News

एक महिनामा २४ युनिट अपार्टमेन्ट किनबेच

Pinterest LinkedIn Tumblr

काठमाडौं । साउनको तुलनामा भदौ महिनामा अपार्टमेन्ट किनबेचमा सामान्य वृद्धि भएको छ । भूमि व्यवस्थापन विभागका अनुसार भदौमा देशभर २४ युनिट अपार्टमेन्ट किनबेच भएका हुन् । साउनमा यो संख्या १६ युनिट थियो ।

यद्यपि, असारको तुलनामा भदौको अपार्टमेन्ट किनबेच निकै कम हो । असारमा देशभर ७१ युनिट अपार्टमेन्ट किनबेच भएका थिए । त्यस्तै, गत वर्षको भदौमा ४५ युनिट अपार्टमेन्ट किनबेच भएको तथ्यांक छ ।

भदौमा ललितपुरमा १२ युनिट अपार्टमेन्ट किनबेच भएका छन् । डिल्लीबजार मालपोतबाट ४ युनिट, चाबहिल र कलंकी मालपोतबाट ३ र ३ युनिट, र टोखा मालपोतबाट २ युनिट अपार्टमेन्ट किनबेच भएको विभागले जनाएको छ ।

जबकि अपार्टमेन्ट किनबेचमा केही वृद्धि भए पनि घरजग्गा किनबेच, राजस्व संकलन, र कित्ताकाटको संख्यामा भने कमी देखिएको छ ।

घर तथा जग्गा किनबेच गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It