सम्पत्तिको लागि वास्तुको उद्देश्य भनेको धनको देवता, भगवान कुवेरलाई खुशी राख्नको लागि हो भनेर बुझन् सकिन्छ । जब उहाँ खुशी हुनुहुन्छ तब सम्पत्ति, भाग्य तथा समृद्धिको बरसात असल भक्त माथि हुन्छ । यसको बाबजुद सम्पत्तिको लागि वास्तु केबल भगवानलाई खुशी पार्नकाे लागि मात्र गर्नु हुँदैन, यसो गरियो भने यस प्रतिको आस्था र महत्वमा कमी हुन्छ । अधिकांश मानिसहरुको उद्देश्य र महत्वकांक्षा भनेको बढि भन्दा बढी धन आर्जन गर्नु, किफायती तरिकाले खर्च गर्नु र बढी भन्दा बढी बचत गर्नु हुन्छ । वास्तुले त्यस्तो कमाईलाई संरक्षण गर्छ, जुन मेहनतबाट आर्जन गरेको हुन्छ । यसरी आर्जन गरेको सम्पत्तिमा घाटा नभई क्रमश वृद्धि हुँदै जान्छ । सम्पत्तिको लागि वास्तु सुझाव घरमा मात्र नभई कार्यालयमा पनि प्रयोग गर्नु पर्दछ । 

सम्पत्तिको लागि केही वास्तु सुझावहरु :

१. ट्यांकी फुटनु वा प्वाल पर्नु वा ट्यांकीमा जडान गरिएको धारा वा पाइपबाट चुहावट हुनुलाई वास्तुमा खराब मानीन्छ । वास्तुशास्त्र अनुसार पानीको ट्यांकी, कुनै पनि धारा, पाइप, ट्युबाट हुने पानीको चुहावट घर वा कार्यलयबाट पैसाको नोक्सानीलाई दर्शाउँछ । हुनेवाला पैसाको नोक्सान व्यक्तिको जानकारी वा जानकारी वेगर हुन सक्दछ । त्यसैले धारा वा पाईपबट कुनै पनि प्रकारले पानीको चुहावट हुन दिनु हुँदैन । यसबाट सम्भावीत आर्थिक नोक्सानबाट बच्न सकिन्छ ।

२. घरको ढोका मुख्य प्रवेषद्धारको सिधा रेखामा हुन हुँदैन । यस्तो भएमा तपाईको स्वास्थ्य र सम्पत्तिमा नकारात्मक प्रभाव पर्न सक्दछ ।

३. घरको रंग र विभिन्न चित्रहरु सकारात्मक उर्जाको लागि सजावटको सबै भन्दा उक्तम तरिका हो । तर यसले तपाईको आर्थिक, शैक्षिक, सम्बन्ध र स्वास्थ्य सम्बन्धी समस्यामा प्रभाव पार्न सक्दछ । यसमा विचार पुर्याउनु पर्दछ ।

(विस्तृत जानकारीको लागि बास्तुशास्त्र ज्योतिशीहरुसँग सम्पर्क गर्नु थप राम्रो हुन्छ ।)

Write A Comment