घरको हरेक काममा आजकल हामी बिजुलीको प्रयोग गर्छौ । खाना बनाउन , पानी तताउन , पानी तान्न , घर सफा गर्न हरेक दिन बिजुलीको प्रयोग गर्छौ । बिभिन्न कामको लागि बिभिन्न बिद्युतीय उपकरणको प्रयोग गर्छौँ जसले गर्दा हाम्रो बिजुलीको पैसा धेरै आउँछ । तराई र शहर क्षेत्रमा एसीको (AC) प्र्योगले पनि बिजुलीको खपत धेरै हुन्छ ।

बिजुलीबाट इन्भटर (inverter) चार्ज गरेर लोडसेडिङको बेला प्रयोग गर्दा पनि बिजुली धेरै खपत हुन्छ । यसरी बिजुली धेरै प्रयोग गर्दा यसको पैसा नि अधिक मात्रामा तिर्न पर्छ । बिजुलीलाई ध्यानपूर्वक प्रयोग गरेमा बिजुलीको खपत केही हद सम्म कम हुन्छ ।

घरमा बिजुली कता र कुन ठाँउ धेरै प्रयोग भैरहेको छ भनेर थाहा पाउनु जरुरी छ र त्यसै अनुसार हरेक ठाउँको बिजुली ध्यानपूर्वक प्रयोग गर्न पर्छ  । बिजुली कतै बिग्रेको भए त्यसलाई छिट्टै बनाउनु पर्छ र लिक भएको छ भने पनि त्यसलाई तुरुन्तै बनाउनु पर्छ किनभने यस्ता ठाउँबाट धेरै बिजुली खपत हुने गर्छ ।

बिजुलको बिल कम गर्ने केही तरिका हरु:

१: बिद्युतीय उपकरणको प्रयोगपछि तार जोडेर नराख्ने ।

२: मोटरबाट  तानेको पानी कम प्रयोग गर्ने ।

३: सौर्य उर्जाको प्रयोग गर्ने ।

४: बिजुली कम खपत गर्ने उपकरण जडान गर्ने ।

५: घरको छतमा सेतो रङको प्रयोग गर्ने ।

१: बिद्युतीय उपकरणको प्रयोग पछि तार जोडेर नराख्ने ।

प्राय हाम्रो बानी उपकरण प्रयोगमा नहुँदापनि तार जोडेर राख्ने हुन्छ जस्ले गर्दा त्यस उपकरणले बिजुलीको खपत गरिरहेको हुन्छ ।

टि:भी हेर्छौ रिमोट प्रयोग गरेर निभाउछौँ तर तार भने छुटाएकै हुँदैनौँ । मोबाईल चार्ज (charge) गरेर यतिकै छोड्दिन्छौँ  जस्ले गर्दा बिजुली अत्याधिक मात्रामा  खपत हुन्छ ।

 मानिसको अल्छिपन नै यसको मुख्य कारण हो । तार जोडेर राख्दा खतरा पनि हुन्छ त्यसैले यस कुरामा आफुपनि सतर्क रहेर घरका अरु सदस्यलाई पनि तार जोडेर राख्न दिन हुँदैन । यस्ता कुरामा  ध्यान दिएर हरेक उपकरणको प्रयोग पछि तार निकालेमा बिजुलीको बचत हुन्छ ।

२: मोटरबाट  तानेको पानीको कम प्रयोग गर्ने ।

नेपालमा प्राय मोटरबाट पानी घरको छतमा लगेर मात्र प्रयोग गरिन्छ । मोटरले धेरै बिजुली खपत गर्छ । यसरी तानेको पानी कम मात्रामा प्रयोग गर्नाले  बिजुलीको पैसा जोगाउन सकिन्छ । यसो गर्दा पानी र बिजुली दुबैको खर्च कम हुन्छ ।  

३: सौर्य उर्जाको प्रयोग गर्ने ।

नेपालमा जलबिद्युतको प्रयोग गरिन्छ जुन जलबिद्युत प्राधिकरणले उपलब्ध गराउँछ र प्रयोग गरे बापत हरेक महिना पैसा तिर्न पर्छ तर सौर्य उर्जा यसको एउटा बिकल्प हो जुन सुरुमा घरमा राख्न महाङ्गो पर्छ तर हरेक महिना पैसा भने तिरिराख्नु पर्ने झन्झटबाट मुक्त हुन सकिन्छ ।

सौर्य उर्जा बिभिन्न काममा प्रयोग गर्न सकिन्छ । सौर्य प्यानल जडान गरेर बिजुली निकाल्न सकिन्छ ।बिजुलीमा पानी तताउनुको सट्टामा सौर्य वाटर हिटर जडान गरेर यसको फाईदा लिन सकिन्छ । यसो गर्दा हामी धेरै तरिकाले फाईदा लिन सक्छौँ । लोडसेडिङको बेलामा पनि हामी निरन्तर बिजुलीको प्रयोग गर्न सक्छौँ।

४: बिजुली कम खपत गर्ने उपकरण जडान गर्ने ।

बजारमा बिभिन्न खालका बिद्युतीय उपकरण पाइन्छ तर आफुले खरिद गर्दा राम्रो खालको बिजुली थोरै खपत गर्ने उपकरण किन्नु पर्छ । यस्ता उपकरण किन्दा सुरुमा धेरै पैसा खर्च भए पनि लामो समयसम्म प्रयोग गर्दा यसमा धेरै फाईदा हुन्छ। बजारमा उपकरण किन्दा धेरै सामान दाजेर जुन उपकरणले थोरै बिजुली खपत गर्छ त्यही किन्नु पर्छ ।

उदाहरणको रुपमा नेपालमा बिजुली खपत कम गर्न सियफ्यल चिमको प्रयोग गर्न सुझाब दिइन्छ । यसले अरुको भन्दा थोरै बिजुली प्रयोग गर्छ त्यसैले नेपाल सरकारले यसको बिज्ञापन गर्दै आएको छ ।

५: घरको छतमा सेतो रङको प्रयोग गर्ने ।

नेपालमा हिमाली र पहाडी क्षेत्रमा त्यति गर्मी हुँदैन तर तराईमा धेरै गर्मी भएकाले एसी र पंखाको प्रयोग बढि हुन्छ । घरको छतमा सेतो रङको प्रयोगले घर भित्र धेरै गर्मी हुँदैन र एसि र पंखा थोरै चलाऊन पर्छ जसले गर्दा बिजुली थोरै खपत हुन्छ । सुर्यको प्रकाश घरको छतमा पर्दा सेतो रङले ति प्रकाशलाई उतै फर्काइदिन्छ जस्ले गर्दा घर चिसो हुन्छ र गर्मीमा अरु उपकरण प्रयोग गरिराख्नु पर्दैन ।

माथिका उपायहरुको प्रयोग गरेमा पक्कै पनि तपाईंको बिजुलिको बिलमा केही फरक ल्याउनेछ । यस्तै साना कुराले हाम्रो जीवन सहज बनाउछ । बिजुलिको कम खपतले आर्थिक रुपमा हामीलाई सहयोग गर्छ त्यसैले यस्ता कुरामा बिचार गर्नुहोस् ।

Write A Comment