हामी यस अर्थमा भाग्यमानी छौं कि चाहे त्यो पैत्रिक रुपमा होस् वा सो आर्जित अपवाद बाहेक हामीसँग आफ्नो जन्म स्थानमा कच्ची वा पक्की रुपमा एउटा बासोबास गर्ने घर छ । तर आज हामी मध्ये जो कोही गुणस्तरी जीवनको सपना देखेर जन्मथलो भन्दा टाढा हुन बाध्य छौं । जसले गर्दा आफ्नो घरबाट टाढा भएका छौं । उच्च अध्ययनको लागि होस् वा कामको लागि हामी शहर केन्दीत हुन पुगेको छौं । अस्थायी बासोबासको लागि भाडामा घर, फल्याट, कोठा लिएका छौं । अस्थायी बसोबासललाई सहज र सुखद बनाउन देहायको कुरा मनन् गर्नु पर्दछ ।

घरधनी

कानूनत भौतिक रुपमा स्वामीत्व प्राप्त व्यक्ति नै सम्बन्धित घरको घरधनी हुन् । जसले आय आर्जनको लागि अस्थायी रुपमा पुरै वा आंशिक क्षेत्र शर्त सहित निश्चित दरमा भाडामा बस्ने व्यक्तिलाई उपलब्ध गराउने गर्दछन् । सामान्यतया तोकिएको भाडा मासिक रुपमा डेरावालासँग लिने हिसाबले समझदारी भएको हुन्छ ।

बहालमा बस्ने व्यक्ति / डेरावाल

अरु कसैको स्वामित्वमा रहेको घर वा घरको निश्चित क्षेत्र शर्त सहित निश्चित भाडादरमा अस्थायी रुपमा बासोबासको लागि प्रयोग गर्ने व्यक्तिलाई बोलिचालिको शब्दमा डेरावाला भन्ने गरीन्छ । शहर प्रवेषसँगै पहिलो प्राथमीकता भनेको आफ्नो बजेट अनुसारको डेराको व्यवस्थापन गर्नु हो । डेराको व्यवस्थापन गर्दा आफ्नो मुख्य लक्ष्यलाई सहज हुने गरी स्थानको छनौट पनि गर्नु आवश्यक छ । यसले आउँने दिनमा समयको व्यवस्थापन गर्न मद्दत पुग्नेछ । शुरुका दिनमा नयाँ ठाउ, अरुको घर, अरुकै शर्त अनुसार बसोबार गर्नुपर्ने जस्ता कुराले मनोवैज्ञानीक रुपमा खल्लो अनुभीती हुने गर्दछ । अवसरको खोजी र लक्ष्य प्राप्तीको लागि केही कुरा सम्झौता गर्नु पर्दछ । पहिलो सम्झौता तपाईको घरवालाबाट डेरावाला हुँदा हुन्छ । यसलाई सहज रुपमा लिनु पर्दछ ।

घरधनी र डेरावाला वीच देहाँयको कुरामा विचार पु¥याउँदा दुवै पक्षलाई सहज र बसाई सुखद हुन सक्दछ । घरधनीले आफ्नो घर/कोठा प्रयोग गर्न दिनु अगावै प्रयोग गर्ने व्यक्तिसँग प्रष्ट रुपमा आफ्नो कुराहरु राख्नु पर्दछ । त्यसैगरी घरधनीको कुरामा सहमत हुने अवस्थामा घर/कोठा प्रगोग गर्ने व्यक्तिले पनि आफ्नो कुरा घरधनीसँग प्रष्ट रुपमा राख्नु पर्दछ । ताकी पछि दुवै पक्षलाई असहज महसुस नहोस् । दुवै पक्षको लागि घरबहाल सम्झौता गर्नु उपयुक्त हुन्छ । कानूनी रुपमा घरबहाल सम्झौता अनिर्वाय छ । घर बहाल सम्झौताले अस्थायी ठाउँमा स्थायी तरिकाले बस्ने वातावरण बनाउँछ भने कानूनी दायित्व पनी पुरागर्न बाध्य बनाउछ ।  

घरधनीको तर्फबाट ध्यान दिनु पर्ने कुराहरु :

१. घर भाडा : भाडामा बस्ने व्यक्तिलाई शुरुमानै प्रष्ट रुपमा घर भाडादर बताउनु पर्दछ । भाडादरलाई मात्रै महत्व नदिइ भाडामा बस्ने व्यत्तित्वलाई पनि ध्यान दिनु पर्दछ । सामान्यतया महिनाको अन्तिम रुपमा भाडा बुभ्mने चलन भए पनि, सोको समेत प्रष्ट रुपमा उल्लेख गर्नु पर्दछ । भाडाबस्ने व्यक्तिले खपत गर्ने विधुत युनिट दर, पानी, ईन्टरनेट र फोहोर व्यवस्थापनको लागि कुन दरमा र कति तिर्नु पर्ने हो, सोको पनि शुरुमानै स्पष्ट गर्नु पर्दछ । मनमा अन्यकुरा भए त्यो पनि स्पष्ट रुप्मा बताउनु पर्दछ । ताकी आउँने दिनमा यी कुराहरुबाट असहज वातावरण नबनोस् । 

