प्रवेष ढोका र मुख्य ढोका केवल आफन्त र नातेदारलाई स्वागत गर्नको लागि मात्र बनाइएको हुँदैन । यसमा वास्तु शास्त्रले विशेष महत्व राख्दछ ।  वास्तु अनुसार ढोका त्यस्तो क्षेत्रमा हुनु पर्दछ जसले सकारात्मक उर्जाको प्रवाह गर्न सकोस् । त्यसैले प्रवेष ढोका तथा मुख्य ढोकाको लागि वास्तु सुझाव घर, कार्यालय  आदीमा कडाईका साथ पालना गर्नु पर्दछ । वास्तु सुझाव विशेष गरी मुख्य ढोकाको स्थान तथा त्यसको दिशामा ध्यान केन्द्रित गर्दछ । वास्तु अनुसार बनाइएको मुख्य प्रवेश ढोका तपाईको घरमा परिवारको सदस्य तथा नातेदारहरु विचको स्नेहपूर्ण सम्बन्ध बनाउन र यसलाई कायम राख्न तथा कार्यालयमा अधिक व्यापर गर्न मदत गर्दछ ।

केही वास्तु सुझाव निम्न प्रकारका छन् ।

  • तपाईको मुख्य ढोका कुन दिशा तर्फ रहेको छ ? मुख्य ढोकाको दिशा, पालनकर्ताको जन्म तिथि वा कार्यालयको सम्बन्धमा मालिकको अनुसार हुनु पर्दछ । मुख्य ढोकाको दिशा सबैको लागी एउटै हुँदैन । त्यसैले यहाँ तपाईको अनुकूल दिशा र जन्म तिथिको अनुसार बास्तु विशेषज्ञको हिसाबले राख्नु पर्दछ ।
  • के तपाई मुख्य ढाकाको सामुन्ने सुत्नु हुन्छ ? बास्तु शास्त्रको अनुसार मुख्य ढोकाको सामुन्ने सुत्नाले तपाईको स्वास्थ्यमा अत्यधिक नकारात्मक प्रभाव पार्दछ । त्यसैले तपाई कुन दिशामा सुतिरहनु भएको छ  त्यस्को सुनिश्चित गर्नुहोस् ।
  • अगाडी उल्लेख भए अनुसार, बास्तु सुझाव यो स्पष्ट गर्दछ की मुख्य ढोकाको भित्र वा बाहिर कुनै पनि वस्तु तथा सामानले अबरोध गर्नु हुँदैन । यसले घरमा उर्जा प्रवाहमा प्रभावीत गर्दछ । मुख्य ढोकाको अगाडि कुनै पनि फर्निचर वा जुत्ता, चप्पलहरु राख्नु हुँदैन यसले ढोका खुल्नलाई अबरोध गर्दछ । 

Write A Comment