News

 भाडाको घरमा बस्न थाले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा  

Pinterest LinkedIn Tumblr

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा भाडाको घरमा बस्न थालेका छन् । प्रधानमन्त्री पदबाट मुक्त भएसँगै देउवा परिवारसहित बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट सरेका हुन् । 

बुढानिलकण्ठस्थित निजी निवास पुनर्निर्माण भइरहेकाले उनी भाडाको घरमा सर्नु परेको देउवाको सचिवालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री देउवा  बस्ने भाडाको घर

बूढानिलकण्ठको देउवा निवासको पुनर्निर्माण सकिन ३/४ महिना लाग्ने भएकाले भाडाको घर खोजिएको बताइएको छ । आफ्नो घर निर्माणाधीन अवस्थामा रहेकाले केही समय उनी धुम्बाराहीस्थित एक निजी घर भाडामा लिएर बस्ने भएका हुन् ।

पुष १० मा माओवादी अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएसँगै देउवा पदमुक्त भएका थिए  । निकै रोचक ढंगबाट प्रधानमन्त्रीको नियुक्ति टुङ्गोमा पुगेसँगै राजनीतिक माहोल आलोचनाको चरम उत्कर्षमा पुगेको छ । 

पूर्वप्रधानमन्त्री देउवा  भाडाको घरमा  सामान सार्दै

पाँचौ पटकसम्म प्रधानमन्त्री बनेका देउवाको यसपटक १८ महिना बालुवाटार बसाइ रह्यो । पछिल्लोपटक उनी ०७८ साउन २९ गते प्रधानमन्त्री पदमा नियुक्त भएका थिए ।

देउवा बालुवाटारबाट सरेपछि अब प्रचण्ड बालुवाटार सर्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
Pin It