कुनै पनि घर वा कार्यालयको लागि  पूजा कोठा वा पूजा गर्ने स्थान एउटा महत्वपूर्ण पक्ष हो । किनकी यो ध्यान र शान्तिको ठाउँ हो । घरको कुनै पनि क्षेत्रमा पुजा कोठालाई राम्रो मानिन्छ, तर वास्तु अनुसार व्यवस्थापन गरिएको छ भने पूजा गर्दा थप उर्जा प्राप्त हुन्छ । पूजा कोठाको लागि वास्तुशास्त्र अनुसार व्यवस्थापन गर्दा, घरको वातावरणमा सकारात्मक उर्जा वृद्धि हुने गर्दछ । परापूर्वक काल देखि नै उत्तर पूर्व कर्नर जसलाई कुना पनि भनीन्छ, त्यस ठाउँमा पूजा कोठाको निर्माण गर्नु सबै भन्दा उपर्युक्त मानिन्छ । भनिन्छ, जब वास्तु पुरुष धरतीमा सुतेका थिए त्यसबेला उसनको शिर उत्तर पूर्व दिशमा थियो । यो दिशालाई सूर्यको विहानको प्रकाशले शुद्ध गरिदिन्छ र पुरै दिनलाई प्रेरित गर्दछ । यसको बाबजुद घरको निमार्ण गर्दा घरको धनीको जन्म तिथिले समेत दिशा आधारित हुने हुँदा दिशा फरक फरक हुन सक्दछन् । तर यसको सावधानको उपायहरु पनि छन् ।

पुजा कक्षको लागि केहि बास्तु सुझावहरु निम्न प्रकार छन्ः 

१. पूजा कोठाको ढोका मुख्य ढोकाको सामुने किन राख्नु हुँदैन ? वास्तुको अनुसार, मुख्य ढोकाको सामुने पूजा कोठाको ढोका हुनु हुँदैन । किनकी यसले पूजा कोठामा उत्पन्न हुने सकारात्मकताको कमि हुन जान्छ । 

२. पूजाको कोठा उज्यालो हुनु पर्दछ । घरमा पूजाकोठा भनेको भगवानको घर हो । त्यसैले यहाँ कहिले पनि अध्यारो हुनु हुँदैन । पूजा कोठा अध्यारो हुनाले समग्र घरको वातावरणमा असर पुर्याउँछ । उज्यालोको लागि दियोको प्रयोग कम गर्नु उपयुक्त हुन्छ । 

३. सुत्ने कोठामा पूजा गर्ने स्थान बनाउनु हुँदैन । सुत्ने कोठा भनेको आराम र मनोरञ्जन गर्नको लागि प्रयोग हुने गर्दछ । पूजा कोठाको माथि, तल वा सामुने शौचालय हुनु हुँदैन । यसले शौचालयको नकारात्मक उर्जाले पूजा कोठाको मंगलमय वातावरणलाई असर पुर्याउँछ ।  

(विस्तृत जानकारीको लागि बास्तुशास्त्र ज्योतिशीहरुसँग सम्पर्क गर्नु थप राम्रो हुन्छ ।)

Write A Comment