शहरी क्षेत्रमा डेरामा बस्नेको संख्या अत्याधिक मात्रामा छ तर अधिकान्स डेरामा बस्ने मानिसहरूको धेरै गुनासो भएको पाइन्छ । घर डेरामा लिदा हुने गरेका केही असहजताले गर्दा मानिसहरु आफ्नै निजी घर जग्गा खरिद गर्न मन पराउछन् । तर अहिलेको समयमा यस्ता समस्याहरु न्यूनिकरण हुँदै गएको देखिन्छ । डेरामा बस्नेहरुको हक र हितका लागि नेपाल सरकारले पनि नयाँ कानुनको निर्माण गरेको छ ।

प्राय मध्यम बर्गीय नागरिक बस्ने हाम्रो देशमा सबै सुबिधा भएको ठाउँमा आफ्नै घर वा जग्गा किन्नु हाम्रो आर्थिक अवस्थाले नपुग्न  सक्छ । यस कारणले घर जग्गा भाडामा लिनु हाम्रो लागि उचित निर्णय हुन सक्छ । अहिलेको  समयमा अपार्टमेन्ट (Apartment) धेरै लोकप्रिय बन्दै गएको छ । यद्यपि भाडामा बस्नु आर्थिक र सुबिधाका हिसाबले सहज भएता पनि  यस बिषयमा मानिसहरु धेरै गुनासो पोख्ने गर्छन्।त्यही मध्य केही गुनासोहरुको चर्चा गरै ।

१: पैसाको नाश

डेरामा बस्ने गरेका मानिसहरुले यसमा पैसा धेरै खर्च हुने कुरा बताउछ्न् । हरेक महिना एक हातले तलब लिने र अर्को हातले घर भाडा बुझाउदा पैसा आफुसँग नबच्ने भएकाले आफ्नै निजी घर होस् भन्ने चाहन्छ्न् ।

आफुले आफ्नो घर जस्तो सुबिधा र समानता नपाउनु र सोही ठाउँलाई आफ्नो घर ठानेर पैसा दिनु पैसाको नाश गर्नु हो भन्ने भनाइ मानिसहरुको छ । तर आफ्नो आर्थिक अवस्थाको गहन गरी आफुलाई  हुने सहजता र सुबिधा हेरेर घर किन्ने कि भाडामा लिने भन्ने कुराको निर्णय लिनु आवश्यक देखिन्छ ।

२: घरभेटिको अधिनमा बस्नु पर्ने ।

प्राय डेरामा मानिस घर भेटिको अधिनमा बस्नु पर्छ भन्ने कुराको जिकिर गर्छन । आफ्नो कुनै हक अधिकार नभएको कारण घरभेटी दिएको सिमित सुबिधामा आफ्नो दिनचर्या बिताउनु पर्छ भन्ने कुरा भाडामा बस्ने मानिस भन्ने गर्छन  तर यस्तो सोच बद्ल्नुपर्ने दिन आएको छ । नेपाल सरकारले यस बिषयमा निती नियम सार्वजनिक गरेको छ जहाँ भाडामा बस्ने मानिसका सबै जसो हक अधिकार सुनिश्चित गरिएको छ ।

डेरामा बस्नु अगाडि समभ्कौतामा हस्ताक्षर गर्दा आफ्ना सबै कुरा घर वा जग्गाधनीसँग कानुनी रुपले  राख्न पाउँछन् यस अर्थमा बहालवालासँग पनि सम्पूर्ण हकअधिकार हुन्छ ।

३: सम्झौता गरिसके पछी त्यसबाट बाहिर निस्किन गार्हो

डेरावालाहरुले एक पटक सम्झौता हस्ताक्षर गरी सकेपछी त्यस्लाई तोड्न गार्हो हुन्छ । त्यसैले त्यसमा हस्ताक्षर गर्नु भन्दा अगाडि धेरै सोच बिचार गर्नु पर्छ । आफु बस्ने ठाउँमा आफुलाई कति समयसम्म उचित हुन्छ भन्ने कुरा भाडावालाले आँफैले गहन गर्नु जरुरी छ ।

कुनै कारणबस आफुले गरेको सम्झौता तोड्न पर्‍यो भने पनि यो मिल्दै नमिल्ने कुरा भने होइन तर आफुले यस बापत तिर्नु पर्ने खर्च तिर्न आफु तयार हुनुपर्छ ।

डेरामा बस्नुका आफ्ना फाईदा बेफाईदा छन् यद्यपि आफ्नो दैनिकी अझ सहज गर्न भाडामा बस्नु एउटा उत्तम उपाय हुन सक्छ । आफुलाई सबै कुराको सुबिधा हुने ठाउँमा आफ्नै घर जग्गा किन्न हामी असमर्थ हुन सक्छौ यस्तो अवस्थामा डेरामा बस्नु नै उचित हुन्छ ।

Write A Comment