News

भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउँदै भूमि आयोग 

Pinterest LinkedIn Tumblr

काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने भएको छ । आज एक सूचना जारी गर्दै आयोगले ३५ दिन भित्र जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ ।

आयोगले सातवटै प्रदेशका विभिन्न जिल्लाका भूमिहीन सुकुम्बासी भूमिहीन दलित र अव्यवस्थित  बसोवासीलाई निवेदन दिन आग्रह गरेको हो ।

स्थानीय तहका भूमिहीनहरूले जग्गाका प्राप्तिका लागि आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भर्नु पर्नेछ । स्थानीय तहबाट वडाका तोकिएका स्थानमा खटिएका लगत संकलकमार्फत निवेदन पेश गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

आयोगले जारी गरेको सुचनाको पूर्णपाठः

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It