घर जग्गा एजेन्टको सबैभन्दा महत्त्वपूर्ण विशेषताहरू के के हुन् रु मानिसहरूलाई मद्दत गर्ने तिनीहरूको इच्छा हो वा तिनीहरूको व्यक्तिगत उत्साह र महत्वाकांक्षा मात्र । यदि तपाईं रियल ईस्टेट पेशा सुरू गर्ने बारे सोच्दै हुनुहुन्छ भने, एक पटक आफैलाई सोध्नुहोस् के तपाईंसग कम्तिमा यी विशेषताहरू छन् ।

१. मानिसहरूलाई सहयोग गर्ने इच्छा शक्ति

घर जग्गा एजेन्टहरुको पेशाको विशेषता भनेकै सेवा दिनु हो । घर खरीद वा विक्री पक्रियाका बारेमा जानकारी दिदैं गर्दा, तपाईको लक्ष्य भनेको खरिद वा विक्रिकर्तालाई उपयुक्त सुझाव दिनु हो । घरको प्रर्दशनी गर्दा होस् वा समुदायको बारेमा परिचय दिदा, तपार्ईको क्रियाकलाप सहजकर्ताको हुनु पर्दछ । घर खरिद वा विक्रि गर्दा, खरीद वा विक्रि कर्ताले आफ्नो जीवनकालको सबैभन्दा ठूलो आर्थिक निर्णयहरु लिनु पर्ने हुन्छ । त्यसैले ईमान्दारीताका साथ सकारात्म तरिकाले सहयो गर्नुपर्दछ । 

 २. घर जग्गाको लागि उत्साह

घर जग्गा जटिल व्यवसाय हो । यो केबल घर घरको निरिक्षण वा भ्रमणको सन्तुष्टि भन्दा बढी हो । यसको लागि स्थानीय समुदायको बारे जानकारी, घरजग्गाको खरिद विक्रिको प्रवृत्ति, विस्तृत विवरण र खरिद विक्रिकर्तासँग राम्रो सम्पर्कको आवश्यकता हुन्छ । सफल घरजग्गा एजेन्टहरुको यससँग सम्बिन्धत सबै व्यवसाय गर्न मनपराउछन् । जस्तै हार्डवयर, टायल मार्वल आदी । जब तपाईसँग प्रक्रियाको लागि उत्साह हुन्छ, यसले तपाईको ग्राहकहरुको चाहाना र विश्वासलाई थप उचाईमा पुर्याउँछ । त्यसैले उत्साह, घर जग्गा एजेन्टको सबै भन्दा महत्वपूर्ण विशेषता हो । 

३. ऊर्जा र प्रेरणा

सबै चीज गर्नको लागि हरेक दिन संगठनिक रुपमा उर्जा र जिम्मेवारी लिएर अगाडि बढनु पर्दछ । दैनिक रुपमा सामान्य खरिद वा विक्रिकर्तालाई भेट्नु, घरजग्गाको सूचि तयार गर्नु, त्यसको प्रस्तुत गर्नु, सम्झौताको प्रस्ताव गर्नु, सम्झौता लेख्नु, बैठकहरुमा भाग लिनु, निरन्तर जानकारी प्राप्त गर्नु, घर जग्गाको स्थान र तस्वीरहरु सकंलन गर्नु जस्ता कार्यको लागि थप उर्जासिल भैइरहनु पर्दछ ।  तपाईको मार्गदर्शन, महत्वकांक्षा र खुशीको भावनाले सायद तपाई प्रेरित भै रहनु हुनेछ । ग्राहकहरुले तपाईको उर्जा र प्रेरणलाई ध्यान दिई रहेका हुन्छन् । तपाईको उत्साहको कदर गर्दछन् ।

४.  एक विजेता व्यक्तित्व

धेरै मानिसहरुले सरल स्वभावका एजेन्ट होस् भन्ने चाहान्छन् । त्यस्तो व्यक्तित्वमाथि विश्वास गर्दछन् । के तपाईको एजेन्ट हुन थप अतिरिक्त जानकार हुनु पर्दछ ? त्यो आवश्यक छैन । जेहोस् घर जग्गा एजेन्टको विशेषताहरु मध्ये एक सफल विजेता व्यक्तित्व हो । जो वरपरहुँदा सहजिकरणको अनुभूति दिने गर्दछ । ग्राहकहरुले रियल स्टेट एजेन्टको खोजी गरिरहेका हुन्छन्, जुन सहजै महसुस गर्न सकिन्छ । एक व्यक्तित्व जुन ग्राहकको लागि काम गर्दछन् अर्कोको लागि काम नगर्न पनि सक्छन् । तर सामान्यतया मिलनसार र सहजिकरण गर्ने प्रकृतिको हुनु पर्दछ ।

५. कडा र गहिरो व्यवसायिक अनुभवी

ग्राहकहरुलाई मद्त गर्ने, जटिल लेनदेनको बारेमा मात्र बुझेर हुँदैन । तपाईले तपाइको ग्राहकहरुलाई घर जग्गाको व्याख्या गर्न सक्षम हुनु पर्दछ । घरजग्गा एजेन्टको रुपमा आफ्नो सानो व्यवसाय चलाईरहनु भएको छ । तपाईसँग मार्केटिंग, प्रशासनिक काम, विक्रि र लेखा सम्हाल्ने अनुभव छ ? सफल रियल इस्टेट एजेन्टहरुको समान्यताया कडा व्यापारिक पृष्ठभूमिका हुन्छन वा अध्ययन र उत्तम अभ्यासहरु सिक्न प्रयासरत हुन्छन् । यसैकारणले कौशलता, रियल ईस्टेट एजेन्टहरुको सबै भन्दा महत्वपूर्ण विशेषताहरु मध्ये एक हो ।

Write A Comment