२. घरभाडा वृद्धि : वर्षको परिर्वतनसँगै अनुभूति हुने मुल्य वृद्धि र सम्पत्तीको क्षयीकरण र भाडावालाको समुधुर सम्बन्धलाई समेत ख्याल राख्दै घर भाडा वृद्धि गर्न सकिन्छ । भाडा वृद्धि निश्चित अवधी पश्चात वृद्धि हुने व्यवस्था गर्नुपर्दछ । भाडा वृद्धि छोटो अवधी र अघोषीत अवधी भित्र गर्नु हुँदैन । यसको जानकारी भने शुरुमानै भाडामा बस्ने व्यक्तिलाई दिनु पर्दछ । ताकी पछि यस्तो कुराले खल्लो अनूभूति दुवै पक्षलाई नहोस् । 

३. सम्मान र सदभाव व्यवहार: तपाईको घर/कोठा अस्थायीरुपमा आपसी समझदारीको भाडादर बुझाउने गरी प्रयोग गरेको हुँदा बाहलमा बस्ने व्यक्ति तपाईको लागि भाडावाला मात्र नभई असल उपभोक्ता पनि हो भन्ने कुराको ध्यान दिनु पर्दछ । तपाईको जस्तै घर उसको पनि आफ्नो जन्मथलो वा अन्य ठाउँमा छ भन्ने हेक्का राख्नु पर्दछ । भाडामा बस्ने व्यक्ति घरवीहन नभई उ आफ्नो स्थायी सपना पुरा गर्न अस्थायी रुपमामात्र तपाईको घरमा भाडामा बसेको हो भन्ने कुरा बुझन जरुरी छ । तपाईको सम्पत्ति तोकीएको भाडादर बुझाएर अस्थायी रुपमा प्रयोग गरेको हुँदा आर्थिक रुपमा उ यसको लागि सक्षम छ भन्ने कुरा भुल्न हुँदैन । त्यसैले एउटा असल छेमेकीको रुपमा व्यहोरा गर्नुपर्दछ । यसले दुवै पक्षलाई सहज र सरल वातावरणको अनुभूति गराउँदछ । 

घर/कोठा बाहलमा बस्ने व्यक्तिले ध्यान दिनु पर्ने कुराहरु:

१. घर भाडा तथा भुक्तानी: आर्थिक रुपमा आफूलाई अप्ठेरो नपर्ने दरमा घर/कोठाको व्यवस्थापन गर्नु पर्दछ । घर धनीले आयआजर्नको दृष्टिकोणबाट आफ्नो सम्पत्ति अस्थायी रुपमा निश्चित भाडा दरमा प्रयोगको लागि उपलब्ध गराएको कुरा मनन् गर्नु पर्दछ । त्यसैले घर भाडा र विधुत खपत युनिट दर समेतको छिनोफानो गर्नु पर्दछ । घरबहालमा बस्नु अघिनै घरधनीको सबै कुरा राम्रोसँग बुझनु पर्दछ, जस्तै पानी, फोहोर र प्रयोग गर्ने भए टि.भी. केवल तथा ईन्टरनेटको दर सामुहीक रुपमा यस्तो सुविधा प्रयोग गर्दा दुवै पक्षलाई आर्थिक रुपमा सस्तो पर्न जान्छ । शहरी घर धनीको लागि भाडा आम्दानीको स्रोत भएको हुँदा तोकिएको अवधीमा भुक्तान गरिदिनु पर्दछ । समयमा नै भुक्तानी गर्ने तालिकालाई प्राथमीकताको साथ पालन गर्नु पर्दछ । यसो गरिएमा कहिलेकाही ढिलोचाडो हुँदा समन्वय गर्न सजिलो हुन्छ । कथनकाल समयमानै भुक्तानी गर्न नसकेमा प्रष्ठ रुपमा जानकारी गराउनु पर्दछ । साथै सामाजीक रुपमा अन्यथा अर्थ लाग्ने र कानूनी रुपम बर्जित कुनै पनि कार्य गर्नु हुँदैन । यसले घरधनीलाई अस्थायी तनाव र स्वंयमलाई सामाजीक तथा आर्थिक नोक्सानको सामना गर्नु पर्ने हुन्छ ।  

२. घरभाडा वृद्धि: घर धनी र आफु विच भएको सहमती अनुसार तोकिएको अवधि पश्चात भाडामा वृद्धि हुन्छ भन्ने कुरा ध्यान दिनु पर्दछ । यसबाट आंशिक आर्थिक दायित्व बढने हुँदा आफ्नो बजेटको व्यवस्थापन गर्नु पर्दछ । घरभाडा वृद्धिलाई अन्यथा नलिई मुद्राको अवमुल्यन, महंगीको कारण भएको कुरा बुझ्नु पर्दछ ।  

३. सम्मान र सदभाव व्यवहार: बसुन्जेल आफुले प्रयोग गरेको घर/कोठा आफ्नै हो भनी अपनत्वको साथ प्रयोग गर्नु पर्दछ ।

नोट: घरबहाल सम्झौता अनिवार्य रुपमा गर्नु पर्दछ । 

Write A Comment