वास्तु दिशानिर्देशनको विज्ञान हो । बच्चाको पढाई, अध्ययन वा अन्य कलात्मक एवम् रचनात्मक गतिविधिमा सफलता प्राप्त गर्नको लागि वास्तुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । बाबु आमाले बच्चाको स्कूलको पढाई, टियुसनमा मात्र ध्यान नदिएर वास्तुमा पनि ध्यान केन्द्रित गर्नु पर्दछ । यदि बच्चाको पढाई गर्ने कोठा वास्तु अनुरुप छैन भने बच्चालाई पढाइमा ध्यान केन्द्रित गर्न मुश्किल हुन सक्दछ । बच्चाको अध्ययन गर्ने कोठामा सकारात्मक उर्जा हुनु पर्दछ, जसले आफ्नो हाथमा भएको काम गर्न वा ध्यान केन्द्रित हुन सहयोग प्राप्त हुन्छ । बच्चाहरुको आफ्नो पढाईमा वा कलात्मक र रचनात्मक गतिविधिमा उत्तम लक्ष्य प्राप्ति गर्न शिक्षाको लागि वास्तु सुझावबाट मद्दत पुग्दछ । कयौं पटक बच्चाको राम्रो प्रयासको बाबजुद राम्रो परिणाम प्राप्त गर्न सकिरहेका हुँदैन तर वास्तुले बच्चाको यसप्रकारको प्रयासलाई सहयोग गर्दछ र एकाग्रताको स्तरमा समेत सुधार गर्न मद्दत गर्दछ ।  

  • के तपाईलाई थाहाँ छ, पढाईमा सरस्वतीको स्थान कति महत्वपूर्ण छ ? यदी तपाईको घरमा सरस्वतीको स्थानमा दोष छ भने तपाईको ज्ञान र शिक्षामा यसको प्रभाव पर्न सक्दछ । व्यावसायको विकास तथा सम्पत्तिको निमार्णमा अप्रत्यक्ष रुपमा यस्को प्रभाव पर्न सक्दछ । सरल बास्तुको विशेषज्ञ तपाईको घरको सरस्वतीको स्थानको विश्लेषण गर्ने छ र तपाईलाई सोही अनुरुपम गर्न सहयोग पुग्न सक्दछ ।  
  • के तपाईको बच्चा ओछ्यानमा बसेर पढ्ने गरेको छ ? ओछ्यानमा बसेर पढाई गर्दा पढाईको समयमा एकाग्रताको कमि हुन जान्छ, ओछ्यानमा बसेर पढनाले पढाइको लागि जति गम्भिरता हुनु पर्ने हो त्यो हुन सक्दैन । त्यसैले ओछ्यानमा बसेर पढ्न दिनु हुँदैन । 
  • पढाई गर्दा बच्चाले कुन दिशाको सामना गर्नु आवश्यक हुन्छ ? तपाईको बच्चाको अनुकुल दिशा कुन हो ? वास्तु दिशाको विज्ञान हो र यो दिशा वस्तुमा मात्र नभई व्यक्तिहरु माथी पनि लागु हुन्छ । बच्चाहरुले पढाई गर्ने समयमा अध्ययनमा एकाग्रता बढाउनको लागि उसको चौथो अनुकूल दिशाको सामाना गर्नु पर्दछ । 

Write A Comment