Article

सौर्य उर्जा र यसका फाइदाहरू

Google+ Pinterest LinkedIn Tumblr

हाम्रो देश नेपाल हालको अवस्थामा  जलबिधुतमा नै  धेरै भर पर्ने गरेको छ तर यसमा धेरै खालका समस्या आइपरिराख्ने भएकाले यो झन्झटिलो पनि छ।बिगतका बर्षमा लोडसेडिङको समस्यमाले हामीलाई पिरलिरहेको थियो तर अहिलेको अवस्थामा यस समस्याबाट मुक्त भएतापनि  यसका बिभिन्न कारणले गर्दा सौर्ये उर्जा लोकप्रिय बन्दै गएको छ।

अहिलेको समयमा हरेक ठाँउमा सौर्य उर्जाको प्रयोग भैरहेको छ। बाटाहरुमा पनि पोल पोलमा सौर्य प्यानल जडान गरिएको हामी देखिरहेका हुन्छौँ । यसरी सौर्य प्यानलहरु जडान हुनुमा  यसको जडान प्रकृया छिटो हुनु,वातावरण मैत्रि र सस्तो हुनु नै हो।

नविकरणिय उर्जा हम्रो देशको लागि नयाँ बिकासको गन्तब्य बन्न सक्छ। हालको समयमा भूमण्डलीय उष्मीकरणका करण खोलानाला सुक्दै गएका छन् जसका कारण भोलिका दिनमा उर्जाको सङ्कट नपर्ला भन्न सकिदैँन। यसकारण सौर्य उर्जा यस्ता सङ्कटबाट बच्न नयाँ उपाय हुनसक्छ।सौर्य किरणहरु यति शक्तिसाली हुन्छन कि यसले एक घण्टामा पृथ्विलाई एक बर्षलाई हुने उर्जा दिन सक्छ।

सौर्य उपकरणहरु किन्दा सुरुमा महङ्गोनै हुन्छ तर यो एकचोटि जडान गरिसकेपछि जलबिध्युतको जसरी बारम्बार पैसा तिरिराख्नु नपर्ने भएकाले यो फाइदाजनक नै मान्न सकिन्छ।

सन् २०१८ मा निर्माण सुरु भएको नुवाकोटको त्रिशुलीमा  सौर्य उर्जाको उत्पादन नेपालको सबै भन्दा ठुलो सौर्य उर्जाको उत्पादनको प्रोजेक्ट  हो। २५ मेगा वाटको प्रोजेक्ट नेपाल सरकार र नेपाल बिद्युत प्राधिकारणले ४ खर्बकोको बजेट छुट्याएको थियो जसमा विश्व बैकले ऋण दिने भएको थियो।

सोलर प्यानलहरु घरमा जडान गर्न कति उचित छ त?

आफ्नो घरमा सोलर प्यानल जडान गर्नु भन्दा पहिला धेरै कुराको ख्याल गर्नु पर्ने हुन्छ । सुरुमा आफ्नो घर कस्तो स्थानमा छ भन्ने  कुराको ख्याल गर्नु पर्छ । यदि आफ्नो घरमा सुर्यको प्रकाश राम्रोसँग पर्दैन भने सोलर प्यानल राख्न धेरै प्रबन्ध मिलाउनु पर्छ । घर वरिपरीको कुनै कुराले सोलर प्यानलमा छाँया पर्छ भने त्यस्तो ठाउँमा प्यानल नराखेकै उचित हुन्छ । सोलर प्यानल अग्लो र सुर्यको प्रकाश राम्रोसँग पर्ने ठाउँमा राख्नु पर्छ।

प्राय सोलर प्यानलहरु घरको छ्तमा राख्ने गरिन्छ तर छ्त धेरै भिरालो भएमा यसलाई राख्न गार्हो हुन्छ र धैरै सुर्यको प्रकाशपनि पर्दैन त्यसैले घरको धुरी हेरेर मात्र सोलर प्यानलको जडान गर्नु पर्छ । यदि हजुरको घरमा माथि उल्लेखित सम्पूर्ण कुरा मिल्छ भने सजिलै घरमा सोलर प्यानल जडान गर्दा हुन्छ।

राम्रो सोलर प्यानल कसरी  छनोट कसरी गर्ने त?

टिकाउ र भरपर्दो सोलर प्यानल रोज्नु एउटा ठुलो चुनौती हो । गुण्स्तरीय सोलर  प्यानल कसरी रोज्ने भन्ने बिषयमा तल केही सुझाबहरु दिइएको छ ।

सल्लाह र सुझाब लिनुहोस् ।

कुनै पनि कुराको उपयोग  गर्नु भन्दा अगाडि त्यस बारेमा सल्लाह र सुझाब लिन आवश्यक छ । भरपर्दो र गुणस्तरीय सोलर प्यानल खरिद गर्नु भन्दा अगाडि अरुसँग कस्तो खालको सोलर प्यानल खरिद गर्ने भन्ने बिषयमा सल्लाह गरेर मात्र सोलर प्यानलको जडान गर्नुपर्छ ।

टेलिभिजनमा देखाइने बिज्ञापनको पछाडि लागेर सोलर प्यानलको खरिद भने गर्न हुँदैन । आफुले राम्रोसँग यसको बारेमा बुझेर मात्र खरिद गर्नुपर्छ । आहिलेको समयमा ईन्टरनेटबाट कम्पनीको बारेमा बुझेर त्यसको रिभ्यू हेर्न पनि सकिन्छ ।

