कार्यालय, मनमैजु, काठमाडौं२१७६ करोड ३० लाख ६० हजार ८१ रुपैयाँ
८. मालपोत कार्यालय टोखा, काठमाडौं१२९५ करोड ३६ लाख ५ हजार १ सय २७ रुपैयाँ
९.मालपोत कार्यालय गोटीखेल, ललितपुर६ लाख २३ हजार ४ सय २३ रुपैयाँ
तालिका नं. १४

तालिका नं. १४ मा प्रस्तुत भएअनुसार, काठमाडौं उपत्यकामा अधिकतम राजश्व संकलन गर्नेमा मालपोत कार्यालय लगनखेल रहेको छ । लगनखेलबाट ७ सय ६२ लिखत पारित हुँदा २७ करोड ९८ लाख ९९ हजार ४ सय ५४ रुपैयाँ राजश्व संकलन भएको छ । भने न्यूनतम मालपोत कार्यालय गोटीखेलबाट ९ लिखत पारित हुँदा ६ लाख २३ हजार ४ सय २३ रुपैयाँ राजश्व संकलन भएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कारोबार भएका मालपोत कार्यालयहरू (Malpot Offices with the highest turnover in the Fiscal year 2081/82):

क्र. सं मालपोत कार्यालयलिखत पारित
१.भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी१६५१
२.भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा१२६५
३.भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा११४८
४. भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी११०१
५. मालपोत कार्यालय बेलवारी, मोरङ९०८
तालिका नं. १५

तालिका नं. १५ अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो महिना भदौमा सबैभन्दा धेरै कारोबार भूमि सुधार तथा मालपोत कार्यलय इनरूवा, सुनसरीबाट भएको पाइएको छ । उक्त मालपोत कार्यालयबाट भदौमा १६ सय ५१ संख्यामा घरजग्गाको लिखत पारित भएको छ । त्यसैगरी उल्लेख्य कारोबार गर्ने अन्य मालपोत कार्यालयहरूभूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा; भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा; भूमिसुधार तथा मालपोत कार्यालय राजविराज; सप्तरी र मालपोत कार्यालय बेलवारी, मोरङबाट क्रमशः १२ सय ६५, ११ सय ४८, ११ सय १ र ९ सय ८ संख्यामा लिखत पारित भएको पाइएको छ ।

निष्कर्षः

भदौ महिनामा बसोबास नेपालले प्राप्त गरेको सोधपुछ, विभिन्न सरकारी निकाय, बैंकिङ संस्था लगायत विभिन्न सरोकारवाला निकायबाट प्राप्त तथ्यांकलाई विश्लेषण गर्दा गत महिना घरजग्गा बजार चलायमान रहेको पाइएको छ ।

सेवाग्राहीको व्यवहारलाई आधार मानेर हेर्दा, व्यवसायिक भवनहरूमा सेवाग्राहीले औसत चासो देखाएका छन् । यसबाहेक जग्गा, अपार्टमेन्ट, भाडा, र हाउजिङमा पनि उल्लेखनीय सोधपुछ पाइएको छ । जसमा ३ आना भन्दा बढी जग्गामा बनेका घर र बंगलाहरूमा ८ देखि १६ आना जग्गा क्षेत्रफललाई प्राथमिकता दिइएको छ । त्यसैगरी, उल्लिखित तथ्यांकअनुसार वर्तमान अवस्थामा अधिकांश सेवाग्राहीहरू साढे दुई देखि ४ करोड मूल्यका आवासीय घरमा ईच्छुक देखिन्छन् । 

आधुनिक सुविधाहरू जस्तै मोड्युलर किचन र संलग्न सुविधाहरू उपभोक्ताहरू द्वारा अत्यधिक खोजी गरिन्छ । बैंकिङ क्षेत्र नीतिहरू, सरकारी नियमहरू, र मौद्रिक नीतिहरू जस्ता कारकले सेवाग्राहीको व्यवहार प्रभावित हुन्छ ।

