यदि तपाईं घर, जग्गा ब्यवसायमा लगानी गर्न उत्सुक हुनुहुन्छ भने, तपाइँले यस क्षेत्रमा छलांग लाउनुअघि केहि सुत्रहरु राम्ररी बुझ्नु आवश्यक हुन्छ। तपाईंले आफ्नो पैसा खर्च गर्नु अघि समय लिएर स्थानीय मूल्यहरु र घर भाडाका बारेमा धेरै अनुसन्धान गर्न सक्नु हुनेछ। यस क्षेत्रमा लगानी गर्नु अघि यहाँका लागि केही सुझावहरू छन् ।

कममा खरिद र उच्च बिक्री

तपाईंले लगानी लाभदायक बनाउन जोड दिनुहुन्छ, एस्का लागि केहि कुरमा स्पष्ट हुन जरुरी हुन्छ । बजारी चहलपहल धेरै भएको ठाउँमा खरिद गर्नु एक उच्चतम उपाय हो तर बजारको माथिल्लो ठाउँ ओगटेको क्षेत्र वरिपरी कारोबार गर्ने सोच नलिनुहोस् त्यसको सट्टा विकासका कार्यहरु भइरहेको आसपासका क्षेत्रमा कारोबार गर्नु उचित हुनेछ । उदाहरणका लागि, तपाईंले बानेश्वोर्, बलुवाटार्, लाजिम्पाट जस्ता क्षेत्र रोज्नु भयो भने तपाईंले त्यती फैदामा करोबार गर्न सक्नु हुन्न तर बाहिरी चक्रपथले छुने क्षेत्र जस्तै टोखा, लुभु, चुनिखेल्, बुडानिल्कन्ठ जस्ता ठाउँहरुमा लगानी गर्नु भयो भने तपाईंको लगानिबाट तपाईंलाई उच्चतम लाभ मिल्नेछ । यसको कारण हो, बनेश्वोर्, बलुवाटार जस्ता ठाउँहरुमा मान्छेको उच्च चाप भइसकेको छ र त्यती करोबार हुने विकल्प नि रहदैन र यस्ता व्यवस्थित ठाउँमा जग्गाको भाउ कम नै बढ्छ, यस्ता ठाउँहरु व्यवसायिक दृष्टीकोणले मात्र उपयुक्त हुनसक्छ जसमा धेरै लगानी लग्ने गर्छ, तर नयाँ योजना आउन लगेको ठाउँ निकट भाविष्यमा जग्गा र कारोबारहरु बढ्ने विकल्प धेरै हुन्छ , र कारोबार हुने अवसर पनि धेरै  हुन्छ ।

बैंक तथा बित्तिय संस्थाबाट मद्दत

लगानी गर्नु अघी जहिले नि बैंक अथवा बित्तिय संस्थासँग आफ्नो ऋणलिने योग्यता बुझ्न जरुरी हुन्छ। आफुले खोजेको घर जग्गा किन्न आफु सक्षम छौ कि छैनौँ भन्ने कुरको हेक्का  राख्नु एक्दम  जरुरी छ ताकी भविष्यमा दु:ख पाउन नपरोस।

धितो राखेर अथवा आफ्नो मासिक र वार्षिक आय देखाएर पनि घर जग्गा किन्ने प्रबन्द  बैंक तथा बित्तिय संस्थाले गरेको छ । तपाईंसँग कुनै घर जग्गा किन्ने एक्मुस्ट पैसा छैन भने पनि आफ्नो आय र धितोको मार्फत सजिलै घर जग्गा कारोबार गर्न सक्नुहुन्छ । आफ्नो भविष्यको सुनिस्चितता लाई मध्य नजर रखेर नि बैंक तथा बित्तिय संस्थाको सहयोग लिन बुद्धिमताको काम हुनसक्छ ।

पुनर्निर्माण गरेर मूल्य थप्नुहोस्

तपाईंको सम्पत्तिमा रहेको कमी सुधार गर्नुहोस्। साना साथै ठूला सुधारले तपाईंको सम्पत्तिलाई अझ बहुमूल्य बनाउन सक्छ र ग्राहकलाई अझ बढी आकर्षित पर्ने छ । बाथरूम थप्नुहोस्, घरायसि यन्त्रहरू अपग्रेड गर्नुहोस्, पुनर्निर्माण गर्नु पर्ने कुराहरुको पुनर्निर्माण गर्नुहोस् र, यदि तपाइँ ठुलो लगनी हालेर पुन: निर्माणको लागि जाँदै हुनुहुन्छ भने, एक राम्रो ईन्जिनियर खोज्नुहोस् जसले तपाईंको परियोजनालाई समय र बजेट अनुसार कार्यान्वयन गर्न सक्दछ। तपाईंको खरिद मूल्य र नवीकरण गरेको मुल्य बजारको उच्च बिक्री मुल्यको तुलना भन्दा कम रहोस भन्ने कुरामा पनि ध्यान दिनुहोस् ।

तपाईंको आय, खर्च भन्दा बढी रहने कुरालाई ध्यान दिनुहोस्

यदि तपाईं आफ्नो घरको भाडामा लगाउनुको सट्टामा बेच्ने योजना बनाउनु हुन्छ भने, त्यस घरबाट तपाईंलाई आउने मासिक आय समाबेश गरेर मात्र बेच्नुहोला र यदी तपाईंको  बजार अवस्था निकै नै नजुक छ र आफ्नो सम्पत्ती बेच्न मन गर्नु हुँदैन भने, तपाइँसँग सधैँ यसलाई भाडामा लगाउने विकल्प साथमा हुन्छ ।

खराब समयको लागि तयार रहनुहोस्

तपाईंले घरको मर्मत गर्दा तपाईंको बजेट सोचे भन्दा बढी लाग्नसक्छ, यसले तपाईंको घरलाई भाडामा लगाउन वा बेच्न बढी समय लागाउछ । नसोचेको खर्छ र परिस्थितिहरुको लागि सदैब तयार बस्नुहोस र यदि तपाईंलाई सहयोगको आवश्यकता छ भने, सहयोग माग्न नहिच्किचाउनु होला ।

घर जग्गा कारोबारको बारेमा अध्ययन गर्नुहोस्

घर जग्गा मन परी सकेपछी नि बिभिन्न अबरोधहरु आउन सक्छ त्यसैले, सरकारी कार्यालय जस्तै मालपोत , नगरपालिका जस्ता ठाउँमा लाग्ने प्रकृयाको ज्ञान लिन एकदम जरुरी छ । आफुले मन पराएको घर जग्गाको कागजात पुरा छ कि छैन ,पुरा भए त्यो सही छ कि छैन, बिक्न योग्य छ कि छैन, कुनै बिबाद छ कि छैन, सरकारी रोक्का भएको छ कि छैन र सही घर जग्गा धनीसँग कारोबार गरिदै छ कि छैन जस्ता कुरामा आफु एकदम इष्पस्ट हुन जरुरी छ । फेरी मालपोत जस्ता ठाउँमा ठगिको धेरै कुराहरु आइरखेको हुन्छ, त्यस्ता ठगिबाट बच्न नि घर जग्गा कारोबारका बारेमा जान्न एकदम जरुरी छ ।

Write A Comment