छुट्टी हुँदा टाढा घुम्न जाने रहर सबैलाई हुन्छ र यसरी घुम्न जाँदा आफ्नो घर सुरक्षित कसरी हुन सक्छ भनेर सबैले सोचेका हुन्छन् । घर असुरक्षित भएकै कारण धेरे मानिस घर छोड्नै मान्दैनन्  तर केही सतर्कता अपनाउने हो भने यसरी टाढा जाँदा पनि हाम्रो घर सुरक्षित रहन सक्छ ।

१: छिमेकलाई घरको हेरबिचार गर्न अनुरोध गर्ने

आफु घरमा नभएको बेला आफ्ना छिमेकीहरुलाई घरको हेरबिचार गर्दिन अनुरोध गर्नुपर्छ ।यसो गर्दा घर चोरडाकाहरुबाट सुरक्षित रहन्छ । आफु टाढा भएपनि घरमा के कस्तो छ छिमेकीद्बारा जानकारी पाउन सक्छौँ । छिमेकी नभए आफ्ना नजिकका आफ्न्त र साथीहरुलाइ आफ्नो घरको हेरबिचार गर्दिन र आफ्नो घरमा बेलाबखत गएर हेरबिचार गर्न अनुरोध गर्न सकिन्छ ।

२: सामाजिक सञ्जालमा लोकेसन पोस्ट नगर्ने

हामीलाई थाहा भएकै कुरा हो आजकल सामाजिक सञ्जालले ठुला ठुला अपराध भित्राएको छ । त्यसैले हामी घर छोडेर टाढा गएको बेला सामाजिक सञ्जालमा लोकेसन पोस्ट गर्न हुँदैन यसो गर्दा अरुले हामी घरमा नभएको चाल पाउन सक्छ्न र घरमा चोरी हुनसक्छ । 

मानिसहरु आजकल जता गए पनि फोटो पोस्ट गरिहाल्छन् जस्ले गर्दा अपराधिक मनसाय भएका मानिसहरूलाई झन् सजिलो हुन्छ र सजिलै अपराध गर्छन । त्यसैले आफु घरमा नहुँदा आफ्नो मोबाईलको लोकेसन बन्द गरेर राख्नु पर्छ । फोटोहरु पनि खिच्ने बित्तिकै पोस्ट गर्न भन्दा अलि समयपछि पोस्ट गर्दा सुरक्षित हुन्छ ।

३: घरको पर्दा खुल्ला राख्ने

घरबाट टाढा जाँदा घरको पर्दाहरु बन्द गर्न हुदैँन किनभने घरको पर्दा सबै बन्द भयो भने घरमा कोही नभएको संकेत गर्छ जस्ले गर्दा चोरी हुने खतरा बढ्छ । घरमा कोही छैन भन्ने थाहा पाउने बित्तिकै घर सुरक्षित नहुन सक्छ । यो सुन्दा अलि असहज लाग्छ तर यसले तपाईंको घरको सुरक्षा गर्न मद्द्त पुर्‍याउँछ । त्यसैले घर छोडेर कतै टाढा जादैँ हुनुहुन्छ भने घरको पर्दा बन्द नगर्नुस् ।

४: बत्ती बालेर नछोड्ने

घरमा दिन रात बत्ती बलिराख्यो भने पनि घरको सुरक्षा हुँदैन । यो अलि आसामान्य जस्तो देखिन्छ जस्ले घरलाइ असुरक्षित बनाउन सक्छ र बिजुलीको विल पनि धेरै आउन सक्छ त्यसैले टाढा जादा बत्ती निभाएरै गएको राम्रो हुन्छ । आफ्नो छिमेकीलाई बेलुकिमा घर बाहिरको बत्ती बाल्न अनुरोध गर्न पनि सकिन्छ । यसो गर्दा घरमा कोही नभएको जस्तो देखिदैँन र चोरी हुनबाट बच्छ।

५: आकस्मिक चाबीलाई निकाल्ने

प्राय हामी घरमा एउटा आकस्मिक चाबी राख्ने गर्छौँ । उक्त चाबिले हाम्रो घरका अन्य सदस्यलाई ढोका खोल्न वा कुनै बेला चाबी हरायो भने प्रयोग होला भनेर  घर बाहिर राख्छौँ ।

यस्तो चाबी घरबाट टाढा धेरै दिनको यात्रामा जाँदा भने  निकाल्नु पर्छ । प्राय यस्ता चाबी घरको मुख्य ढोकाको वरिपरी हुन्छ । त्यसैले चोरले यो चाबी सजिलैसँग भेटाउन सक्छ र घरमा चोरी हुन सक्छ ।

