आफुले सोचेको र खोजेको जस्तो घर वा जग्गा भाडामा पाउन निकै मुस्किल पर्छ । राम्रो सुबिधा , बस्न सहज र उचित वातावरण भएको डेरा खोज्नु भनेको एउटा ठुलो चुनौती हो । यद्यपी आफ्नो चाहना अनुसारको घर भेटे ता पनि घरधनीको बारेमा सम्पूर्ण जानकारी लिनु पर्छ जस्का कारण भविष्यमा हुन सक्ने केही असहजतालाई सहज बनाउन सहयोग गर्छ ।

घरधनीको पृष्ठभूमिमा कुनै अप्राधिक गतिविधिको विवरण छ या छैन, कति सुविधा दिने गरेका छन् लगायत अन्य धेरै कुरामा प्रस्ट हुनु जरुरी छ । त्यस्तै गरी घरधनीको आनिवानी र उसले गर्ने व्यवहार कस्तो छ भन्ने कुराको विशेष ध्यान दिनु पर्छ । घरधनीको बारेमा थाहा पाउन तल केही सुझाब दिइएको छ।

१: छिमेकीसँग कुराकानी

डेरामा लिनु पूर्व त्यस्को धनीको बारेमा छिमेकीसँग राम्रोसँग कुराकानी गर्न जरुरी छ । छिमेकीसँग घरधनीको कस्तो खालको सम्बन्ध छ,उस्को आनिवानी र स्वभाव कस्तो छ भन्ने कुरा सोध्नु जरुरी छ । सकेसम्म त्यहाँ पहिला बसेका मानिसलाई सम्पर्क गरेर घरधनीको बारेमा जाने अझै उत्तम हुन्छ । उनीहरु बस्दा धनीले कस्तो व्यवहार देखाउने गर्थे , घरमा लिने शुल्कको नियमहरु के के थियो भन्ने कुराको जानकारी लिनुपर्छ ।

२: सार्वजनिक विवरण

घर जग्गा भाडामा लिनु अगावै त्यस्तो सार्वजनिक विवरणको राम्रो ज्ञान हुनुपर्छ । कुनै सरकारी कार्यलयमा गएर त्यस्को बारेमा थाहा पाउनु जरुरी छ । घर वा जग्गा धनी फर्जी हुनपनि सक्छ त्यसैले यस्ता बिषयमा ख्याल पुर्‍याएर घर वा जग्गा भाडामा लिनु पर्छ । घर या जग्गा धनीले नियम अनुसार घर निर्माण गरेको छ या छैन्, कर समयमा भुक्तानी गरेको छ या छैन यस्ता कुराको जानकारी लिनुपर्छ ।

३: अप्राधिक विवरण

घर वा जग्गा भाडामा लिनु पूर्व भाडामा लिने मानिसको सबै कुराको जाँच गरिन्छ तर त्यस्को धनीको बारेमा केही जानकारी हुन्न तर राम्रो र भर पर्दो घर डेरामा लिन त्यस्का धनीको पृष्ठभूमिको बारेमा जानकारी लिनु पर्छ । घरधनीको अप्राधिक विवरणको राम्रो जानकारी पछि मात्र घर डेरामा लिने नलिने कुराको निचोडमा पुग्नु पर्छ । घरधनीले पहिलानै डेरावालाहरुसँग गरेको सहमती उल्लघंन गरेको देखिएमा , छल कपट गरेको देखिएमा, झगडा परेको वा यस्तै अरु अप्राधिक विवरण भए उक्त घर वा जग्गा  भाडामा नलिदा नै राम्रो हुन्छ ।

४: केही प्रश्नहरु सोध्ने

घर वा जग्गा डेरामा लिनु अगाडी घरधनीलाई धेरै प्रश्न सोध्नु पर्छ । सोध्नु पर्ने केही महत्वपूर्ण प्रश्नहरु निम्न छन् ।

१:घरधनी कहाँ बस्छन्?

२:घरको मर्मतको खर्च कस्ले तिर्ने नियम छ?

३:भाडामा लिदा र छोड्दा कस्ता प्रक्रियाहरू पुरा गर्नु पर्छ?

४:ढिलो आउनेलाई केही प्रतिबन्ध छ कि छैन?

५:पार्किङको शुल्क लाग्छ कि लाग्दैन?

६:पाहुनाको लागि कस्तो नियम रहेको छ?

७:घरपालुवा जनावार पाल्न पाईन्छ कि पाईदैन ?

अन्त्यत: यदि घर डेरामा लिन कुनै दलालसँग सम्पर्क गर्न खोज्दै हुनुहुन्छ भने सवधान हुनुहोस् । केही दलालले सोझासाझालाई ठ्ग्ने गरेको पनि पाइन्छ त्यसैले यस बिषयमा स्वोयम आफुनै सतर्क हुन जरुरी छ

यसरी हामीले घर वा जग्गा धनीको बारेमा थाहा पाउन सक्छौँ । यस्ता जानकारीले डेरामा बस्दा सहज बनाउछ ।

Write A Comment