के तपाईंलाई थाहा थियो? ओप्राह विन्फ्रेले आफ्नो घर जने बाटोमा रेडिएन्ट हिट प्राणलिबाट हिउँ पगाल्ने व्यवास्था मिलएकी छिन, मार्क जकर्बगको एआइ पावोरड स्पेसल्टी एपले (AI Powered Specialty App) मोर्गन फ्रीमन नामक अभिनेताको आवज निकालेर उनको भर्चुअल सहायकको (Virtual Assistant) रुपमा काम गर्दछ । यधपि, एक सामान्य नेपालीले यी सेवाहरुको आनन्द लिन पाएका छैनन् । त्यसैले सुरक्षित घर र ईन्टरनेटले कसरी हाम्रो घरलाई भविष्यमा  बदल्छ भन्ने बारेमा अध्ययन गरौँ।

आइओटी (IoT) के हो ?

आइओटी (IoT) वा ईन्टरनेट अफ थिङ्स (Internet of Things) भन्नाले ईन्टरनेटमा जडान भएका विश्वका लाखऔँ उपकरणमा लागु हुन्छ । यी उपकरणहरुले डाटा सङ्कलन र आदन प्रदान गर्छन् र प्रयोगकर्तालाई टाढाबाट काम गर्न सम्भव गराउँछन् ।

आइओटी (IoT) विशेष गरी त्यस यन्त्रहरुमा प्रयोग गरिन्छ जुन यन्त्रहरुमा सामान्यतया ईन्टरनेटको जडानको अपेक्षा गर्न सकिदैन र मानवकार्य बेगर नै स्वतन्त्र रुपमा नेटर्वकसँग सम्पर्क गर्न सक्छन्। त्यसै कारण सामान्यतया पिसी (PC) र स्मार्टफोनलाई आइओटि को उपकरण मानिदैन, यद्यपी स्मार्टवाच, फिट्नेस्स ब्यान्ड वा अन्य पहिरणयोग्य उपकरणलाई आइओटी उपकरणको रुपमा लिन सकिन्छ । वाएरलेस नेटर्वक (wireless network) र सस्तो प्रोसेसर प्रविधिक संसारमा क्रान्तीकारी र प्रभावकारी परिवर्तन हुन आएको छ जसले कुनै पनि उपकरणहरुलाई आइओटिको भाग बनाउन सम्भव बनाएको छ । उदाहरणका लागि, तपाईंको फ्रिज होस या बिजुली बत्ती तपाईंले जहाँकहिबाट तिनीहरुलाई चलाउन सक्नु हुनेछ । यसको अर्थ आइओटिले भौतिक र डिजिटल  संसारलाई एकिकरण गरेर घर धनीको जिवनशैलिमा थप सुविधा पुर्याउन मद्दत गर्दछ ।

भविष्यमा आइओटि ले हाम्रो घर निर्माण र त्यहाँ निवास गर्ने प्रकृयालाई परिवर्तन गर्ने सम्भावना निकै उच्च रहेको छ ।आइओटि प्रविधी अहिले पश्चिमी यूरोप, उत्तर अमेरिका र चिनमा बढी लोकप्रिय छ तर यसले चाँडै नेपाल सहित दुनियाको अन्य भागहरुलाई आफ्नो प्रभावमा लिएर आउने छ । नेपालमा स्मार्ट घरहरुको अवधारणा अझै पनि प्रासङिक रुपमा नयाँ छ,  यद्यपी विश्वब्यापी रुपमा रहेको यस विद्यमान प्रविधिको प्रभाव नेपालमा आउन खसै धेरै समय नलाग्ला ।

कार्यशैली

ईलेक्ट्रोनिक्स, इन्टरनेट कनेक्टिविटी र हार्डवेयर का अन्य रुपहरु (जस्तै सेन्सर्) सँग जडान  गराएर कुनै पनि यन्त्रलाई आइओटिको उपकारण बनाउन सकिन्छ। यी आइओटीका यन्त्रहरु ईन्टरनेटमार्फत अन्तर्कृया गर्न सक्दछ र यी यन्त्रहरुलाई टाढाबाट निग्रानी र नियन्त्रण पनि गर्न सकिन्छन्  । यन्त्रहरु एक पटक सेट अप भएपछी धेरै उपकरणहरु स्वचलित रुपमा डेटा सङ्कलन गर्न र पठाउन सक्षम हुन्छन । आइओटि ले आजको समान्य यन्त्रहरुलाई ‘काम’ गराउनको सट्टा ‘सेवा’ दिन सक्षम बनाउछ र भविष्यमा स्मार्ट घरहरुको सृजना गर्दछ ।

