Article

धरभित्र सजिलै उमार्न सकिने केहि बिरुवाहरु

Google+ Pinterest LinkedIn Tumblr

बोटबिरुवा पाल्नुका थुप्रै प्रतक्ष्य र अप्रतक्ष्य फाइदा छन्। प्रकृतिबाट टाढिएको प्रविधि संचालित अहिलेको परिवेशमा झन् एसको अनुपस्थिति महसुस हुँदै गएको छ। फेरि औशधि र उपचार व्यापक रुपमा उपलब्ध भएतापनि थुप्रै किसिमका मानसिक रोगले सताएको समाजलाई आत्म सन्तुष्टिका बारे जागरण गराउनु पनि जरुरि बनेको छ।

यहि परिपेक्षमा आज हामी घरमा बोटबिरुवा उमार्दा मिल्ने केहि लाभहरुका बारे छलफल गर्ने छौँ। यसका साथै सजिलै उमार्न सकिने र आकर्षण बढाउने केहि बोटबिरुवाका बारे पनि जानकारी दिने छौँ।

घरेलु रोपनका कैयौँ फाइदा मध्ये केहि हुन्ः

हावाको शुद्धिकरण र गुणस्तरमा वृद्धि
बोटबिरुवाले कार्बन डाइअक्साइड लिई अक्सिजन दिन्छ भन्दा धेरैले आस्चर्य नमान्नु होला। तर बोटबिरुवाले हावाको गुणस्तर पनि बडाउँछ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। घर कोठामा बाफ बनि वस्ने फ¥मलडिहाइड र बेन्जिन जस्ता विषालु पदार्थ पनि बोटबिरुवाले सोसिदिन्छ। यसरी बोटबिरुवा उमार्नाले घरभित्रको हावा स्वच्छ र शुद्ध हुन्छ।

कोठाको सजावट र घरको शोभा बढाउने
बिरुवाको प्रकार अनुसार यसलाई विभिन्न ठाउँमा राखि कोठा सजाउन सकिन्छ। कोठाका कुना, झ्याल, टेबल जस्ता विभिन्न ठाउँहरुमा बोटबिरुवा राखि सजाउन सकिन्छ। यस्ता ससाना कुराहरु हेरबदल गरि साधारण देखिने कोठालाई पनि भिन्न किसिमको आकर्षण दिन सकिन्छ।

प्रकृतिसँग नजिक्याउने
हातहातमा स्मार्ट फोन र घरघरमा इन्टरनेटको सुविधाले हामी प्रकिृतिबाट टाढिरहेका छौँ। स्वभावैले प्रकिृतिमा रमाउने मानव जाति यसरी प्रकृतिसँग टाँढिएर सन्तुलित जीवन जिँउन सँकिदैन। सोहि सन्तुलनका लागि प्रकृतिका केहि अवशेषसँग आवद्ध हुनु जरुरी छ। साथै घरमा पशुपंक्षि पाल्ने, बारीमा गोडमेल गर्ने मानिसहरु अरु भन्दा खुसी र तनावमुक्त रहेको, विज्ञानले पनि पुष्टि गरिसकेको कुरा हो। यसका साथै बोटबिरुवा रोपनले रक्तचाप घटाउन पनि मद्दत पु¥याउँछ।
यस्ता अनेकौँ फाइदाले भरिएको बोटबिरुवा रोपनलाई सवैले कर्तव्य स्वरुप लिनु जरुरि छ। झन् प्रगतिशिल प्राणी हामी मानिस दिनौँ हेरचाह गर्दैँ हुर्किएको बिरुवा देखेर खुसी, उपलब्धिको आभाश लिन सक्छौँ। तसर्थ आ आफ्नो दिनचर्यामा केहि समय गोडमेल र बिरुवा हेरविचारलाई निकाल्न अत्यन्त जरुरी छ।
यसरी घरभित्र सजिलै रोप्न सकिने र खासै धेरै हेरविचार नचाहिने केहि बिरुवाहरुका बारे जानकारी दिइएको छ। तपाइलेपनि आफ्नो घरमा यी बिरुवा गमला, घरको छत् आदिमा रोपि आजै देखि सकारात्मक परिवर्तन ल्याउन सक्नु हुन्छ।

१. एलोभेरा (Aloevera)

२. स्नेक प्लान्ट (Snake Plant)

३. स्पाइडर प्लान्ट (Spider Plant)

४. पाल्मस (Palms)

५. आइभि (Ivy)

६. बस्टन फर्नस (Boston Ferns)

७. कास्ट आइरन प्लान्ट (Cast-Iron Plant)

८. ड्रयासिएना (Dracaena)

९. सक्कुलेन्ट्स (Succulents)

१०. मिन्ट (Mint)

११. फिलोडेन्ड्रन (Philodendron)

यसरी घरभित्र बोटबिरुवा उमारी तपाईले पनि घर सजाउनुका साथसाथै अन्य थुप्रै फाइदाहरु लिन सक्नु हुन्छ।

Write A Comment