Community

सडक सञ्जालको इतिहास बोकेको पुरानो बानेश्वरमा घरजग्गाको मूल्य कस्तो छ ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । पुरानो बानेश्वर काठमाडौं उपत्यकाको एक प्रमुख आवासीय क्षेत्र हो । शिक्षा, स्वास्थ्य, यातायातलगायत हरेक क्षेत्रको लागि पायक पर्ने हुनाले पनि धेरै मानिसहरू पुरानो बानेश्वरमा बस्न चाहन्छन् । यस लेखमा पुरानो बानेश्वर क्षेत्रमा उपलब्ध सेवा सुविधा तथा घरजग्गाको मूल्य र भाडादरसम्बन्धी संक्षिप्‍त जानकारी उल्लेख गरिएको छ ।

पुरानो बानेश्वर क्षेत्रका प्रमुख ५ आवासीय क्षेत्रः घरजग्गाको मूल्य र भाडादर

पुरानो बानेश्वरका प्रायजसो क्षेत्र आवासीय प्रयोजनका लागि रहेका छन् । मुख्य सडकसँग जोडिएका स्थानहरू बाहेक पुरानो बानेश्वरका सबैजसो स्थान आवासीय नै हुन् । 

स्थान जग्गाको औसत मूल्य (प्रतिआना) घरको मूल्य (४ आना जग्गामा बनेको) आवासीय भाडादर
बानेश्वर हाइट ७५ लाखदेखि १ करोडसम्म  साढे ४ करोडदेखि ६ करोडसम्म  २५ देखि ४० हजारसम्म  ७० हजारदेखि १ लाखसम्म
भिमसेनगोला ७० देखि ९० लाखसम्म साढे ३ करोडदेखि ५ करोडसम्म  २२ देखि ३५ हजारसम्म ८० हजार देखि १ लाख २५ हजारसम्म
संगम चोक ७० देखि ८५ लाखसम्म साढे ४ करोडदेखि ५ करोडसम्म  २५ देखि ४० हजारसम्म  ९० हजार १ लाख ५० हजारसम्म
प्रयागमार्ग ६० देखि ९० लाखसम्म साढे ४ करोडदेखि साढे ५ करोडसम्म ३० देखि ४५ हजारसम्म  ९० हजार देखि १ लाख २० हजारसम्म
कात्यायनी चोक ६५ देखि ८५ लाखसम्म ४ करोडदेखि साढे ५ करोडसम्म २५ देखि ४० हजारसम्म  ९५ हजार देखि १ लाख ३० हजारसम्म
बासुकी मार्ग ६५ देखि ८५ लाखसम्म ४ करोडदेखि साढे ५ करोडसम्म २५ देखि ३५ हजारसम्म  ८५ हजार देखि १ लाख २५ हजारसम्म
मिलन चोक ७० देखि ८५ लाखसम्म ४ करोडदेखि साढे ५ करोडसम्म २५ देखि ४० हजारसम्म  ८० हजार देखि १ लाख २० हजारसम्म

पुरानो बानेश्वर हाइट

Old baneshowr hieght

पुरानो बानेश्वर हाइट बानेश्वरको पुरानो आवासीय क्षेत्र हो । व्यवस्थित र शान्त भएकाले यस क्षेत्रमा घरजग्गाको मूल्य तुलनात्मक रुपमा महङ्गो छ । शहरका मुख्य केन्द्रहरू पुतलीसडक, गौशाला चाबहिल, सिनामंगल लगायतका स्थानहरूसँग सार्वजनिक सवारीसाधनको सहज पहुँच भएकाले यो क्षेत्र आवासका लागि निकै उपयुक्त छ । 

उपत्यकाका अन्य स्थानहरूभन्दा तुलनात्मक रुपमा शान्त र व्यवस्थित यस क्षेत्रमा जग्गाको न्यूनतम औसत मूल्य प्रतिआना ७५ देखि १ करोडसम्म पर्छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य साढे ४ करोडदेखि ६ करोडसम्म पर्छ । 

आवासीय प्रयोजनका लागि प्रयोगमा आउने फ्ल्याटको औसत भाडादर २५ देखि ४० हजार र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ९० देखि १ लाखसम्म छ । 

भीमसेनगोला

bhimsengola

‘भीमसेनगोला’ पुरानो बानेश्वरको परिचित आवासीय तथा व्यवसायिक क्षेत्रको रुपमा परिचित छ । भौतिक पूर्वाधारको सहज पहुँच भएकाले यो क्षेत्र अत्याधिक रुचाइएको छ । 

यस क्षेत्रमा जग्गाको मूल्य प्रतिआना ६० देखि ९० लाख चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य साढे ३ करोड देखि ५ करोड सम्म छ । 

