Article

पाँच बर्षदेखी हुँदैछ भोटेकोशी जलविद्युत् आयोजनाको काम , पुननिर्माण लगायत अन्य काम कहाँँ सम्म पुग्यो त ?

Google+ Pinterest LinkedIn Tumblr

काठमाडौँ  | सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीमा निजी क्षेत्रबाट निर्माण थालनी भएको ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको ४० प्रतिशत काम सकिएको छ । प्राकृतिक प्रकोपको मारमा परेर करीब पाँच वर्षदेखि बन्द रहेको छ ।

जुरे पहिरोले विसं २०७१ साउन १७ गते प्रशारण लाइनको टावरमा क्षति पुर्याएको कारणले चार महीना उत्पादन बन्द भएको थियो । उक्त क्षती पश्चात मर्मत भई प्रशारण लाइन सन्चालनमा आएतापनी २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले फेरी क्षती पुर्याएको थियो । त्यसपश्चात पुननिर्माण भइरहँदा २०७३ असार २१ गते आएको भोटेकोशीको बाढीले तहसनहस पारेको थियो ।

यसरी बारम्बार जलविद्युत् आयोजनामा क्षती आइरहँदा झण्डै पाँच वर्षदेखि उत्पादन बन्द भएको कारण्ले कम्पनीका साथै राष्ट्रलेसमेत घाटा व्यहोर्दै आएको छ । फुल्पीङकट्टी झिुर्पुमा निर्मित विद्युतगृहमा भूकम्प र बाढीले सुरुङमार्ग, विद्युतगृह, पनेस्टक पाइप, बाँध स्थल, प्रसारण लाइनको केही टावर क्षेत्र तथा सम्पूर्ण उपकरणमा क्षति पुर्याएको छ ।

आसपासका बस्तीलाई बाँधस्थलले असर पुगेको भन्ने स्थानीयको गुनासो पश्चात उनीहरुसँग समन्वय गरेर काम गरिने र बाँधको काम सम्पन्न भएपछि जोखिममा कमी आउने जानकारी आयोजकले दिएको छ । 


Write A Comment