दुई दशक अगाडिको मात्र कुरा गर्ने हो भने पनि हामी नेपालीलाई आफ्नो उद्गम स्थलमा निजी घरले विषेश महत्व राख्दथ्यो । पछिल्लो समयमा सूचना तथा प्रविधीको विकास, शिक्षा, स्वास्थ्य, अवसरमा पहुँच , सुरक्षा र सुविधाको अनुभूती, शहरी जिवनशैली जस्ता कुराले आम मानिसको बासस्थान, बासस्थानको स्थान र यसको स्वामित्वको परिभाषामा पनि परिवर्तन गरि दिएको छ । मानिसको रहनसहनमा सम्बन्धित सबैको आर्थिक अवस्था प्रमुख मामकको रुपमा रहेको हुन्छ । मानीसको लागि आज पनि निजी घरको चाहाना, आवश्यकता र महत्वमा परिवर्तन नभएता पनि केही मध्यम वर्ग परिवार र उच्च वर्गीय परिवारमा भने शहरी क्षेत्रको केन्द्रिय भागमा निर्मित अपार्टमेन्ट वा हाउजिङ्गमा बढी आकर्षीत हुन थालेका छन् । 

शहरी क्षेत्रमा खुल्ला क्षेत्र, बगैचा समेत हुने गरी घडेरी खरिद गरि घर बनाउनु भनेको प्राय सम्भव देखिदैन । सम्भव भएकाका समेत प्राय मानिसहरु ३-४ आना जग्गामा घर निमार्ण गरी बस्दै आयका छन् । जसले गर्दा खुल्ला स्थान, व्यवस्थित घरहरु र सुरक्षाको खड्को दिनादिनु बढी रहेको हुन्छ । यसले अपार्टमेन्ट वा हाउजिंगमा बस्ने चाहानामा झनै वृद्धि गरिदिएको छ ।

पछिल्लो समय आम नेपालिहरुले काम विशेष वा छोरा, छोरी वा आफन्तसँगको घेटभाटको लागि पनि विभिन्न राष्ट्रको भ्रमण गर्ने प्रवृत्ति बढ्दै गईरहेको छ । यस्तो भ्रमणले उताको परिवेषको रहनसहनले समेत आर्कषीत गरेको पाईन्छ । यी यावद कुराले गर्दा पनि सबै पूर्वाधार एकै ठाउँमा अनुभूति गर्न पाईने हुँदा मानीसहरुमा अर्पाटमेन्टको बसाई सजिलो र शानको रुपमा लिन थालेका छन् । 

काठमाडौं उपत्यकाकै कुरा गर्ने हो भने पनि सरदर तीन करोड माथी मुल्यबाट अपार्टमेन्ट वा हाउजिंगका घरहरुको मूल्य प्रारम्भ भएको पाईन्छ । यस्तो स्थानमा जो कोहीले खरिद गर्न नसक्ने र सिमति वर्गकोमात्र उपस्थित हुने अवस्थाले पनि वर्गिय शानलाई थप प्रेरित गरेको पाईन्छ । हुन त अपार्टमेन्ट तथा हाउजिंगको रुपमा विकसित घरहरु आवश्यक पूर्वाधारबाट सम्पन्न र व्यवस्थित हुने हुँदा मूल्य मंहगो पर्न गए पनि आर्कषणको केन्द्र बन्न सफल नै भइ रहेका छन् । परिवर्तिन समाजमा आफ्नो र आफन्तको विचमा भन्दा मिश्रीत समुदायमा रहदा पढि स्वतन्त्र र सुरक्षित महसुस गर्न थालेका छन् । सबै अपरिचत र सबै सबैसँग परिचतको विशेषता बोकेको मिश्रीत समुदायमा सद्भाव र एकताको विकास भएको पाइन्छ, जसले गर्दा नयाँ ठाउँमा यस्तो समुदायको उपस्थितीको खोजी सबैले गर्न थालेका छन् । यो अनुभूनीको वातावरण अपार्टमेन्ट वा हाजिंगले विकास गरि दिएको छ । 

आर्थिक अवस्था बलियो भएका सानो एकल परिवार बढी प्रभावित भएका छन् । उदाहरणका लागि उपत्यकाको मुख्य स्थानमा घर हुनेहरु समेत अपार्टमेन्ट वा हाजिंगमा बासोबास गर्ने क्रम बढ्दो दरमा रहेको छ । उनीहरुकै शब्द लिने हो भने अपार्टमेन्टमा बस्दा बत्ति र पानीको व्यवस्थापन, सुरक्षा, बगैंचा, पौडी पोखरी, सरसफाई, क्लब हाउस, शारिरीक व्याम, केही खुल्ला स्थान लगायतको सुविधा निश्चित शुल्कमा यहाँ एउटै कम्पाउन्टमा पाईन्छ, नीजि घरमा यो सम्भाव छैन, त्यसैले यहाँ बस्न अपार्टमेन्ट लिएको हो भन्नेहरुको संख्या बढ्दो दरमा रहेको छ । आर्थिक पक्ष बलियो हुने समूहलाई सुविधा नै पहिलो प्राथमितामा पर्ने गर्दछ । यसरी विगतको एक दशकबाट यहाँ सम्म आईपुग्दा आम मानिस समेत अपार्टमेन्ट र हाउजिंग उन्मुख हुंदै गएको देखिन्छ ।

Write A Comment