सोलर प्यानलको  बारेमा सम्पुर्ण  जानकारी प्राप्त गर्नु होस् ।

 घरमा सोलर प्यानलको जडान गर्ने भएसकेपछि यसका बारेमा जान्न जरुरी छ । बजारमा कस्ता खालका सोलर प्यानल उपलब्ध छन् भन्ने कुराको जानकारी लिनुपर्छ । सोलर प्यानल जडान गर्दा के कस्ता उपकरणको  आवश्यकता पर्छ भन्ने कुराको ज्ञान हुनु पर्छ ।

सौर्य प्यानलमा २ वटा भाग हुन्छन । एउटा फोटोभोल्टिक सौर्य प्यानल जुन घाममा राखिन्छ ।यसले सुर्यको प्रकाशलाई डाइरेक्ट करेन्टमा परिणत गर्छ भने अर्को सौर्य इन्भटर (inverter) हुन्छ जस्ले डिरेक्ट करेन्टलाई अल्टरनेट करेन्टमा परिणत गरेर हाम्रो  घरमा बिजुली बाल्छ ।

नेपालको हालको अवस्थामा सौर्य उर्जा  ३ किसिमले प्रयोग गरेको पाइन्छ । एउटा सुर्यको प्रकाशले बिजुली उत्पादन गर्ने ,सोलर प्यानलदारा पानी तताउने ,सोलर पावरद्बारा बालिने बत्ती ।

नेपालमा पानी तताउने गरेको सोलर प्यानलमा कुनै सिलिकन वा सेमिकन्डक्टर वा अर्धचालक उपकरणको प्रयोग गरिएको हुँदैन यसमा धातुमा कालो बिशेष खालको रङको प्रयोग गरिएको हुन्छ ।

सोलर प्यानल जडान गर्न आर्थिक रुपले तयार हुनुहोस्

सुरुमा सोलर प्यानल घरमा जडान गर्दा अलि ठुलो खर्च गर्न पर्छ तर यो जडान गरेपछि लामो समयसम्म अरू खर्च गर्न भने पर्दैन ।

सोच्नुस् त सबै काम बिजुलीबाट गर्दा महिनाको बिजुलीको  पैसा कतिको बिल आउँछ  तर सोलर प्यानलको जडान पछि यो समस्या समाधान हुन्छ ।

हाम्रो देशमा बिजुलीको भर नै हुँदैन बिजुली जरुरी परेको बेला प्रयोग गर्न नपाइन सक्छ तर सोलर प्यालनमा यस्ता समस्या भने हुँदैन त्यसैले त सोलर प्यानल यती धेरै लोकप्रिय हुँदै गइरहेको छ ।लोड्सेडिङको बेलामा नि तपाईंको घर उज्यालो हुनेछ ।

सोलर प्यानल कस्तो ठाँउमा जडान गर्ने त?

नेपालको बजार क्षेत्रमा हेर्ने हो भने घरहरु साँघुरा हुन्छ्न र सोलर प्यानलहरु प्राय घरको छ्तमा नै राखेको पाईन्छ तर सोलर प्यानलहरु धेरै हावा चल्ने ठाउँमा नराख्दा नै राम्रो हुन्छ ।

ठाउँ भएसम्म सोलर प्यानललाई दक्षिणतर्फ फर्काएर राख्दा राम्रो हुन्छ । यसो गर्दा सोलर प्यानलमा राम्रोसँग सुर्यको प्रकाश पर्छ । ठाउँ छ भने सोलर प्यानल सबै कुरा मिलाएर उचित ठाउँमा राख्नु पर्छ ।

सोलर प्यानल राम्रो सुर्यको प्रकाश पर्ने ठाउँ अनि कुनै कुराको छायाँ नपर्ने ठाउँमा राख्न पर्छ ।

प्रमाणीकरण र वारेन्टी

सोलर प्यानल खरिद गर्दा सस्तो भयो भन्दैमा किनी हाल्नु उचित हुँदैन । यसलाई किन्दा भरपर्दो कम्पनीसँग मात्र किन्नु पर्छ र त्यसको वारेन्टी  कति छ भन्ने कुराको ध्यान पुर्‍याउनु पर्छ ।

नेपालमा पिभी सोलरको २५ बर्षको वारेन्टी भएको पाईन्छ तर बेट्री र इन्भटरको (inverter) वारेन्टी हुन्छ। सोलर इन्भटर र बेट्रीमा  ६ /६ महिनामा बजारमा पाइने डिस्टिल्ड पानी  राख्नु पर्छ ।

यसरी सोलर प्यानलको  जडान गर्दा भर पर्दो र गुणस्तरीय हुन्छ । सोलर प्यानलको जडानले घरमा धेरै सुबिधा हुन्छ । खाना पकाउन होस् या पानी तताउन सौर्य  उर्जा जता पनि प्रयोग गर्न सकिन्छ । घरमा खाना पकाउने ग्यास, बिजुली बत्ती अरु बिभिन्न कुराको  खपत थोरै हुन्छ र पैसा थोरै खर्च हुन्छ।

Write A Comment