६: मह्ङ्गा सामानलाई सुरक्षित स्थानमा राख्ने

घर असुरक्षित हुने भनेकोनै हाम्रो घरमा रहेका बहुमुल्य सामानले गर्दा हो । यस्ता सामानहरु घरबाट धेरै दिनको लागि टाढा जाँदा सुरक्षित स्थानमा राखेर मात्र जानु पर्छ । घरका बहुमुल्य सामान एउटा छुट्टै कोठामा राखेर त्यसलाई बलियो गरेर बन्द गर्नु पर्छ ।

त्यसै गरी बहुमुल्य गरगहनाहरु बैंक वा अन्य कुनै सुरक्षित स्थानमा राखेर मात्र जानुपर्छ । सामान्यतया हामीले सधैं गरगहना राख्ने ठाउँमा राख्नु हुँदैन  जस्तै दराजमा राख्दा सुरुमै चोरले त्यही खोजी गर्छ त्यसैले गरगहना घरमा नराखेकै राम्रो हुन्छ ।   

७: पत्रपत्रिका ल्याउन बन्द गर्दिने

पत्रपत्रिका घरमा ल्याउने गर्नु भएको छ भने ल्याउन बन्द गर्दिनुहोस। किनभने जब पत्रिका घरको अगाडि धेरै थुप्रिन्छन तब घरमा मान्छे नभएको थाहा हुन्छ  जसका कारण घरमा चोरी हुनसक्ने सम्भावना धेरै हुन्छ । त्यसैले आफ्नो घर सुरक्षित राख्नको लागि यस्ता कुरामा ध्यान पुर्‍याउन धेरै जरुरी छ ।

८: बिधुतीय उपकरणका तारलाई छुट्टाइदिने

आफु घरबाट टाढा जाँदा धेरै कुराको ख्याल पुर्‍याउनुपर्छ । घरमा भएका बिद्युतीय उपकरणहरुको तार छुटाएर मात्र जानु पर्छ । यसो गर्दा घरको बिजुलिको पैसा थोरै आउँछ भने घरमा आगो लागि हुने समस्यालाइ न्यूनीकरण गर्छ ।कहिलेकाहीँ चट्याङ पर्दा होस् या अन्य कारणले आगो लागि हुने खतरा कम गर्छ ।

घरको सुरक्षा गर्नमा यसले पनि ठुलो भूमिका निर्बाह गरेको हुन्छ । त्यसैले लामो बिदामा कतै टाढा घुम्न जाँदै हुनुहुन्छ भने घरका बिद्युतीय उपकरणको तार पलगबाट (plug) छुटाउन नबिर्सिनु होला

 ९: ग्यास र पानी राम्रोसँग बन्द गर्ने

घर छोड्नु अगाडि ग्यास र पानी सबै तिरबाट राम्रोसँग बन्द गर्नुपर्छ । ग्यास राम्रोसँग निभाएन भने लिक भएर घरमा आगो लागि हुनसक्छ त्यसैले यसको बिशेष ध्यान पुर्‍याउनु पर्छ । त्यसै गरी पानीलाइ  पानीको मुख्य पाइपबाट नै बन्द गर्नु पर्छ ।यसो गर्दा ठाउँ ठाउँबाट पानीको धेरै खेर जादैँन  र पानीको बिल थोरै आउँछ ।  पानी बन्द गर्न बिर्सिनाले पानी लिक भएर सबै कुरा भिज्न सक्छ र धेरै क्षति हुन पनि सक्छ त्यसैले यस कुराको बेलैमा ध्यान दिनुपर्छ ।

 १०: घरको झ्याल ढोका राम्रोसँग बन्द गर्ने

घरबाट धेरै समयको लागि कतै टाढा छुट्टीमा जाँदै हुनुहुन्छ भने घरको झ्याल ढोकालाई राम्रोसँग बन्द गरेर जानु पर्छ । झ्याल ढोकाका कुनै कमजोर भाग छन् भने त्यसलाई अझ बलियो र पक्की बनाएर मात्र घच छोड्नु पर्छ । घरमा आल्मोनियमको झ्याल राख्नु भएको छ भने त्यसमा भित्रबाट बलियो बनाउनु पर्छ किन कि यस्ता झ्यालहरु अलि कम्जोर हुने गर्छन ।

आफु टाढा जाँदा माथिका कुरालाई जोड दिने हो भने पक्कै पनि घर सुरक्षित रहन्छ । आफ्नो घरलाई सुरक्षित राख्न हामीले सानासाना कुरामा धेरै ध्यान पुर्‍याउनु पर्छ । यसरी घरबाट टाढा जाँदा सबै कुरा मिलाएर गएपछि आफुपनि ढुक्कसँग भ्रमणको मज्जा लिन सकिन्छ ।

1 Comment

Write A Comment