अहिलेको समयमा विज्ञान र प्रविधिले नयाँ स्वरुप लिदै गएको छ। अहिले सन्सारका धेरै ठाउँमा इन्टरनेटको सुविधा भएको पाइन्छ त्यसैले आजभोलि अनलाइन व्यापार निकै लोकप्रिय हुदै गएको छ। मानिसहरु घरमै बसेर सामान किनबेच गर्न रुचाउन थालेका छन्। सामानका साथै घर जग्गा पनि अनलाइनमै खरिद बिक्री हुन थालेको छ ।

धेरै मानिसहरु अनलाइनबाट घर जग्गा खरिद बिक्री गर्न मन पराउन थालेका छन् ।  घर जग्गा खरिद वा बिक्री गर्ने मानिसले आफ्नो घर जग्गाको  विवरण इन्टरनेटमा राखेर किनबेचको काम गर्छन् । यसरी आफ्नो हातको मोबाईलद्बारा नै आफूले चाहेको जस्तो घर वा जग्गा खोज्न सकिन्छ। अहिले इन्टरनेटमा घर जग्गा खरिद बिक्री साइटहरु (Real estate sites) पाउन सकिन्छ  जसमा खरिदकर्ताले आफूले चाहेको ठाउँमा घर वा जग्गा सर्च गर्न सक्छन् भने बिक्रीकर्ताले आफूले बेच्ने घर जग्गाको सबै विवरण अप्लोड गर्छन् । यसरी खरिद वा बिक्री गर्दा  निकै फाइदा हुन्छ र समयको बचत हुन्छ । त्यसैले आजभोलि मानिसहरु यस प्रति निकै आकर्षित भएको पाइन्छ । यसरी खरिदबिक्री गर्दा अनलाइनद्वारा नै बैंकबाट ऋण लिन सकिन्छ जसले गर्दा खरिद वा बिक्री गर्दा सहज र सरल हुन्छ। यसका लागि मानिसहरु अनलाइन एप्स (apps), विभिन्न वेबसाइट्स र डिजिटल प्लेटफर्मको प्रयोग गरेको पाइन्छ ।

फाइदाहरु:

 अनलाइन घर जग्गा खरिद बिक्रीका फाइदाहरु तल दिइएको छ ।

१: समयको बचत

आजभोलि सबै मानिसहरु आफ्नो काममा ब्यस्त हुन्छन् । जस्का कारण घर जग्गा खोजेर किन्न समय नै मिल्दैन तर अनलाइनबाट यस्ता ब्यस्त रहने मानिसहरु ले निकै फाइदा लिन सक्छन् । उनीहरु कुनै अनलाइन घर जग्गा खरिदबिक्री गर्ने साइट्स लग इन (Log in) गरेर आफूले चाहेको ठाउँमा घर वा जग्गा सर्च (Search) गर्न सक्छन् जसले गर्दा घरमै बसेर घर जग्गा  किनबेच गर्न सक्छन् ।

२: छोटो समयमा नै घर जग्गा खोज्न सकिने

घर जग्गा किन्न सहज हुँदैन यसका लागि धेरै खोज गर्नु पर्छ र खोज्दा पनि आफूले भनेको ठाउँमा घर जग्गा पाउन निकै गार्हो हुन्छ तर अनलाइनद्वारा घर जग्गा खोज्न निकै नै सहज हुन्छ । यसका लागि धेरै हिँडडुल र धेरै मानिससँग सम्पर्क गर्न पर्दैन । बस् ईन्टरनेटद्बारा आफूले चाहेको ठाउँमा घर जग्गा सर्च् (Search) गर्दा हुन्छ । उनीहरु कुनै अनलाइन घर जग्गा खरिदबिक्री गर्ने साइट्समा लग इन गरेर आफूले चाहेको ठाउँमा घर वा जग्गा सर्च गर्न सकिन्छ जस्ले गर्दा घरमै बसेर घर जग्गा  किनबेच गर्न सक्छन् ।

 ३: धेरै क्षेत्रमा पहुँच

सामान्यत: घर जग्गा किन्दा थोरै क्षेत्रमा मात्र खोज्न सकिन्छ तर यदि पोखराको मानिसले काठमाडौंमा घर वा जग्गा किन्न निकै गार्हो हुन्छ । पोखराबाट काठमाडौं जानु पर्‍यो, घर वा जग्गा खोज्नु पर्‍यो जुन निकै असहज हुन्छ र धेरै समय लाग्छ तर इन्टरनेटमा उपलब्ध (real estate) साइट्सद्वारा जुनसुकै ठाउँको घर वा जग्गा खोज्न सकिन्छ । यसरी यस्ता साइट्सद्वारा धेरै क्षेत्रमा घर जग्गाको करोबार गर्न सकिन्छ।

४: अधिक विश्वसनीय

इन्टरनेटद्वारा घर जग्गा किनबेच सहज मात्र नभएर अधिक विश्वसनीय पनि भएको पाइन्छ ।

५: घर जग्गाको मात्र नभएर अरु कुराको पनि सुबिधा दिन्छ ।

यसमा घर जग्गा  खरिद बिक्री मात्र नभएर यससँग सबन्धित अरु सुविधा पनि उपलब्ध गराउँछ ।

जस्तै:

१) वास्तु परामर्शदाता

२) घर वा जग्गाको मूल्यांकन

३) मर्मतको सुविधा 

४) भित्री डिजाइनको सुविधा

५) वास्तुकला सेवा

६) नवनिर्माण सेवा आदि

त्यसैले अब घर जग्गा खरिद वा बिक्रीकर्तालाई रियल स्टेट (Real Estate) सर्भिस निकै फाइदाजनक हुन सक्छ । जसका कारण खरिदबिक्री सरल र सहज हुन सक्छ । आजभोलि घर वा जग्गाको सम्पूर्ण विवरण इन्टरनेटद्बारा मोबाइल एप्स (Apps) वा रियल स्टेट (real estate) साइट सहजै हेर्न सकिन्छ । समयको परिवर्तन सगै हाम्रो जीवन शैली पनि परिवर्तन हुन जरुरी छ । तपाईंले घर जग्गा खरिद बिक्री गर्न कुन तरिका अपनाउनु हुन्छ त्यो तपाईंको हातमा छ ।

तपाईंले कस्तो तरिका रोज्नु हुन्छ ? कृपया कमेन्टद्वारा आफ्नो राय व्यक्त गर्नु होला । यदि तपाईंलाई यो तरिका मन पर्‍यो भने शेयर गरेर अरु माझ पुर्‍याउन सहयोग गर्नुहोला ।

पढेर साथ दिनु भएकोमा धन्यवाद ।

Write A Comment