राज्यको आम्दानी प्रमुख स्रोत भनेको व्यापार, व्यावसाय वा प्राकृतिक व्यक्तिले आर्जन गरेको सम्पत्तिको फरक–फरक आर्जित रकमको सिमामा तोकिएको दरले हुन आउने रकम सम्बन्धित पक्षले राज्यलाई भुक्तान गर्नु पर्ने वा राज्यबाट असुल हुने रकमलाई कर भनिन्छ । व्यावसायको प्रकृति अनुसार करका दर फरक फरक रहेका छन् । वर्तमान अवस्थामा नेपाल सरकारले घर जग्गा व्यावसायलाई प्रभावकारी रुपमा करको दायरामा ल्याउन विभिन्न नीति नियम निमार्ण गरि रेहेको  छ । विशेष गरी घर जग्गाको सरकारी मुल्याकंन र खरिद विक्रि दर फरक फरक रहेको पाईन्छ । यसलाई नियमन गर्न सरकार लागि परिरहेको छ । कर तिर्नु सबै नागरिकको लागि गौरवको कुरा भए पनि राज्यपक्षबाट त्यस्को प्रयोग र जनतालाई भएको सहयोगको बारेमा प्रष्ठ रुपमा बुझाउन नसक्दा कर आम नागरिकको लागि बोझीलो भएको छ । विद्यमान अवस्थमा अधिकांश नेपालि नागरिकहरु प्रत्यक्ष वा परोक्ष रुपमा घर जग्गासंग जोडिएका छन् । यसको खरिद विक्रि वा अंशबण्डा ढिलो वा चाडो सबै यी कार्यमा अधिकांश नागरिकहरु संलग्न हुने गर्दछन् ।  राज्यले नियमन गरी घर जग्गामा यथार्थ मूल्य वा मूल्याकंनमा तोकिएको कर प्रभावकारी रुपमा लागु गर्दै गर्दा यसबाट घर जग्गा व्यावसायमा पर्न सक्ने केही सकारात्मक तथा नकारात्मक पक्षहरु निम्न प्रकारका छन् :

सकारात्मक पक्ष :

१. नियमसंगत कर तिर्नु आम नागरिकको दायीत्व हुनेु हुँदा यसलाई सहज रुपमा लिनु पर्दछ । कारोबारको यर्थाथ मूल्यमा नै खरिद विक्रि गरी कर भुक्तान गरेमा जालसाजबाट हुन सक्ने जोखीम कानूनी रुपमा निरुपण गर्न सहयोग पुग्दछ । 

२. नियमसँगत भएका घर जग्गा खरिद विक्रि कार्यले आत्मा विश्वस बढाउँछ ।  

३. घर जग्गाको मूल्यांकनले आधिकारीकता प्राप्त गर्दछ । 

४. भविष्यमा खरिद वा विक्री गर्दा मूल्यांकनको विश्वशनीय आधार प्रस्तुत गर्दछ ।

५. कानूनी पक्षबाट सम्बन्धित धनी बलियो हुन्छ । 

नकारात्मक पक्ष :

१. करको दर अधिक हुँदा खरिद वा विक्रि कर्ता हिचकिन सक्दछन् । यसले खरिद विक्रि दरमा कमी हुन्छ ।

२. सरकारी मुल्यांकन ठाउँ स्थान अनुसार एकरुपता भएता पनि चलन चल्तिको मुल्यमा फरक फरक भएको हुँदा सोही स्थानको खरिद विक्रि दर फरक पर्न सक्दछ । यसले सोझा खरिद कर्ता फसन सक्छन् ।

३. करको दर बढ्नु वा यसको आकार बढ्नुले घर जग्गाको मूल्यमा वृद्धि हुन जान्छ, जसले गर्दा खरिद कर्ताको कमि हुन सक्दछ । 

४. खरिद कर्ताको कमिले गर्दा विक्री कर्ता अधिक देखिन सक्दछन् जसले घरजग्गा कारोबार यथार्थपरक नहुन सक्दछ । 

४. घर जग्गा व्यवसायमा मन्दी आउन सक्दछ । 

५. घर जग्गा व्यावसाय ऋण लागनीबाट समेत गरिने हुँदा घर जग्गा व्यावसाय मन्दीले ऋणीहरु टाट पल्टिन सक्दछन् र ऋण दाता बैंक तथा वित्तिय संस्थाहरुको ऋण समेत नउठ्न सक्दछ । जसले वित्तिय सन्तुलनमा समेत असर पुर्याउँछ ।

Write A Comment