यस क्षेत्रमा एउटा फ्ल्याटको मूल्य २२ देखि ३५ हजारसम्म छ । र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ९० हजारदेखि १ लाख २५ हजारसम्म पर्दछ ।

प्रयागमार्ग

prayag marga old baneshowr

पुरानो बानेश्वर चोकबाट करिब ९५० मिटरको दूरीमा अवस्थित ‘प्रयागमार्ग’ पुरानो बानेश्वरको परिचित आवासीय क्षेत्र हो । व्यवस्थित र शान्त भएकाले प्रयागमार्गमा घरजग्गाको मूल्य अधिक छ ।

यस क्षेत्रमा जग्गाको मूल्य प्रतिआना ६० देखि ९० लाख चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य ४ करोड देखि साढे ५ करोड सम्म छ । 

मानिसको चाप अत्यधिक भएकाले पुरानो बानेश्वरका अन्य स्थानहरूको तुलनामा प्रयागमार्गमा घरभाडादर पनि उच्च छ । प्रयागमार्गमा  एउटा फ्ल्याटको मूल्य ३० देखि ४५ हजारसम्म छ । र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ९० हजारदेखि १ लाख २० हजारसम्म पर्दछ ।

संगम चोक

sangam chok पुरानो बानेश्वरस्थित ‘संगम चोक’ आवासका लागि रुचाइएको क्षेत्र हो । भौतिक पूर्वाधार, होस्टेल, स्कुल, कलेज नजिकै भएकाले यस क्षेत्रमा घरजग्गाको माग अधिक छ । जसले गर्दा ‘संगम चोक’मा घरजग्गाको मूल्य तथा भाडादर लगातार बढ्दो छ । 

यस क्षेत्रमा जग्गाको मूल्य प्रतिआना ७० देखि ८५ लाख चल्तीमा छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको औसत मूल्य साढे ३ करोड देखि ५ करोड सम्म छ । 

मानिसको चाप अत्यधिक भएकाले बानेश्वर हाइटको तुलनामा यस क्षेत्रको घरभाडादर पनि उच्च छ । संगम चोकमा एउटा फ्ल्याटको मूल्य २५ देखि ४० हजारसम्म छ । र पुरै घर भाडामा लिनुपर्दा बनावट, क्षेत्रफल र तलाका आधारमा भाडादर ९० हजारदेखि १ लाख ५० हजारसम्म पर्दछ ।

मिलन चोक

पुरानो बानेश्वर र नयाँ बानेश्वरको मध्य भागमा अवस्थित ‘मिलन चोक’ लाई विशेषत आवासीय क्षेत्रका रुपमा लिइन्छ । भौतिक पूर्वाधारको सहज पहुँचका कारण घरजग्गाको माग तुलनात्मक रुपमा अधिक छ ।

‘मिलन चोक’मा जग्गाको औसत मूल्य प्रतिआना ७० देखि ८५ लाख चल्तीमा छ । त्यस्तै; ४ आना जग्गामा बनेको आवासीय घरको औसत मूल्य साढे ४ करोड देखि साढे ५ करोडसम्म पर्छ । 

यस क्षेत्रमा एउटा फ्ल्याटको औसत भाडादर २० देखि ४० हजारसम्म चलेको छ । त्यसैगरी घर भाडामा लिनुपर्दा घरको क्षेत्रफल र तलाका आधारमा ८० हजारदेखि १ लाख २० हजारसम्म पर्छ । 

कात्यायनी चोक

पुरानो बानेश्वर चोकबाट करिब १ किलोमिटरको दूरीमा अवस्थित ‘कात्यायनी चोक’ आवासीय क्षेत्रको रुपमा परिचित छ । नयाँ र पुरानो बानेश्वरको नजिकै भएपनि यस क्षेत्रमा घर जग्गाको मूल्य अन्य क्षेत्रको तुलनामा कम देखिन्छ । 

‘कात्यायनी चोक’ मा जग्गाको औसत मूल्य प्रतिआना ६५ लाख देखि ८५ लाखसम्म छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको मूल्य ४ करोड देखि साढे ५ करोडसम्म चल्तीमा छ । 

‘कात्यायनी चोक’ मा एउटा फ्ल्याटको औसत भाडादर २५ देखि ४० हजार सम्म चलेको छ । त्यसैगरी घर भाडामा लिनुपर्दा घरको क्षेत्रफल र तलाका आधारमा औसत भाडादर ९५ देखि साढे १ लाख ३० हजारसम्म छ ।

बासुकी मार्ग

पुरानो बानेश्वर चोकबाट करिब ५०० मिटरको दूरीमा अवस्थित ‘बासुकी मार्ग’ आवासीय क्षेत्रको रुपमा परिचित छ । 

