News

चैतमा १० महिनायताकै उच्च कारोबार, यस्तो रह्यो वर्ष ०७९ को घरजग्गाका लागि

Pinterest LinkedIn Tumblr

काठमाडौं । साल २०७९ घरजग्गा कारोबारका लागि खासै सुखद रहेन । नयाँ भूउपयोग नियमावलीको असर परेको बजारमा बैंकहरूले ऋण दिन समेत कडाइ गरिदिएपछि कारोबार झनै सुस्ताएको थियो । यद्यपि वर्षको अन्तिम अर्थात् चैत महिनाको कारोबारले भने केहि हदसम्म उत्साह थपेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार चैतमा देशभर ४९ हजार १५० घरजग्गा किनबेच भएका छन् । जुन पछिल्लो १० महिनायताकै धेरै हो । विभागको तथ्याङ्कअनुसार चैतमा सबैभन्दा धेरै घरजग्गा कारोबार धनुषाको जनकपुरधाम मालपोत कार्यालयबाट भएको छ ।

चैत महिनाभर देशका विभिन्न मालपोत कार्यालयमा लिखित पारित भएका घरजग्गाको विवरणः
  क्र.सं. मालपोत कार्यालय लिखित पारित संख्या
१. जनकपुर १ हजार ९ सय २१  
२. मोरङ, बेलवारी १ हजार ७ सय ६४
३. बाँके, नेपालगञ्‍ज, १ हजार ७ सय ५८ 
४. सुनसरी, इनरुवा १ हजार ७ सय २३ 
५. झापा, भद्रपुर १ हजार ३ सय ३७
६. झापा, दमक १ हजार २ सय ४
७. काभ्रे   १ हजार २ सय ५८
८. चितवन, भरतपुर १ हजार २ सय ५६ 
९. सप्तरी, राजविराज १ हजार २ सय १० 
१०. मोरङ, विराटनगर १ हजार २ सय ६
११. भक्तपुर १ हजार १ सय ८९
१२. तौलिहवा १ हजार १ सय ५७
१३. ललितपुर १ हजार १ सय ४४
१४. पर्सा १ हजार ३३
१५. बारा, कलैया १ हजार १ सय १९
१६. रुपन्देही, बुटवल १ हजार १९
१७. कैलाली, धनगढी १ हजार १८
१८. महोत्तरी, जलेश्वर १ हजार १२
१९. दाङ, तुलसीपुर १ हजार 

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

चैत महिनाको राजश्व संकलनः

कारोबार बढेसँगै राजस्व संकलनमा पनि सुधार देखिएको छ । चैतमा ४ अर्ब ५१ करोड राजस्व संकलन भएको छ । जुन नौ महिनायताकै धेरै हो । 

चैतमा ललितपुरको लगनखेल मालपोत कार्यालयबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ । चैतमा ललितपुरबाट  ४० करोड राजस्व संकलन भएको छ । 

त्यसैगरी, कलंकी मालपोतबाट २५ करोड ८० लाख, भक्तपुरबाट २५ करोड, चाबहिलबाट २१ करोड, कास्कीको पोखराबाट १८ करोड ५७ लाख, डिल्लीबजारबाट १८ करोड ३९ लाख, चितवनबाट १५ करोड ५० लाख राजस्व संकलन भएको छ ।

२०७९ सालमा घरजग्गा कारोबार र राजस्व संकलनको अवस्थाः
क्र.सं महिना  घरजग्गा लिखित पारित (संख्यामा)  राजस्व संकलन (हजारमा) 
वैशाख  ४४,८०३ ४,७८०,५२९
जेठ  ५४,५१४ ४,२४९,७९३
असार ४७,०२७ ६,११३,३४३
साउन  ३३,८३४ २,७३७,२४१
भदौ ३४,७२० ३,५६२,९०४
असोज २५,७८९ २,५६९,३४८
कातिक  २७,९३९ ३,००७,६२६
मंसिर २९,१८४ २,६४९,००१
पुष ३८,८७१ ३,७१५,९९८
१० माघ ४१०८६ ३,६९९,६९५
११ फागुन  ४०,७३९ ३,५६८,०५१
१२ चैत  ४९,१५० ४,५१२,६९९

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

प्रतिक्रिया दिनुहोस्
Pin It