भान्सालाइ घरको मुख्य शोभाको रुपमा लिने गरिन्छ ।उक्त भान्सा सबैको घरमा फरकिलो होस् भन्ने सबैको हरेक को चाहना हुन्छ। त्यसैले साँघुरो भान्सा घरको एउटा जटिल समस्या हो । मुख्यतया साँघुरो भान्साको समस्या डेरामा बस्ने मानिसहरुलाई भएको द्खिन्छ । साँघुरो भान्सालाई केही उचित तरिकाहरूले सहज बनाउन सकिन्छ ।

भान्सामा  रहेका  अलमारियाँहरु र त्यसमा भएका न्यून सुबिधा नै साँघुरो भान्साको मुख्य  कारण हो ।त्यसैले यस्तो समस्यालाई न्यूनिकारण गर्न आफ्नो राम्रो डिजाईन, भएका समानलाई ब्यवस्थित तरिकाले राख्नाले र कुनै पनि सामानलाई बुद्धिमता पूर्वक प्रयोग गर्नाले यस समस्याको हल सहजै गर्न सकिन्छ । यसरी भान्सा परिवर्तन गर्दा आफ्नो  इच्क्षा र चाहाना अनुसारको खाली ठाउँ मिलाएर भान्सालाई फराकिलो बनाउन मिल्छ ।

साँघुरो भान्सालाई परिवर्तन गर्न सहयोग गर्ने केही उपायहरु :

१: अप्रयुक्त सामान भान्साबाट हटाउने

नयाँ ठाउँमा सर्नु पूर्व आफुलाई आउँदा दिनमा प्रयोग नहुने सामानहरुलाई फाल्नुहोस् अर्थात उक्त सामान प्रयोग गर्न योग्य छ भने अरु कसैलाई सहयोग गर्दा झनै राम्रो हुन्छ । यसो गर्दा भान्सामा धेरै नचाहिने सामानले गर्दा धेरै ढाड नहुने भएकाले कोठा फरकिलो हुन्छ ।

२: ठाडो भण्डारण

ठाडो भण्डारण पहिला नै प्रयोगमा आएको र सबैले मन पराएको शैली हो र यसले भान्सालाई फराकिलो र सहज बनाउनुका साथै हेर्दा पनि आकर्षक देखिन्छ ।

भाडा मिलाउने ठाउँ देखि भान्सामा प्रयोग हुने सम्पुर्ण सामान ठाडो तरिकाले मिलाउदा भुईमा धेरै ठाउँ रहन्छ र भान्सा कोठा फराकिलो हुन्छ। त्यसैले ठाडो भण्डारणले भान्सा कोठा फराकिलो बनाउन मुख्य भूमिका खेल्न सक्छ ।

३: आकर्षक सफाइका साधन प्रयोग गर्ने

सफाइका साधनको रुपमा पलास्टिकको प्रयोग नगरि त्यसको सट्टा राम्रो काठको झाडु प्रयोग गर्दा भान्सा कोठाको शोभा बढेर जान्छ  र यस्ता सामान न्यून बजेटमा खरिद गर्न सकिने  हुँदा यो एउटा राम्रो उपाय हो ।

४: पानीको नल परिवर्तन गर्ने ।

हजुरको डेरामा भाडा माझ्ने मेसिन(Dishwasher) नभएपनि केही फरक पर्दैन । आफ्नो भान्सामा गुणस्तरीय नलको जडान गर्न सकिन्छ जस्को कारण घरयासी काम गर्न सहज हुन्छ । आर्थिक रुपमा सवल भएमा एउटा भाडा माझ्ने मेसिन(dishwasher) जडान गर्नु उपयूक्त हुन्छ।  

५: द्वीप(Island) भान्सा

भान्साको बिचमा खाना पकाउने ठाउँ बनाउने त्यसको मुनिको ठाउँमा सम्पूर्ण भण्डारणको ब्यबस्था मिलाउदा भान्सामा धेरै ठाउँ खाली रहन्छ यसले खाना बनाउन निकै सहज गर्छ र सानो भान्सामा सम्पुर्ण सुबिधा मिलाउछ ।  यदि त्यसमा पङ्ग्रा भएर अर्को ठाउँमा सार्न मिल्ने भए झनै उचित हुन्छ यसले खान पुर्‍याउन सहज बनाउछ ।

६: भान्सालाई प्रकाशमय बनाउनु होस् ।

भान्सा अध्यारो भयो भने त्यती राम्रो देखिदैन र काम गर्दा नि सहज हुँदैन त्यसैले भान्सालाई उज्यालो बनाउन केही रकम खर्च गर्नुहोस् । आकर्षक बत्तिको जडानले भान्सामा काम गर्न जागरको उजागर गर्छ र आनन्दको अनुभूत गराउछ ।

७: उच्च सोच (अस्थायी) राख्नुहोस्

डेरामा बस्दा भान्साको भित्ताको रङको बारेमा धेरैले गुनासो गर्छन । यसलाई आकर्षक बनाउन केही अस्थायी भित्तेकागजको (wallpapers) प्रयोगले आफ्नो भान्सालाई आफ्नो चाहाना अनुसारको बनाउन सकिन्छ ।

८: पुराना बहुमूल्य भाडाको लागि छुट्टै स्थानको ब्यवस्था  मिलाउनुहोस् ।

सबैको घरमा पुराना हजुरआमाका पालाका या पुराना बहुमुल्य भाडा हुन्छन् जुन भान्सामा धेरै प्रयोगमा आउँदैनन् तर भान्सालाई आकर्षक बनाउछन् ।त्यसैले यस्ता सामान एउटा छुट्टै अलमारियाँमा देखिने गरेर राख्दा भान्सा सुन्दर देखिन्छ ।

९: भान्सालाइ जीवन्त बनाउनु होस् ।

घरका हरेक कोठामा बिरुवा हुनु जरुरी छ । बिरुवाले कोठा आकर्षक मात्र होइन त्यसको हावालाई स्वच्छ बनाउछ र वातावरणलाई प्रदुषण मुक्त बनाउछ  । त्यसैले भान्सामा एउटा बिरुवा हुनै पर्छ । भुइमा ठाउँ नभएमा भित्तामा झुन्ड्याएर राख्न सकिन्छ । घरमा कुनै घरपालुवा जनावर भएमा बोट विषाक्त छ छैन जाँच गरेर मात्र रोप्नु पर्छ । यदि कोठामा सुर्यको प्रकाश नपर्ने भए बोट मर्न सक्छ त्यसैले बजारमा पाइने कृतिम बोटको प्रयोग गर्दा पनि उत्तम हुन्छ ।

भान्सा आँफैमा घरको मुटु हो तसर्थ यसलाई आकर्षक र जीवन्त बनाउनु जरुरी छ ताकी भान्सा कोठामा हामी खाना बनाउन जादा आनन्दको महशुस होस् ।

Write A Comment