नेपालमा कपडा धुन प्राय: हातकै प्रयोग गर्ने गरिन्छ तर अहिलेको व्यस्त जीवनमा धेरै मानिसले यसको लागि वासिङ मेसिनको प्रयोग गर्न थालेका छन्। यसका कारण कपडा धुन लाग्ने समयमा अरु काम गर्न सहज भएको छ। अहिले बजारमा बिभिन्न कम्पनिका वासिङ मेसिन उपलब्ध छन्। वाशिङ मेसिनलाई नै भनेर हामीले कुनै ठाउँ छुट्याएका हुँदैनौँ । त्यसैले यसलाई कुन ठाउँमा राख्दा हामीलाई सहज हुन्छ भनेर जान्नु हाम्रो लागि फाइदा जनक हुन सक्छ। यदि तपाईंको घरमा पहिले नै यसका लागि बिशेष ठाउँ छुट्याउनु भएको छ भने यो समस्या भोग्नु पर्दैन तर निर्माण हुन लागेका घरमा वासिङ मेसिन कता राख्ने भन्ने बिषयमा दुबिधा हुने गरेको पाइन्छ। आउनुहोस् तपाईंको यस दुबिधालाई हामी केही हद सम्म कम गर्न सक्छौँ कि ?

तल वासिङ मेसिन कता कता राख्न सकिन्छ भन्ने बिषयमा केही स्थानको सुझाब दिइयको छ । आउनुहोस् वाशिङ मेसिन कुन स्थानमा राख्दा सहज हुन्छ त भन्ने कुरामा केही चर्चा गरौँ।

१: भान्सा कोठा वरिपरी

प्राय: घरमा बस्दा हामी धेरै समय भान्सा कोठामा बिताउछौँ त्यसैले वासिङ मेसिन पनि यसकै वरिपरी राख्दा सहज हुन्छ । बिशेषत:  सानो घरमा धेरै ठाउँ हुँदैन र वासिङ मेसिनलाई भनेर छुटै कोठा छुत्याउन गार्हो हुन्छ त्यसैले यस्त घरमा वासिङ भन्सा कोठामा राख्दा उचित हुछ।

२: बाथरूममा

यदि हजुरको घरको बाथरूम फराकिलो छ भने वसिङ मेसिनलाई यस कोठामा राख्न सकिन्छ । यस कोठामा राख्दा वासिङ मेसिनबाट निस्केको पानीलाई सहजै व्यवस्थित गर्न सकिन्छ र धेरै लामो पाइपको जरुरी पर्दैन ।

३: घरको धेरै प्रयोग नहुने कोठामा

प्राय:सबैको घरमा धेरै जसो प्रयोगमा नआउने कोठा हुन्छ। त्यस कोठालाई वासिङ मेसिन राखेर सदुपयोग गर्न सकिन्छ । यसमा कपडा सुकाउन सहज हुन्छ ।

४: माथिल्लो तलामा

प्राय: नेपालका घरहरुमा माथिल्लो तलामा केही खाली ठाउँ राखिएको हुन्छ । हामी सोही ठाउँलाई वासिङ मेसिन राख्ने र कपडा सुकाउने ठाउँ बनाउन सक्छौँ । यसो गर्दा खाली ठाउँको सदुपयोग हुन्छ र कपडा घाममा सुकाउने गर्नुहुन्छ भने सहज हुन्छ ।

५: घरको बरन्डामा

घरको बरन्डामा धेरै ठाउँ छ भने वासिङ मेसिनलाई यस ठाउँमा जडान गर्न सकिन्छ । यसले घर साँघुरो हुनबाट जोगाउछ र खाली रहेको बरन्डाको भागलाई सदुपयोग गर्छ ।

६: सुत्ने कोठाको वरिपरी

प्राय:हामी आफ्नो कपडा सुत्ने कोठामै राख्न मन पराउछौँ। त्यसैले कपडा धुने मेसिन पनि यसकै वरिपरी राख्दा राम्रो हुन्छ जसले गर्दा कपडा मिलाउन र राख्न सहज हुन्छ ।

 ७: घरमा भएको भित्री गल्लिमा

यदि घरमा भित्री गल्लिहरु छन् भने वासिङ मेसिन यस ठाउँमा राख्दा पनि राम्रो हुन्छ । यस गल्लिले घरमा भएका सबै कोठालाई जोड्ने भएकाले यस गल्लिमा राख्दा सबैलाई सहज हुन्छ तर तपाईंको को घरमा स-साना बच्चा बच्ची छन् भने यो ठाउँ उचित नहुन सक्छ। गल्ली साँधुरो हुने घरमा पनि यसरी वसिङ मेसिन गल्लिमा राख्नु हुँदैन यसले घरमा ह्ड्डुल गर्न असहज हुन सक्छ ।

वासिङ मेसिङ यही ठाउँमा राख्नै पर्छ भन्ने कुनै नियम वा बाध्यता छैन । यसलाई हाम्रो आफ्नो चाहाना र हाम्रो परिवारको संख्या अनुसार जुन ठाउँमा सहज हुन्छ त्यही ठाउँमा राख्न सकिन्छ । मेसिनले केही आवाज निकाल्ने भएकाले यसको ख्याल गरेर उचित स्थानमा राख्नु पर्छ । कुनै नयाँ घर बनाउने विचारमा हुनुहुन्छ भने पनि यसका लागि बिशेष तयारी गरेर घर बनाउँदा राम्रो हुन्छ । यो लेख पढि दिनु भएकोमा तपाईंलाई धन्यवाद छ । तपाईंको घरमा कपडा कसरी धुने गर्नु भएको छ? यदि घरमा वासिङ मेसिन छ भने कस्तो ठाउँमा राख्नु भएको छ? तपाईंलाई माथिका स्थान उचित लाग्यो कि लागेन कृपया हामीलाई कमेन्ट गरेर सल्लहा र सुझाब दिन नभुल्नु होला ।

Write A Comment