आजका दिनमा विषादी रहीत उपभोग्य वस्तु उपभोग गर्नु सायदै कसैले सकेका होलान् । दैनिक रुपमा हाम्रो भान्सामा पाक्ने पकवानहरु विषदी मुक्त छैन् । जसले हाम्रो स्वास्थ्यमा दिर्घकालीन असर पुर्याई रहेको छ । आर्गानिक हरियो तरकारीको नाममा बजारमा उपलब्ध भएका तरकारीहरु पनि भने जस्तै अर्गानिक छैनन् । केवल तरकारी महंगो, विक्रि दर बढाउन र उपभोक्ता ठग्नको लागि अर्गानिक शब्दको ट्याग लगाएको छन् । अपवाद वाहेक अर्गानिक तरकारीको रुपमा बजारमा पाईने तरकारीहरु पूर्णरुपमा अर्गानिक छैन्न । यसले झन् झुक्यायर उही विषादीपूर्ण खाद्यय सामाग्री प्रयोग गर्नु परिरहेको छ । आफ्नो सानो करेसाबारीमा पनि तरकारी उत्पाद गर्न सकिन्छ । प्रयाप्त रुपमा नभए पनि आंशिक खपतको पूर्ति गर्न सक्दछ । तसर्थ विषादीरहीत तरकारी उत्पाद कसरी गर्न सकिन्छ ? जैविक (अर्गानिक) खेति के हो ? 

जैविक (अर्गानिक) खेती के हो ?

जैविक खेतीको लोकप्रियता विश्व्यापी रुपमा बढ्दै गई रहेको छ । मानिसहरु जैविक खेति के हो भनेर बुझ्न थालेका छन् । तीजो व्यक्ति आफ्नो स्वास्थ्य र शारीरिकको बारेमा सचेत छन्, तीनिहरुले जैविक उत्पादहरु प्रयोग गरिरहेका छन् । यसले स्वास्थ्य जोखिम, क्यान्सर, हृदय रोग, मधुमेह र दम आदि जस्तो रोगहरुको असरलाई कम गर्न मदत गर्छ । रासायनिक कीटनाशक विषादीको प्रयोग विना गरिने खेतीलाई जैविक खेती भनिन्छ । जैविक खेती कृषिको एउटा प्रकार हो । खेती गर्दा जैविक प्रतिधिहरुको प्रयोग गरिन्छ । बाली रोटेशन, हरियो मल, कम्पोस्ट मल, बोटमा विरुवामा आधारित कीटनाशक र जडिबुटीले माटोको उत्पादन क्षमतालाई लामो अवधिसम्म सुरक्षित राख्न मदत गर्दछ । 

नेपालको लागि जैविक खेती प्रणाली नयाँ भने होइन । यो प्राचीनकाल देखि गरि आएको खेती प्रणाली हो । दिगो कृषि भनेको पर्यावरण, वातावरण मैत्री खेती विधी प्रयोग गरी बोटविरुवा उत्पान गर्ने तरीका हो । जसले ग्लोबल वार्मिग, जनस्वास्थ्य, मानव समुदाय, सुरक्षित खाना, राम्रा पोषण र पशु कल्याणको संरक्षण गर्दछ । अर्गानिक फार्मले पशुपालन गर्दछ र बाली उब्जाउने तरिकाले वातावरण प्रदुषण गर्दैन ।

जैविक खेतीको केही विधिहरु

१. जमिनलाई परम्परागतबाट जैविक विधिमा रुपमान्तरण गर्नुपर्दछ ।

२. खेती गर्ने ठाउँको वरपर जैवीक विविधता र फर्मको स्थिरता सुनिश्चित गनुपर्दछ ।

३. पोषणको वैकल्पिक स्रोतहरुको उपयोगबाट उत्पादन गर्नु पर्दछ ।

४. बालीनाली रोटेशन, अवशेष प्रबन्धन, हरियो मल, कम्पोस्ट मलको मात्र प्रयोग गर्नुपर्दछ ।

५. जैविक नियन्त्रणप्रणालीद्धारा झार, कीरा र कृषि संस्कृतिको व्यवस्थापन गर्नुपर्दछ ।

६. राम्रो प्रधिरोधात्पक भएको विरुण र जनावरको प्रजाति छनौट गर्नुपर्दछ ।

७. आनुवंशिक रुपमा परिमार्जित जीवहरु प्रयोग गर्नु हुँदैन ।

Write A Comment