उदाहरणको लागि, यदी तपाईंको बच्चाले घरको चाबी लग्न बिर्सिए तपाईंले आफ्नो कार्यस्थलबाट नै ढोका खोल्न अथवा अनलक गर्न सक्नुहुनेछ । यदी तपाईंलाई आयाको समस्या छ भने तपाईंले जुनै ठाउँबाट पनि ईन्टरनेटको सहयोगद्वारा सुरक्षित रुपमा बच्चाहरुको निगरानी  गर्न सक्नुहुनेछ ।त्यसैगरी स्मार्ट सेक्यूरिटी क्यामेरा (security camera) ले तपाईंको घरलाई चोरी, डकैटी र आक्रमणबाट सुरक्षित राख्दछ जुन अहिलेको समयको जटिल समस्या पनि हो ।

कसरी परिवर्तन गर्न सक्छ ?

  • टिभि, हेडफोन, स्पिकर, गेमिंग, सिस्टम आदिलाई जडान गरेर मनोरन्जनात्मक सिस्टम बनाउन सकिन्छ ।
  • घरको एसि, फ्यान आदिलाई नियन्त्रण गर्न सकिन्छ ।
  • घरको फ्रिज, ओवन, कफी मेसिन आदी लाई स्वचालित बनाउन सकिन्छ ।

फाइदाहरु

आइओटिले हाम्रो वातावरण, घर, कार्यालय, सवारि साधन आदिलाई स्मार्ट, अधिक मापनयोग्य र मैत्रीपुर्ण बनाउन मद्दत गर्दछ । पश्चिमी  समाजमा चिकित्सा संस्थाहरु र सरकारले होम अटोमेसन (Home Automation) लाई अझ सस्तो र सजिलोसँग निर्माण गर्न प्रोत्साहन गरेका छन् जसको मुख्य कारण मानसिक रोगी र शाररिक अशक्ता भएका मानिस हरुलाई सेवा पुर्याउन हो ।

मानसिक रोगिहरु र अशक्त भएकाहरुले स्मार्ट होम टेक (Smart Home Tech) देखी धेरै लाभ पाउन सक्छन । बिजुली बत्ती मधुरो बनाउने, घर भित्रको तापक्रम परिवर्तन गर्ने जस्ता कार्यहरुलाई अटोमेटेड सेन्सर (Automated Sensors) को मद्दतबाट मानिसहरुले रोबोट, कम्प्युटर वा स्मार्ट हाउस (Smart House) प्रविधिको माध्यमबाट गर्न सक्छन । वृद्ध र दृष्टी कम भएका मानिसहरु आन्धेरोमा लड्ने खाल्को दुर्घटनाको सिकार ज्यादा हुन्छन  त्यसैले मोसन सेन्सर (Motion Sensors) को जडान गर्नु एक उपयुक्त समाधान हो जसले गतिको भाव पाउने बित्तिकै बत्ती स्विच अन (switch on) गर्दिन्छ ।

केहि जोखिमहरु छन त ?

स्मार्ट हाउस अपसन (Smart House Option) हरुको जडान गर्दा प्राय घरधनीहरु साइबर सेक्युरिटी (cyber security) को समस्या बारे प्रश्न गर्दछन । सच्चाइ यो हो कि, यदी तपाईंले आफ्नो यन्त्रहरुको पहुच टाढाबाट पाउनु हुन्छ भने ह्यकर (hacker) हरुले तपाईंको नेटर्वकको पहुँच पाउने सम्भावना पनि हुन्छ ।तर प्रविधिको प्रगतिसँग स्मार्ट हाउस अपसन (smart home options) हरु पनि अधिक रुपमा सुरक्षित हुँदै छन, विशेषज्ञहरुले यस्तो कतिपय समस्याहरुको समाधान गरेका छन् र अझ द्रुत्त रुपमा समाधानका पहलहरु हुँदै छ ।

सामसुङ जस्ता ठुला कम्पनिहरुले सबै उपकरणहरु मा २०२० सम्म कृतिम ज्ञान (Artificial Intelligence) को सुविधा दिने दावा गरेका छ । तर लगभग तिनीहरूको ९०% वाशिंग मिसिन, रेफ्रिजरेटर र टिभिको अब एक स्मार्टफोनको माध्यमद्वारा नियन्त्रण गर्न सकिन्छ र स्मार्ट घर मालिकहरूले भविष्यमा यी प्रभावकारी सुविधाहरूबाट लाभ उठाउन सक्छन्।

Write A Comment