काठमाडौँ  | पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठित उपसमितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आन्तरिक मात्रै बनाउने सुझाव सहितको प्रतिवेदन प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बुझाइएको छ । उपसमिती नेपालका विमानस्थलहरुको अवस्थाबारे अध्ययन गर्नका लागि गठन गरिएको हो  ।


पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

उक्त प्रतिवेदनमा त्रिभुवन विमानस्थललाई आन्तरिक विमानस्थल मात्र बनाई निजगढलाई अन्तर्राष्ट्रिय बिमानस्थल बनाउन कुरा उल्लेख गरिएको छ ।

२ वटा अन्तर्राष्ट्रिय बिमानस्थल एकघण्टा भित्रको दूरीमा आवश्यक नभएको कारणले गर्दा त्रिभुवन विमानस्थललाई आन्तरिक विमानस्थल बनाउनु पर्ने प्रतिवेदन बुझाइएको हो ।” काठमाडौँको त्रिभुवन विमानस्थललाई आन्तरिक मात्र बनाऔँ र निजगढलाई अन्तर्राष्ट्रिय बिमानस्थल बनाउनु पर्छ ।” – उपसमितिका संयोजक नेपालले भने ।

त्रिभुवन विमानस्थल

सिङ्गो मुलुकमा स्तरिय विमानस्थलको कमी र एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएको अवस्थामा उक्त प्रतिवेदन र अध्ययनको प्रभावकारीता कस्तो हुन्छ भनेर हेर्न भने केही समय कुर्नै पर्ने देखीन्छ ।

Write A Comment