बदलिदो परिवेषमा हुँदै गरेको तिव्र विकास, विकासले निम्त्याएको चुनौती र आम मानिसमा छोटो अवधीमा नै सम्पन्न हुने महत्वकांक्षाले सायदै कोही अछुत रहेका छन् । प्रविधी मैत्री हुनुको कारण पनि हुन सक्छ, मानिसमा आफ्नो आकांक्ष छोटो अवधीमा नै पुरा गर्न लागि परिरहेका छन् । कुनै पनि क्षेत्रमा छोटो अवधीमा आफ्नो चाहाना पुरा गर्न हर सम्भव प्रयास सबैले गरेका हुन्छन् । आफुसँग भएको सिमित पूँजीबाट उपयुक्त दृष्टिकोण सहितको कार्यक्रम योजना भएपनि शुरु गर्न वा सञ्चालन गर्न सबैको लागि सम्भव देखिदैन । 

तसर्थ प्रत्येक्ष रुपमा वित्तिय संस्थाबाट ऋण लिनु वा आफन्तबाट सापटी सहयोग लिनुको विकल्प रहदैन । यस्तो परिवेषमा सम्बन्धित व्यक्तिको लागि ऋण सापटी लिन वर्तमान अवस्थामा बैंक तथा वित्तिय संस्था नै उपयुक्त रहेको छ । बैंक तथा वित्तिय संस्थाले सामान्यतया तोकेको शसर्त पक्रिया पुरा गर्न सक्ने व्यक्तिलाई मात्र ऋण प्रवाह गरेको पाईन्छ । यसबाट के प्रस्ट हुन्छ भने प्रवाह हुने ऋणमा ऋणीको तर्फबाट प्रवाहीत ऋण रकमलाई सहजै समर्थन गर्ने धितो वा जमानत राख्न लागाईएको हुन्छ । जसबाट भविष्यमा ऋणीले समेत स्विकार गरेका शर्त पालना नभएको खण्डमा धितो तथा जमानतको लिलाम तथा विक्रिबाट ऋण प्रवाह गर्ने संस्थाद्धारा प्रवाहित ऋण तथा हर्जाना असुल उपर गर्ने गर्दछ । यस्तो शसर्त प्रक्रियाबाट प्रवाह हुने ऋणको समुचीत व्यवस्थापनको अभाव वा कमजोरी बैंक तथा वित्तिय संस्थामा दिनानु दिन बढ्दो दरमा रहेको छ । विगत देखि नै देखिदै आएको यसप्रकारको कार्यले बैंक तथा वित्तिय संस्थाको व्यवस्थापन र विश्वशनीयतामा शंकाको वातावरण उब्जाई दिएको छ । प्रविधी र सूचनाको विकासले सार्वजनिक सरोकारका विषयहरु सहज र छिटो सतहमा आउन थालेका छन् । पछिल्लो बैंक तथा वित्तिय संस्थाको घटनाक्रम हेर्दा पनि बैंक र तीनका उच्च अधिकारीको स्विकृतिमा प्रवाहित ऋण समेतको धीतो नक्कली कागजपत्र प्रमाणीत हुनुले पनि ऋणीको नियत, फिल्ड निरीक्षण अधिकारी, मूल्ंकन कर्ता त्यसलाई सदर गर्ने अधिकारीहरु समेत स्वार्थ प्रेरेरित थिएनन् भन्न सक्ने अवस्था छैन । 

हुन त वित्तिय संस्थाबाट ऋण प्रवाह हुँदा तह तहगतको फरक फरक अधिकारीको टेबुल हुँदै स्विकृत हुने हुँदा कुन पक्षले कुन तहलाई गुम्राहामा पारि स्विकृत गर्न वा गराउन सफल भयो भन्ने कुरा भोलीका दिनमा बाहिर आउने नै छ । यस्तो प्रकृतिका समस्या वित्तिय संस्थाहरुमा दिनानु दिन बढ्दो क्रममा देखिन थालेका छन् । ऋण उठाई दिनु प¥यो भन्दै कानूनी उपचारको लागि बैंक तथा वित्तिय संस्थाको तर्फबाट ऋण असुली न्यायाधिकरण तथा अन्य विभिन्न अदालतमा परेका मुद्दाको बढ्दो संख्या र पुलिस प्रशासनमा परेको उजुरीले पनी तथ्यलाई प्रमाणीत गरेको छ । 

ऋणीको पहूँच र वित्तिय संस्थाका अधिकारीको स्वार्थ मिल्दा धीतोको विश्वसनीयतामा दुवै पक्षले महत्व दिएको देखिदैन । यसबाट ऋण प्रवाह गर्ने जिम्मेवार अधिकारी र ऋणी बढी स्वार्थ केन्द्रीत हुँदै गएको देखिन्छ । बैंक तथा वित्तिय संस्थामा सुशानको धरातल शंकास्पद देखिन थालेका छन् । यसबाट भोलिका दिनमा वित्तिय संस्थाहरुमा झन् भयाभहको रुपमा देखिने सम्भावनालाई नकारन सकिदैन । बैंक तथा वित्तिय संस्था आपूm एकल समस्यामा पर्ने नभई यससँग प्रत्यक्षे परोक्ष रुपमा जोडिएका आम सर्वसाधारण निक्षेपकर्ता, लगानी कर्ता तथा देशकै वित्तिय क्षेत्रमा समेत नकारात्मक असर पार्न सक्ने हुँदा सबै सरोकार निकाय गम्भिर हुनु पर्ने देखिन्छ । स्वयंम बैंक तथा वित्तिय संस्था सुशासन र पारदर्शिताको लागि थप सक्रिय हुन आवश्यक देखिन्छ । 

त्यस्तै, ऋणीहरु स्वंयम पनी आफ्नो क्षमता र सामर्थ्यलाई मनन् गरी ऋणको प्रयोग गर्न सक्नु पर्दछ । पहूँच र चलाखीको भरमा ऋण लिने र डुब्ने अवस्थाको पूर्व मूल्यांकन गर्न सक्नु पर्दछ । क्षेणीक प्रतिफलको प्रलोभनमा परी स्वंयम र  परिवारलाई समाजको नजरमा गिर्ने गिराउने प्रवृत्तिले सामाजिक नैतिकतामा समेत आँच आएको छ । यस्तो कार्यले अफुलाई मात्र नभई समाजलाई समेत असर गर्छ भन्ने कुराको हेक्का राख्नु पर्दछ । पछिल्लो घटनाक्रमले बैंक तथा वित्तिय संस्थाले गरेका लगानीको सुरक्षण माथी समेत प्रश्न उब्जाएको छ । यसप्रकारको कार्यबाट आम सर्वसाधारणको निक्षेपको सुरक्षण, लागानी कर्ताको पूँजीको सुरक्षण, लगानीकर्तालाई प्रतिफलको प्रत्याभुती र शेयर बजारमा लगानी गर्ने आम सर्वसाधारणको हित र विश्वासमा समेत शंका उब्जाएको छ । हामी सबैले बुझ्न जरुरी छ, अन्यथा भएको खण्डमा रचियका ताना बुना निष्प्रवाहित भई सजायको भागिदार हुनु पर्दछ भन्ने कुरा । त्यसैले सबै क्षेत्रका संघ संस्था तथा व्यत्तिहरुले निर्दिृष्ट जिम्मेवारीको अपनत्व लिई निर्वाह गर्नु पर्दछ । जसले भविष्यमा हुन सक्ने सम्भावीत दुष्परिणामलाई रोक्न सकियोस् ।

Write A Comment