News

सिभिल होम्सद्वारा १ लाख १ हजार घर निर्माण गरिँदै, यस्तो छ घोषणा !

Google+ Pinterest LinkedIn Tumblr

काठमाडौँ | सिभिल होम्सले १ लाख १ हजार घर निर्माण गर्ने घोषणा गरेको छ । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले १ हजार १ घर निर्माण तथा बिक्री गरेको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन् ।

तमाङको अनुसार अब बन्ने घरमा आधुनिक सामानको प्रयोग गरिनेछ । साथै उनले डिजाईन, प्रविधी र सम्पूर्ण कार्यशैलीमा नविनता ल्याईने जानाकारी दिएका छन् । अब बनाइने घरहरु परम्परागत शैली भन्दा निकै फरकको साथ साथै सस्तो हुने घोषणा गरेका छन् ।

सो घोषणामा पाँचखालमा एकै पटक १ लाख १७ हजार घर निर्माण गर्ने योजना रहेको जानकारी गरिएको छ । साथै सरकारबाट पाँचखालमा घर निर्माण गर्ने अनुमति नपाएको अवस्थामा पोखरा, चितवन, भैरहवा, नेपालगञ्ज, सुर्खेत, धनगढी, विराटगनरमा घर बनाउने जानकारी तामाङले दिएका छन् । सातै प्रदेशको राजधानी वा मुख्य सहरमा आफैले जग्गा किनेर वा सरकार सँग लिजमा जग्गा लिएर कम्तिमा १ लाख १ हजार घर बनाएर छाड्ने जानकारी तामाङले गरेका छन् ।

करिव ३ लाख जनसंख्या बस्न पुग्ने गरी पाँचखालमा १ लाख ७० हजार रोपनी जग्गामा स्मार्ट सिटी बनाउने तयारी गरिएको  छ । पाँचखालमा भएको प्रारम्भीक सर्वेक्षण अनुसार सो क्षेत्रमा करिव २५ प्रतिशत जमिन निजी स्वामित्वमा छ भने ७५ प्रतिशत जमिन सरकारको स्वामित्वमा रहेको छ । सरकारले अनुमती दिएमा सरकारले जग्गाधनीको जग्गा १०० वर्षको लागि लिजमा लिएर घर बनाउने योजना रहेको अध्यक्ष तामाङले बताए । साथै त्यस क्षेत्रमा स्कूल, कलेज, अस्पताल, खेल मैदान, व्यवसायिक भवनसमेत बनाई सञ्चालन गर्ने प्रतिबद्द्ता दिएका छन् ।  

पाँचखाललाई मुख्य रोजाईमा राखेतापनी सरकारको अनुमती नपाएको खण्डमा अन्य सहरमा घर निर्माणलाई तिव्रता दिने भावी रहेको जानकारी  तामाङले दिएका छन् । सहरी विकास सम्बन्धी बन्दै गरेको नयाँ ऐनमा ल्याण्ड पुलिङ गर्ने अधिकार दिईने ऐन पास भएपछि हाल नगर विकास समितिले गर्दै आएको ल्याण्ड पुलिङको काम सिभिल होम्सले गर्न सक्नेछ । त्यसपश्चात सातै प्रदेशका राजधानी वा मुख्य सहरहरुमा जाने जानकारी सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले दिएका छन् ।

Write A Comment