सानो पुँजीबाट नै घर जग्गाबाट यसरी लिन सकिन्छ उच्चतम् प्रतिफल

सानो पुँजीबाट नै घर जग्गाबाट यसरी लिन सकिन्छ उच्चतम् प्रतिफल

मानीससँग पैसा भएर पनि उच्चतम् प्रतिफलको लागि कहाँ, कसरी र के मा लगानी गर्ने भन्ने कुरामा रुमलिएको पाईन्छ । यदि तपाँई वा साथी भाई समेत गरी आजको दिनमा डेर देखि दुई करोड (१,५०,००,०००–२,००,००,०००) लगानी योग्य रकम छ, भने तपाईहरुको लागि सबै भन्दा उपयुक्त लगानीको क्षेत्र घर जग्गा हुन सक्दछ । यसको लागि तपाईसँग जग्गा र घर निमार्णको लागि आवश्यक ज्ञान र आफ्नै नेतृत्वमा निमार्ण गर्न सक्ने आत्मा विश्वास र अनुभव भने आवश्यक हुन्छ । 

सम्भावना र अवसर 

लगानी एक पक्षले गर्ने, मुर्त (निमार्ण) रुप अर्को पक्षले दिने, विक्रि व्यवस्थापन अर्को पक्षले गर्ने हो भने यस क्षेत्रमा पनि सोचे अनुरुपको प्रतिफल आर्जन गर्न भने सकिदैन । तर माथि मध्ये कुनै दुई पक्षको कार्य स्वंयमले गर्न सके ३५ देखि ५० प्रतिशत प्रतिफल ६ महिना भित्रनै आर्जन गर्न सकिन्छ । यसको लागि जग्गा खरीद गरी जग्गाको रुपमा विक्रि वितरण गर्दा भने उल्लेखीत प्रतिफल आर्जन गर्न भने सक्ने आवस्था छैन । जग्गा खरिद गरि उक्त जग्गामा एक तलाको घर निमार्ण गरि विक्रि गर्ने अवस्थामा भने माथिको प्रतिफल सजिलै आर्जन गर्न सकिन्छ भन्छन् यस क्षेत्रमा विगत ५ वर्ष देखि संलग्न हुँदै आएका ईमाडोल निवासी श्री प्रेम श्रेष्ठ । 

यदि तपाई जग्गामा लगानी गरी जग्गाको विक्रिबाट उचित मुनाफा आर्जन गर्ने सोचमा हुनु हुन्छ भने कम्तिमा ३ देखि ६ वर्ष सम्म थेग्न सक्नु पर्दछ । यसो गर्न सकेमा गुणात्मक प्रतिफलको सम्भावीत आश भने गर्न सकिन्छ । जुन विगतका जग्गा खरिद विक्रि ट्रेन्डमा देख्न सकिन्छ । तर आफूसँग भएको लगानी जग्गा खरिदमा निष्क्रीय हुने हुँदा भविष्यमा हुने गुणात्मक प्रतिफलबाट पनि घर निमार्ण गरि विक्रि गर्दा हुने प्रतिफलको अनुपातमा न्यून नै हुन सक्दछ । 

त्यसैले जग्गमा दिर्घकालिन रुपमा लगानी गरि प्रतिफल लिने सोचमा हुनु हुन्छ भने तपाई गलत सावित हुन सक्नु हुन्छ । तत्कालै खरिद जग्गामा घर निमार्ण गरी विक्रि गर्न विशेष गरी लोकेशनलाई ध्यान दिनु पर्दछ । केहि महंगो भए पनि भित्री शहरी क्षेत्र वा वस्तिविस्तार तिव्र गतिमा भएको स्थानमा जग्गा खरिद गरि घर निमार्ण गर्ने र विक्रि गर्ने कार्य उपयुक्त हुन्छ । 

समस्या र चुनौती

मुख्य शहरी क्षेत्रमा ३ देखि ४ आना जग्गा पाउँने सम्भावना घद्दै गई रहेको छ । पछिल्लो सरकारको भुखण्डिकरण नीतिले थप चुनौती थपिदिएको छ । त्यसैले उपयुक्त स्थानमा जग्गा पाउँन सहज छैन । ३ देखि ४ आनामा निमार्ण भएको एक तले घर खरिद कर्ता मध्यम वर्गका हुने हुँदा खरिद कर्ताको बजेट अधिकतम् रु. एक करोड पचास लाख सम्म हुने गर्दछ । यस वर्गलाई लक्षित गरि घर निमार्ण गर्न भने सक्नु पर्दछ । यसबाट तपाईले गर्ने लगानी र त्यसबाट लिन सकिने प्रतिफलको अनुपात यही बजेट भित्र रहने हुँदा सजक, सतर्क रुपमा यस क्षेत्रमा लगानी गर्न सक्नु पर्दछ । 

Related Posts
article-image
article-image
article-image
article-image
article-image