News

सुनसरीका ८० दलित र अतिविपन्न परिवारलाई आवासिय घर हस्तान्तरण 

Pinterest LinkedIn Tumblr

काठमाडौं । सुनसरीका दलित, सीमान्तकृत र अतिविपन्न समुदायका ८० परिवारलाई आवासीय घर हस्तान्तरण गरिएको छ । दुहबी नगरपालिकाले ‘नगरप्रमुख आवास योजना’अन्तर्गत निर्माण गरिएका घरहरू हस्तान्तरण गरेको हो । 

नगरपालिकाले हस्तान्तरण गरेका घरहरू ३ सय ३० स्क्वायर फुट अर्थात् साढे चार धुर क्षेत्रफलमा बनेका छन् । दुई कोठे प्रत्येक घरमा शौचालयसहित खानेपानी, बिजुली जडान गरिएको छ । 

आवासीय बस्तीमा विवाह, व्रतबन्धलगायत विभिन्न उत्सवका लागि सामुदायिक भवनको समेत व्यवस्था गरिएको छ ।

landless family get house

हाल नगरपालिकामा परेको दुई सय बढी आवेदनबाट छनोट भएका ८० घरपरिवारलाई मात्र घर हस्तान्तरण गरिएको छ । बाँकी परिवारलाई पनि चाँडै घर निर्माण गरी हस्तान्तरण गरिने योजना रहेको नगरपालिकाको रहेको छ । 

१ सय २० वटा घर निर्माण गर्ने लक्ष्य लिएको नगरपालिकाले केही महिनाबाटै बाँकी ४० वटा घर निर्माण कार्य सुरु गर्ने तयारी छ ।

नगरपालिकाले घर पाएका परिवारका बालबच्चाको शिक्षाका लागि नजिकैको विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाइने र अभिभावकलाई पनि सीपमूलक तालिम प्रदान गरी स्वरोजगारको व्यवस्था मिलाउने जनाएको छ । 

आवासीय बस्तीको नियमित अनुगमन गरिने र घर ओगटेर अन्यत्र बसोबास गरे कारबाही गरिने नगरपालिकाले जनाएको छ । 

landless family get house

करिब सात करोडको लागतमा निर्माण भएको बस्ती दुई बिगहा दुई कट्ठा क्षेत्रफलमा फैलिएको छ । 

आवासीय बस्ती निर्माणका लागि २०७६ सालमा शिलान्यास भएको थियो । शिलान्यास भएको साढे तीन वर्षमा निर्माण सम्पन्न गरी हस्तान्तरण भएको हो ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It