‘बासुकी मार्ग’ मा जग्गाको औसत मूल्य प्रतिआना ६० लाख देखि ८५ लाखसम्म छ । त्यस्तै ४ आना जग्गामा बनेको घरको मूल्य ४ करोड देखि साढे ५ करोडसम्म चल्तीमा छ । 

‘बासुकी मार्ग’ मा एउटा फ्ल्याटको औसत भाडादर २५ देखि ३५ हजार सम्म चलेको छ । त्यसैगरी घर भाडामा लिनुपर्दा घरको क्षेत्रफल र तलाका आधारमा औसत भाडादर ८५ देखि साढे १ लाख २५ हजारसम्म छ ।

पुरानो बानेश्वर क्षेत्रमा अवस्थित शैक्षिक संस्था, अस्पताल र अन्य कार्यालयहरूः

शिक्षा, स्वास्थ्य, यातायात, व्यापार-व्यवसायको हब, रोजगारीका अवसर, सुरक्षा, आधुनिक सेवा सुविधा र आरामदायी जनजीवन यस क्षेत्रका प्रमुख विशेषता हुन् । जसले यहाँको जीवनशैलीलाई विलासी, आधुनिक र सुविधासम्पन्न बनाउँछ । 

पुरानो बानेश्वर क्षेत्रमा अवस्थित शैक्षिक संस्थाहरूः

यस क्षेत्रमा क्याम्ब्रिज पब्लिक हाई स्कुल, इन्द्रधनुष माध्यमिक विद्यालय, श्री भीमसेनगोला माध्यमिक विद्यालय, भ्याली भ्यू स्कुल,  ग्लोबल कलेज अफ म्यानेजमेन्ट/साइन्स, एपेक्स कलेज, राजधानी मोडल कलेज, गोल्डेनगेट इन्टरनेशनल कलेज जस्ता स्कुल तथा कलेजहरू छन् । साथै कोरियन, जापानिज, अङ्ग्रेजी आदि भाषा सिकाइका लागि नाम चलेका इन्स्टिच्युटहरू समेत छन् ।  

पुरानो बानेश्वर क्षेत्रमा अवस्थित अस्पतालहरूः

पुरानो बानेश्वर क्षेत्रमा प्रशस्तै मेडिकल तथा हस्पिटल हुनुले  यस क्षेत्रको बसाइलाई निर्धक्क बनाएको छ । यस क्षेत्रमा  भेनस हस्पिटल, एभरेष्ट हेल्थ होम, लाइफ इन्टरनेशनल क्लिनिक, पल्स न्यूरो सेन्टर, भरोसा हस्पिटल जस्ता नाम चलेका हस्पिटल तथा मेडिकलहरू छन् । 

पुरानो बानेश्वर क्षेत्रमा अवस्थित सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरूः

आन्तरिक राजस्व कार्यालय, नापी कार्यालय, जिल्ला कृषि विकास कार्यालय, मालपोत कार्यालय, नगर विकास कोष, काठमाण्डौ महानगरपालिका १० वडा कार्यालय जस्ता सरकारी कार्यालयहरू वरपर हुनुले यस क्षेत्रलाई विशेष बनाएको छ । साथै बैंक अफ काठमाण्डु, हिमालयन बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक जस्ता नाम चलेका बैंकहरू छन् । 

पुरानो बानेश्वरको संक्षिप्त इतिहासः

पञ्चायती व्यवस्था लागू हुनु अघि बानेश्वर एउटै थियो । सडकहरू पनि पुरानो बानेश्वरदेखि शङ्खमूल र बबरमहलदेखि साविकको ब्यारेक हुँदै मिनभवनसम्म जाने दुईवटा मात्र साघुँरा सडकहरू थिए । पछि गाउँपञ्चायत गठन गर्दा सोही बाटोलाई आधार बनाएर बानेश्वरलाई औपचारिक रुपमा दुई भागमा विभाजन गरियो । 

०२६/२७ सालतिर भक्तपुर–माइतीघर सडक बन्यो । बागबजारको बसपार्कबाट दुई तिरबाट गाडी चल्न थाले । सो रुटमा चल्ने बसका कण्डक्टरहरूले ‘कुन बाटोबाट जाने, नयाँ कि पुरानो बानेश्वरबाट ?’ भनेर सोध्थे । त्यसरी भक्तपुर जाने मिनिबसका कण्डक्टरहरूले पुरानो र नयाँ बानेश्वर नामाकरण गरेका हुन् ।

पुरानो बानेश्वर जाने बस डिल्लीबजार हुँदै र नयाँबानेश्वर जाने भन्यो भने माइतीघर हुँदै आउँथ्यो । यी दुई बानेश्वरले नपुगेपछि मानिसहरूले ‘मध्य बानेश्वर’ पनि लेख्न थाले । अनि बुद्धनगर, शान्तिनगर आदि अनेक नाम प्रयोगमा आए ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस्
Pin It