स्मार्ट शहरको अर्थ र विशेषताहरु

स्मार्ट शहरको अर्थ र विशेषताहरु

आजभोलि राज नेता तथा आम सर्वसाधारणको जिब्रोमा स्मार्ट सिटी भन्ने शब्द झुन्डीएर नै बसेको छ । स्मार्ट सिटी शब्दको प्रयोग नभएसम्म विकास र सुधारका कुरा नै पुरा हुँदैन वा विकासको पर्यावाचीक शब्द भनेकै स्मार्ट सिटी हो भन्ने भान आम सर्वसाधारणलाई पर्न थालेको छ । स्मार्ट सिटिको वास्तवीक अर्थ के हो यसको सिधा अर्थ एउटै वाक्यमा पाउँन सकिदैन । यसको बारेमा विश्वव्यापी रुपमा स्वीकृत परिभाष पाईदैन । स्मार्ट सिटीको अवधारणा शहर–शहर विच र देश–देश विच पनि फरक फरक अर्थ हुन्छन् । विकासको स्तर, परिवर्तन र सुधारको इच्छुकता, स्रोत र शहरका बासिन्दाहरुको आकांक्षामा निर्भर रहन्छ । एउटा स्मार्ट शहर युरोप भन्दा भारत र भारत भन्दा नेपालमा समेत फरक हुन सक्दछ । 

हाम्रो परिवेषमा प्रवीधी मैत्रि व्यवस्थापन सहित निश्चित मापदण्डका व्यवस्थीत आवासीय घर तथा व्यावसायी भवनहरु छुट्टा छुट्टै स्थानमा, व्यवस्थित बजार, प्रयाप्त वातावरण मैत्री खुल्ला स्थान, व्यवस्थित उचित मापदण्डका सडक, पार्कींग स्थल, प्रयाप्त स्वच्छ पानीको उपलब्धता,  उचित ढलको व्यवस्था, उपयुक्त विद्युतीकरण तथा ईन्टरेन्टकरण, शैंक्षिक संस्था, स्वास्थ्य उपचार केन्द्र तथा अस्पताल, सहज यातायातको व्यवस्थीत व्यवस्थापन लगायत पूर्वाधारको विविध पक्षको उचित व्यवस्थापन सहितको शहरको रुपमा स्मार्ट सिटीलाई लिईएको छ ।

Related Posts
article-image
article-image
article-image
article-image
article-image