नेपाल राष्ट्र बैंकबाट अनुमति लिई राष्ट्र बैंकको नीति नियम र निर्देशनको अधिनमा रही निश्चित व्याज भुक्तान गर्ने शर्तमा भिन्न भिन्न व्यक्तिहरुसँग रहेको स–साना बचत समेतको सकंलन गरी, निश्चित व्याजदरमा आवश्यक प्रक्रिया पुरा गरि सम्बन्धित व्यक्ति वा पक्षलाई ऋण प्रवाह गर्ने मूल उद्देश्यका साथ स्थापित संस्थालाई बैंक तथा वित्तिय संस्था भनिन्छ । नेपालमा पूँजी, कार्य क्षेत्र र कारोबारको प्रकृति र सिमा समेतको आधारमा बैंक तथा वित्तिय संस्थालाई विभिन्न समुहमा वर्गिकरण गरिएको छ । वर्तमान सन्दर्भमा नेपालमा क वर्ग वा वाणीज्य बैंकको संख्या २८, विकास बैंकको संख्या ३३, फाइनान्स तथा वित्तिय संस्थाको संख्या २५, लघुवित्त कम्पनी ६५ र अन्य को अपरेटिभ समेत १४ को संख्यामा रहेको छ । नेपालको अर्थतन्त्रको आकारको अगाडि माथि उल्लेखित सबै समुहका संस्थानहरु अधिक रुपमा रहेका छन् । केही वर्ष पहिले बैंकका संख्या घटाउनकै लागि कम्तिमा चार गुणासम्म पूजी वृद्धि गर्न नेपाल राष्ट्र बैंकले बाध्यकारी नीति लिएको थियो । त्यसको बाबजुद पनि सोचे अनुरुपमा बैंक तथा वित्तिय संस्थाको संख्या भने घटेन । तुलनात्मक रुपमा विकास बैंकका संख्या भने घटेको मान्नु पर्दछ । बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन एक मात्र विकल्प भनेको मर्जर नै हो । एक आपसमा समान्ताको आधारमा दुई वा सो भन्दा बढी बैंक एक हुनुलाई मर्जर भनिन्छ । बैंक मर्जरबाट सञ्चालन खर्चमा कटौति गर्न मद्दत पुग्दछ, भने सेवा ग्राहीलाई समेत केही राहत मिल्दछ । तुलनात्मक रुपमा व्याजदर तल झर्न सक्दछ । कुनै पनि क्षेत्रमा जमानतको आधारमा आवश्यक प्रक्रिया पुरा गरी लगानी वा ऋण प्रवाह गर्न सक्ने क्षमता बैंकसँग हुन्छ । नेपालमा बैंकिग क्षेत्रको मुख्य ऋण प्रवाह गर्ने क्षेत्र मध्ये घर जग्गा एक महत्वपूर्ण क्षेत्र हो । ऋण प्रवाह वा प्रवाहीत ऋणको सुरक्षणको रुपमा पनि बैंकिग क्षेत्रले घर जग्गालाइ नै लिएको छ । त्यसैले घरजग्गा कारोबारमा बैंकको लागानी महत्वपूर्ण रहेको छ । नेपालमा सबै भन्दा बढी ऋण प्रवाह भएको क्षेत्र भनेको घर जग्गा नै हो । त्यसैले घर जग्गा व्यावसायको गतिशिलतालाई जिवन्त बनाई राख्न बैंकको लगानी वा ऋण प्रवाहको भूमिका महत्वपूर्ण रहेको छ । 

बैंक मर्जरबाट घर जग्गामा व्यावसायमा पार्न सक्ने केही असरहरु :

१. बैंकको मर्जरबाट सम्बन्धित बैकंको पूँजीकोष मजबुत हुन जान्छ र ऋण प्रवाहमा सहयोग पुग्दछ । 

२. बैंकको सञ्चालन खर्चमा आउने कमीले तुलनात्मक रुपमा ऋणको व्याजदर घटन सक्दछ जसले गर्दा घर जग्गा ऋणको माग बढ्न सक्दछ र थप गतिशिल हुन सक्दछ ।

३.  बैंक व्याजदरमा स्थायीत्व कायम गर्न मदत पुग्दछ, जसबाट प्रत्यक्ष रुपमा ऋणीहरुलाई फाइदा हुन्छ।

४. फरक फरक बैंक एकठाउँमा आउने हुँदा घर जग्गामा लगानी विस्तार गर्ने सम्भावना बढाँउछ ।

Write A Comment