नेपाल भूकम्पको उच्च जोखिम भएको देश हो । १९९० सालमा नेपालमा ठुलो भूकम्प गएको थियो त्यसपछि २०७२ सालमा गोर्खाको बारपाकमा केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको ठुलो भूकम्प गएको थियो जसमा ८ हजार भन्न्दा बढिले ज्यान गुमाउनु पर्‍यो । नेपालमा यती धेरै जनधनको क्षति हुनुमा भूकम्प प्रतिरोधात्मक घर निर्माण नगर्नुनै हो । सायद नेपालीहरुमा यसको चेतना पहिलानै भएको भए त्यति धेरै क्षति हुँदैन्थ्यो होला ।

घर बनाउदा भुकम्प प्रतिरोधात्मक नवनाउने, ईन्जिनियरसँग सल्लाह नगरि आफ्नो तरिकाले घर बनाएर पनि यती धेरै क्षति भएको हो । प्राकृतिक प्रकोप सूचना दिएर आउने कुरा होइन त्यसैले यसका लागि सधैं तयार रहनु पर्छ । नेपाल भुकम्पको उच्च जोखिममा भएको कारण यहाँका घर भुकम्प प्रतिरोधात्मक हुनै पर्छ ।

भूकम्प प्रतिरोधात्मक घर बनाउने तरिकाहरु

नेपाल सरकारले नेपालमा बन्ने घर भूकम्प प्रतिरोधात्मक हुनै पर्छ भनेको छ तर यस्ता घर बनाउँदा अलि धेरै खर्च हुने भएकाले मानिसहरुले यस्ता घर बनाउदैनन् जस्को फल स्वरुप भूकम्प पछि धेरै क्षति भोग्नु पर्छ तर आहिलेको समयमा सरकारले नै १७ वटा डिजाईन तयार गरेको छ जुन निर्माण गर्न २ लाख देखि २२ लाख सम्म लाग्ने जनाएको छ ।

२०७२ सालको भूकम्प पछि मानिसमा केही हदसम्म जनचेतनाको बिकास भएको पाईन्छ । भूकम्प प्रतिरोधात्मक घर बनाउँदा धेरै कुराको ध्यान पुर्‍याउनुपर्छ ।

घर कत्तिको भूकम्प प्रतिरोधात्मक छ त भन्ने कुरा घरको बनावटमा र त्यसमा प्रयोग भएका सामानमा भर पर्छ । भूकम्प प्रतिरोधात्मक घर मजबुद कसरी बनाउने भन्ने बारेमा केही उपायहरुको चर्चा गरौँ ।

लचकता

भूकम्प प्रतिरोधात्मक घर बनाउँदा कुनै बिशेष खालको वस्तुको प्रयोग भने हुन्न । सामान्यतया घर बनाउँदा प्रयोग हुने वस्तुनै यसमा प्रयोग हुन्छ तर यसमा अलि फरक  किसिमले निर्माण गर्नु पर्छ जस्ले गर्दा घरका पिलरमा लचकता आओस् । घर बनाउदा प्र्योग हुने कन्क्रीट र स्टीलसँगै राखेर बनाउँदा घरमा लचकता आउछ जस्ले गर्दा भूकम्पको बेला हुने धेरै क्षति हुन पाउदैँन ।

यसका लागि सामान्यता अलि धेरै खर्छ हुन्छ तर यो नै भूकम्पबाट हुने क्षति न्यूनिकरण गर्न सकिने प्रमुख उपाय हो त्यसैले घर बनाउने मानिसहरुसँग बिशेष सल्लाह गरेर भूकम्प प्रतिरोधात्मक घर बनाउन पर्छ ।

घरको जग बलियो र स्थिर बनाउनु पर्छ

बिशेषत भूकम्प भनेको भुँइको कम्पन हो जस्ले गर्दा हामीले बनाएका  भौतिक निर्माणहरु कमजोर भएमा कम्पनले गर्दा भात्किने गर्छन् ।

कुनै पनि भौतिक निर्माण बलियो हुनलाई त्यसको जग बलियो हुनु जरुरी छ ।

घर निर्माण गर्नु पूर्वक आफुले घर बनाउन लागेको जग्गाको माटो कस्तो  छ भन्ने बिषयमा बिज्ञहरुसँग सल्लाह गरेरमात्र घर बनाउन सुरु गर्नु पर्छ । त्यस पछि घरको जग बनाउदा त्यसलाइ बलियो र स्थिर बनाउन बिशेष जोड दिनु पर्छ ।

घरमा थोरै तौल भएका समानहरु मात्र राख्न पर्छ

भूकम्प आउँदा भौतिक संरचना नढले पनि घर भित्रैका गरुङ्गा सामानले थिचेर पनि धेरैको ज्यान गयो । धेरै तौल भएका समानले गर्दा घरलाई पनि भार हुने र घर कमजोर हुन सक्छ त्यसैले घरमा समान राख्दा  सकेसम्म त्यसको तौल कम भएको नै किन्नु पर्छ । जस्तै धातुको खाट किन्न भन्दा काठको खाट किन्दा तौल कम हुन्छ त्यस्तै टेबल दराज आदी सामान पनि तौल कम भएको किन्दा भूकम्पबाट हुने क्षति कम हुन सक्छ । बिशेष गरि सुत्ने कोठामा यस्तो कुराको ध्यान पुर्‍याउनु पर्छ । खाट वरिपरी खस्ने र चोट लाग्न सक्ने बस्तु राख्नै हुँदैन ।

