सबैको सपना आफुले चाहेको जस्तो घर बनाउ भन्ने हुन्छ तर घर बनाउँदा हाम्रो काधमा ठुलो जिम्मेवारी हुन्छ र यसलाई पुरा गर्न हामी लागि परिरहेका हुन्छौँ । हालको समयमा संसारमा बिभिन्न थरिका घरका डिजाईनहरु प्रख्यात छन् । घर बनाउँदा डिजाईन आफ्नो इच्छा अनुसार बनाउन हामीले आर्किटेक्चर डिजाईनर (Architecture designers) को सल्लाह लिनु पर्छ ।आफुले आफ्नो घरको आकृति कस्तो बनाउन चाहानु हुन्छ सोही अनुरुप डिजाईनरले घरको डिजाईन गर्छन् । त्यसैले घर बनाउनु पूर्व आफुले राम्रो आर्किटेक्चर डिजाईनरलाई रोजेर आफ्नो घरको डिजाईनको जिम्मा दिनु आवश्यक छ ।

नेपालमा घर डिजाईन गर्नको लागी धेरै मिहिनत गर्नु पर्छ किन कि नेपाल जस्तो प्रकृतिक प्रकोप जोखिम भएको देशमा बिभिन्न प्रकृतिक प्रकोपबाट बचाउन सक्ने खालका घर डिजाईन गर्नु पर्छ । कहिलेकाही आफुले सोचेको जस्तो घर वास्तविकतामा राम्रो नहुन सक्छ त्यसैले पहिला घरको डिजाईनलाई थिरी डि(3D)  डिजाईन परिणत गरेर राम्रोसँग जाँच गर्नु पर्छ ।

अब नेपालमा कस्ता खालका डिजाईन प्रख्यात छन् यस बिषयमा चर्चा गरौँ ।

१: ग्रीन हाउस डिजाईन (green house design)

यो डिजाईन नेपालमा हालसालै धेरैले रुचाएको डिजाईन हो । यो डिजाईन वातावरण मैत्री भएका कारण धेरैले मन पराएका हुन् । नेपाल जस्तो भुकम्पको जोखिम भएको देशमा  ग्रीन हाउस डिजाईन भएको घर बनाउँदा त्यसबाट हुने क्षतिबाट बच्न सकिन्छ । यो डिजाईन संसारका सबै जसो देशमा प्रयोग भइसकेको र धेरैले मन पराएको डिजाईन पनि हो ।

२: बंगला डिजाइन 

नेपाल आर्थिक हिसाबले उन्नतिको बाटोमा भएपनि धेरै मानिस सानो र आकर्षक घरमा बस्न रुचाउछन् ।बंगला डिजाइन  भारतको बंगालबाट सुरु भएको पाइन्छ । एक वा दुई तलाको मात्र हुने यो डिजाईन सानो भएता पनि  बनाउन भने गार्हो हुन्छ तर यो डिजाईन दक्षिण एसियाको मौसममा ठीक हुन्छ त्यसैले नेपाल लगायत दक्षिण एसियाका अरु देशमा पनि यो डिजाईन प्रख्यात छ ।

३: आधुनिक डिजाईन

आधुनिक डिजाईन भएका घरहरुमा बाहिर सिसाको प्रयोग गरेको पाइन्छ । यो हेर्दा आकर्षक र बनाउँदा थोरै बजेटले पुग्छ । त्यसैले यो डिजाईन नेपालमा निकै लोकप्रिय हुँदै गएको छ । यस्ता डिजाईनमा सिसा प्रयोग हुने भएकाले होटेल,ठुला ठुला कम्पनि बनाउँदा प्रयोग भइरहेको छ । नेपाल प्राकृतिक सम्पदाले भरिपुर्ण देश हो र यो डिजाईन भएको घरबाट सहजै वरिपरिको वातावरणलाई हेर्न सकिन्छ त्यसैले यो डिजाईन सबैले रुचाएका छन् ।

४: खुल्ला ठाउँमा सानो  घर

पहिला पहिला सबै मानिस ठुलो घर बनाउन मन पराउथे तर आजकाल आफु बस्नको लागि सानो घर तर वरिपरी प्रशस्त ठाउँ भएको घरमा बस्न मन पराउँछन् । आफ्नो घर अगाडि पार्किङ र बगैँचाको लागि ठाउँ छोडेर मात्र घर बनाउँछन् । २०७२ सालको भूकम्प पछि यस्तो डिजाईनको घर बनाउने क्रम बढ्दो छ । यस्तो डिजाईनको घर बनाउँदा सस्तो पर्ने, अती आकर्षक र प्राकृतिक प्रकोपबाट धेरै क्षती नहुने भएकाले यो डिजाईन सबैले मन पराएका हुन् ।

५: ठुलो घरको डिजाईन

नेपालका शहरी क्षेत्र जहाँ व्यापार व्यवसाय निकै फस्टाएको ठाउँमा मानिसहरु ठुलो आकारको र धेरै तला भएको घर बनाउन मन पराउँछन् । ठुलो आकारको घरमा धेरै कोठा हुने भएकाले मानिसहरु यसलाई भाडामा लगाएर आर्थिक आम्दानिको श्रोत बनाएको पाउन सकिन्छ । ठुलो घरमा आफुले चाएको जस्तो सुकै बाहिरी डिजाईन गर्न सकिन्छ । नेपालमा यस्ता खालका ठुला र धेरै तला भएका घरहरु स्कुल, बैंक, सपिङ सेन्टर, र अरु धेरै व्यवसायमा प्रयोग भईरहेको पाउन सकिन्छ ।

यि डिजाईन नेपालका केहि घरका प्रतिनिधि डिजाईन मात्र हुन् ।आजकाल मानिसहरु घर बनाउँदा डिजाईनको बिशेष ख्याल गर्ने गरेको पाइन्छ ।घर बनाउँदा आफ्नो बजेट, बनाउन लागेको स्थान, माटोको अवस्था र भविष्यमा त्यहाँ कस्तो खालको परिवर्तन आउन सक्छ भन्ने कुराको ख्याल गरेर मात्र घरको डिजाईन गर्नु पर्छ । तपाईंलाई माथिका घरका डिजाईनहरु कस्तो लाग्यो ? र तपाईं कस्तो डिजाईन भएको घरमा बस्न मन पराउनु हुन्छ ? कृपया आफ्नो सल्लाह वा सुझाब कमेन्ट गर्नु होला । मन परे सियर गर्न नबिर्सिनु होस् ।

Write A Comment