Featured

उपत्यका विभिन्न स्थानमा रहेका ‘सीजी ग्रुपका शानदार घरहरू’ बिक्रीमा 

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपालमा लक्जरियस हाउजिङ विकास गर्ने लक्ष्यसहित चौधरी ग्रुपले लामो समयदेखि विभिन्न हाउजिङ परियोजनाहरूमा काम गर्दै आएको छ । ग्रुपको कम्पनी सीजी डेभलपर्सले निर्माण गरेका भैँसेपाटी, सुनाकोठी र धापाखेलस्थित हाउजिङहरू बसोबासमा जोडिएका छन् ।

सुनाकोठीस्थित सीजी भिल्लाः

सीजी भिल्ला पहिलो फेजको सफलतापछि सीजीले सुनाकोठीस्थित ‘सीजी भिल्ला सेकेन्ड फेज’ नामक परियोजना अघि बढायो । यस परियोजना अन्तर्गत २१ वटा आकर्षक सुविधासम्पन्न भिल्लाहरू रहेका छन् । यहाँ घरहरू ४ आनादेखि १२ आना जग्गामा निर्माण भएका छन् । सेमी फर्निस्ड यी घरहरू साढे दुई तलाका छन् । 

भिल्लामा मोड्युलर किचन, पावर व्याकअप, चौबिसै घण्टा पानी र सेक्युरिटी, चिल्ड्रेन प्ले एरिया, स्विमिङ पुल, जिम, कम्युनिटी हल र कम्युनिटी अफिसको व्यवस्था छ । गुणस्तरीय निर्माण सामग्री सिमेन्ट तथा कच्चा पदार्थको प्रयोग भएका सबै घरहरू भूकम्पप्रतिरोधक छन् । यहाँका घरहरूको मूल्य जग्गाको आकार र प्रकृतिअनुसार ३ करोड ८५ लाखदेखि ८ करोड ९५ लाख रुपैयाँ सम्म तोकिएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

CG-Villa-Sunakothi

भैसेपाटीस्थित सीजी भैँसेपाटी हाइटः

सीजी भैँसेपाटी हाइट नामक यस परियोजना मेडिसिटी अस्पताल नजिकै रहेको छ । यस परियोजना अन्तर्गत जम्मा ९ वटा घरहरू निर्माण भएका छन् । जग्गाको आकार र प्रकृतिअनुसार ४ आनादेखि १२ आना जग्गामा निर्माण भएका यी घरहरू ६ आनादेखि ९ आना सम्मका छन् । जसमध्ये ५ वटा घर बिक्री भइसकेका छन् भने हाल ४ वटा घर बिक्रीका लागि रहेका छन् । यी घरहरूमा मोड्युलर किचन, चौबिसै घण्टा पानी, स्टोरेज ट्याङ्की, बाल्कोनी, सिसिटीभी र पार्किङको व्यवस्था रहेको छ । यहाँका घरहरूको मूल्य ९ करोड १३ करोड ४० लाख देखि १३ करोड ४० लाख रुपैयाँसम्म तोकिएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

CG bhaisepatiधापाखेलस्थित सीजी लेकभ्यूः

धापाखेलमा निर्माणाधीन सीजी लेकभ्यू नामक परियोजना अन्तर्गत जम्मा ९१ वटा घरहरू निर्माण हुनेछन् । यी घरहरू ४ आना १ पैसादेखि १३ आना १ पैसा २ दाम जग्गामा बनेका छन् । जसमध्ये ३४ वटा घरहरू बुकिङ भइसकेका छन् भने ५१ युनिट घरहरू बुकिङका लागि छन् ।  यी घरहरू 4BHK सम्मका छन् । 

कम्युनिटी हल, रूफटप स्विमिंग पूल, क्याफे, क्लब हाउस, जिम सहितको हेल्थ क्लब, स्टीमसौना जस्ता सेवासुविधा भएको यस घरहरूको मूल्य ४ करोड १० लाखदेखि ९ करोड ३१ लाख रुपैयाँ तोकिएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

CG lakeview

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It