स्टक लगानीकर्ता संयम र सचेत हुनु पर्दछ

स्टक लगानीकर्ता संयम र सचेत हुनु पर्दछ

लगानी एक को बदला दुई, एकको बदला तीन वा एकको बदला चार प्राप्त गर्ने उद्देश्यबाट लगानी गर्ने हो भने लगानी र प्रतिफलको सम्बन्ध सहज रुपमा स्थापीत हुन सक्दैन । यस्तो सम्बन्ध अपवाद समय चक्र बाहेक लगानीकर्ताको परिकल्पना मात्र हुन सक्दछ । लगानीको प्रतिफल लगानीको वातावरण बाटै निर्देशित हुन्छन् । समय सापेक्ष नभएको अवस्थामा प्रतिफलको सम्भावना नगण्य वा नहुनु बराबर हुन सक्दछ । अघिल्लो ३ वर्षको मात्र नेपाली शेयर बाजारको नालीवेली केलाउने हो भने औषत रुपमा ४ गुण शेयर संख्या वा पूँजि विर्द्वि भएकाे छ । तथापी सम्बन्धित संस्थाले अाैषत राम्रो प्रतिफल दिन सफल देखिएकाे छ । यसकाे बाबजुद पुरानो लगानीकर्ता पर्ख र हेरकाे स्िथतीमा हुनु र नयाँ लगानीकर्ता त्रास र बजारमैत्री हुन सकेका छैनन् । यसबाट पुँजि वृद्धि बाट बढेको शेयर संख्यालाई सहज रुपमा बजारले लिन वा खरिद विक्री हुन नसकेको प्रष्ट रुपमा देख्न सकिन्छ । साथै शेयर बजार वेयरिस ट्रेन्डमा गयो भन्ने लगानीकर्ताहरुको बुझाईले थप ओरालो लगाउँन मद्दत पुगेको छ । त्यस्तै पछिल्लो समयमा यस क्षेत्रलाई सरकारबाट उपेक्षा हुनु, सरकारका जिम्मेवार तथा आधिकारीक व्यक्तिहरुबाट चिया गफ जसरी शेयर बजारको बारेमा सतही भनाई आउनु, शेयर बजार कानून विपरित सञ्चालन भएको र अव कानूनी दायरामा ल्याईन्छ भन्ने भ्रामक सन्देश प्रवाह गर्नु, आधिकारीक तत्य विना कालोधनले शेयरबजारलाई डो¥याको छ भनी आम लगानीकर्तालाई त्रसीत बनाउनु, तथ्यको आधारमा आम लगानीकर्तासम्म पुग्ने गरी आधीकारीक निकायबाट शंकाको वातावरणलाई चिरने काम नहुनु, बजारमा आउने हल्ला र भ्रम नै सत्य हो भन्ने कुरालाई आधिकारीक निकाय वा व्यक्तिहरुबाट खण्डन नहुनु जस्ता गतिविधिले शेयर बजारलाई थप शिथिल बनाएको छ । 

लगानी गरेका लगानीकर्तालाई पछल्लो वर्षहरुको पूंजी वृद्धिले लगानीकर्ताले प्राप्त गर्ने प्रतिफलमा खासै फरक वा कम नभएको तथ्य पछिल्लो चरणसम्म कम्पनी तथा संस्थाहरुले घोषणा गरेका बोनस तथा लाभांस दरबाट पुष्टी भई रहेको छ । यस्तो अवस्थामा लगानकिर्ता स्वंयम सचेत र धैर्यवान हुनु पर्ने देखिन्छ । दिर्घकालीन लगानीको योजना बनाउन जरुरी छ । 

Related Posts
article-image
article-image
article-image
article-image
article-image