वाणिज्य बैंकहरूले भदौ महिनाका लागि प्रवाह गरेको घर कर्जाको ब्याजदरमा विविधता पाइएको छ । साउनको तुलनामा भदौको ब्याजदर केही हदसम्म घटेको पाइएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालयहरूबाट राजस्व सङ्कलनमा वृद्धि देखिएको छ, जसले कारोबारमा गतिशीलतालाई सङ्केत गर्दछ । राजश्व संकलनमा उपत्यकाका मालपोत कार्यालयहरू अघि देखिएपनि तराइका जिल्लाहरूमा अधिकतम लिखत पारित भएको पाइएको छ । 

समग्रमा, नेपालको रियल इस्टेट क्षेत्रको वर्तमान अवस्था चलायमान देखिन्छ । सेवाग्राहीको सोधपुछमा देखिएको विविधता, बढेको कारोबार तथा राजश्व संकलन र घटेको बैंकको ब्याजदरले बजारको गतिबिधिलाई झल्काउँछ । यसले बजार सकारात्मक बन्दै गएकाले सरोकारवालाहरूका लागि लगानिको अवसरहरू प्रदान गर्छ ।

सम्बन्धित निकायका लागि सुझावः

डेभलपर्सः

गत महिनाको अनुसन्धानलाई मध्येनजर गर्दा, २० देखि ४० लाख प्रतिआना सम्ममा बनेका घरहरूले बजारको मागलाई पूर्ति गर्न सकिने देखिन्छ । तसर्थ,  डेभलपरहरूले २ देखि ४ करोड सम्मका घर निर्माण गर्दा उपयुक्त हुने देखिन्छ । त्यसैगरी लक्जरी लिभिङमा सेवाग्राहीहरूले हाउजिङ भन्दा भाडाका अपार्टमेन्टहरूमा चासो देखाएको हुँदा ‘रेन्टल अपार्टमेन्ट’ निर्माणलाई प्राथमिकता दिनु राम्रो हुन्छ ।

बैंकः

बैंकिङ सेवाहरूबारे गरिएको अध्ययनअनुसार आम सर्वसाधारणमा बैंकिङ सेवाहरूबारे त्यति सचेतता नभएको पाइएको छ । सेवाग्राहीमैत्री वातावरण सिर्जना गर्न सहज र सरलका साथै सेवा प्रवाहको प्रक्रियालाई छिटो बनाउन सके बैंकिङ सेवाहरू प्रभावकारीता बढ्ने देखिन्छ । सेवाग्राहीमा रहेको अन्योललाई सम्बोधन गर्न बैंकले घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जासम्बन्धि सूचना अझ प्रभावकारी ढङ्गले प्रवाह गर्ने र सम्भावित खरिदकर्तामा बैंकिङ सेवाको सहज पहुँच पुर्याउन आवश्यक छ ।

लगानीकर्ताः

घरजग्गामा लगानी गर्दा यस सम्बन्धि सम्पूर्ण कानुनी पक्षको अध्ययन गरेर मात्रै लगानी गर्नु राम्रो हुन्छ । यदि आफुले अध्ययन गर्न सम्भव नभएको खण्डमा सम्बन्धित विज्ञहरूसँग परामर्श लिएर मात्र अघि बढ्नु उपयुक्त हुन्छ । पछिल्लो समय घरजग्गा बिक्रीमा प्राविधिक हस्तक्षेप बढेको छ । जसलाई मध्येनजर गर्दै, सम्पति सूचिकरण, प्रपर्टिको भर्चुअल भिजिट, र कारोबारमा पनि डिजिटल माध्यमको फाइदा लिन सकिन्छ । यसले कारोबारमा पहुँच फराकिलो बनाउनुका साथै खरिदकर्ता र विक्रेता दुवैको प्रक्रिया सरल बनाउँछ ।

सन्दर्भ सामग्रीः

१. भूमि व्यवस्थापन तथा अभिलेख विभाग. (२०८१ भदौ). २०८१ भदौ महिनाको मासिक कारोवार विवरण 

२. भूमि व्यवस्थापन तथा अभिलेख विभाग. (२०८१ भदौ). २०८१ भदौ महिनाको राजश्व संकलन विवरण

३. बैंक ब्याज डटकम. (२०८१ भदौ). घर कर्जा

४. बसोबास डटकम 

प्रतिक्रिया दिनुहोस्
Pin It