घर बनाउदा राम्रो ईन्जिनियर रोजेर घर बनाउनु पर्छ

हाम्रो देशमा घर बनाउँदा घर बनाउने मानिसले ईन्जिनियरको डिजाईन नै खोज्दैनन् । एउटा ठेकदारलाइ काम दियो उसले कम बजेटमा घर सकिदिन्छ अनि घर बन्यो बन्दै हामी फुरुङ्ग परेका हुन्छौँ तर यसरी घर बनाउँदा हाम्रो घर भूकम्प प्रतिरोधात्मक नहुन पनि सक्छ ।

राम्रो ईन्जिनियरहरुसँग यस्ता कुराको सबै ज्ञान हुन्छ । घर बनाउँदा बढि  खर्च लग्ने भएपनि हाम्रो घर भूकम्प प्रतिरिरोधात्मक हुन्छ । घर कति क्षेत्रफलमा बनाउने कसरी बनाउने कस्तो बनाउने कति तलाको बनाउने भन्ने कुराको निधो भएपछि ईन्जिनियरसँग छलफल गरेर के कुरा कस्तो बनाउदा घर भूकम्प प्रातोरोधात्मक हुन्छ भन्ने कुरा थाहा पाउनु पर्छ ।

घरमा भएका सामान राम्रोसँग स्थिर राख्नु पर्छ

हाम्रो घरमा धेरै खालका सामान हुन्छन ।कति सामानहरु स्थिर हुँदैनन यसो केही कुराले हल्लायो भने खसि हाल्छन् । भूकम्प आउँदा यस्ता सामानले धेरै क्षति पुर्‍याउन सक्छ ।

त्यसैले समयमै ध्यान पुर्‍याउनुपर्छ ।घरमा भएका टेलिभिजन,दराज जे पनि छ्न् सबैलाइ राम्रोसँग नढल्ने तरिकाले राख्नु पर्छ। घरमा जडान गरेका बत्ति,पंखा सबैलाइ राम्रोसँग फिट गर्नुपर्छ । यसो गर्दा  भूकम्पको क्षति  कम गर्न सकिन्छ । भान्छामा राखिने भाडाहरु पनि नखस्ने तरिकाले राख्नु पर्छ ताकी भूकम्प आउँदा भाडाहरु खसेर चोटपटक नलागोस् ।

झटपट झोला

प्राकृतिक प्रकोप कति बेला आउछ थाहानै हुँदैन त्यसैले यस्ता संकटका लागि हामी सदैब तयार रहनु पर्छ। हरेक घरमा एउटा झोला तयार गर्न पर्छ जसमा प्राथमिक उपचारका केही समानहरु , केही तयारी खाजा चिउरा, चाउचाउ आदि र अरु केही अत्यन्त जरुरी कुरा राखेर तयार पार्नु पर्छ ।

यो झोला सधैं देखिने ठाउँमा राख्न पर्छ ताकी भुकम्प आएको बेला उक्त झोला बोकेर भाग्न सजिलो हुन्छ ।झटपट झोला भुकम्प जस्ता आपतका बेला मात्र प्रयोग गर्नु पर्छ । यो झोला संकटको बेला हाम्रो ज्यान जोगाउने ठुलो आधार बन्न सक्छ । सानो चोटपटकको उपचार आँफै गर्न सकिन्छ । त्यसैले सबैले आफ्नो घरमा झटपट झोला आजै तयार पारौ ।

आफु सुरक्षित  र अरुलाई पनि सुरक्षित  गरौ

भूकम्प आउँदा कसरी कस्ता सुरक्षाका उपाय अपनाउनु पर्छ भन्ने कुरामा हामी सधैं होसियार रहन जरुरी छ । भूकम्प आउँदा धेरै आत्तिएर काम गर्नु हुँदैन । खाना बनाउदै हुनुहुन्छ भने सुरुमा आगो निभाउनु पर्छ नत्र आगो लागी हुन सक्छ । धेरै तला माथि भए खाट वा टेबलमुनि गएर टाउकोलाइ सुरक्षित राख्नु पर्छ । सके सम्म बिजुलीको मेन स्विच निभाउनु पर्छ र सुरक्षित स्थानतर्फ झटपट झोला लिएर जानु पर्छ । यस्तो बेला आफुले अरुलाई सक्दो सहयोग गर्नु पर्छ र  सुरक्षित राख्नु पर्छ । नेपाल भुकम्पको उच्च जोखिममा पर्ने देश हो त्यसैले हामी भूकम्पको संकटबाट बच्न सधैं तयार रहनु पर्छ ।

माथिको सबै कुराको ध्यान दिएमा भुकम्पको जोखिमबाट बच्न सकिन्छ । यस्ता कुराहरु आफुले जानेर अरुलाईपनि सिकाउनु पर्छ ।त्यसैले सबैजनाले समयमै बिचार गर्नुहोस् । भुकम्पबाट बच्न आजैबाट तयारी गर्नुहोस् ।

Write A Comment