चक्रपथको वरिपरि बाहिरि चक्रपथ निर्माण हुने भएको छ । यसका लागि डिपिआर (डिटेल्ड प्रोजेक्ट रिपोर्ट) एक साता भित्रै तयार हुने भएको छ । मन्त्रीपरिषद्बाट स्विक्रित् गराएर पहिलो चरणमै काम थालनी हुने कुरा विकास आयोजनाले खुलासा गरेको छ । सो आयोजनाको अनुसार चक्रपथको डिपिआर तयार पारि ६ खण्ड मध्ये एउटामा डोजर चलाएर ट्याक खोेल्ने काम सुरु गरिने छ ।

यसरी उपत्यकाका तीनै जिल्ला जोड्नलाई बाहिरि चक्रपथ निमार्ण गर्ने अवधारणा भने सरकारले ११ वर्ष अघिनै बनाएको हो। चीन सरकारको अनुदानमा ७२ किमि लम्वाईको यो सडक निर्माण हुने योजना बनेको हो । बाहिरि चक्रपथको ७२ किमि मध्य काठमाडौँमा ३५.०८, ललितपुरमा १५.८० र भक्तपुरमा २१.०५ किमि पर्ने गरि सडक निर्माण हुने प्रस्ताव राखिएको छ ।

सो सडक आठ लेनको बन्ने छ भने दुबै किन्नरमा साइकल ट¥याक् रहने छ । यस सडकमा फुटपाथको पनि व्यवस्था हुने छ । सडकको कुल चौडाइ भने ५० मिटर हुने छ । सो सडकको वरिपरिका क्षेत्रहरुमा विभिन्न पुर्वाधारहरु सहजिकरणका लागि आयोजनाले बनाइ दिने छ । सो पुर्वाधारहरुमा विद्युत, खानेपानी, सार्वजनिक पार्क, मनोरञन स्थल आदि पर्ने छन् ।

अवस्यनै यस सडकको निर्माणले स्थानियहरुलाई फाइदा पु¥याउने छ तसर्थ “गिब एण्ड टेक” को अभिप्राय लिदैं आयोजनाले काम गर्ने भएको छ । यध्यपि स्थानियले केहि जग्गा निर्माणका लागि दिनु परे पनि दिगो समयमा अवस्य फाइदा पाउने छन् ।

यस सडक चोभार, गम्चा, सतुंगल, नैकाप, पुरानो भञ्ज्याङ, सीतापाइला, गोङगबु, टोखागाँउ, चपली, चुनिखेल, गोर्कणेश्वर हुँदै थलीडाँछी हुँदै दुवाकोट, सिर्जनानगर, दधिकोट, लुभु, विष्णडोल, हरिसिद्दी, धापाखेल बुङ्गती भएर चोभारमै पुग्नेछ ।

 

Image Source: www.nepalindata.com

Write A Comment