लगानीकर्ताले बुझनै पर्ने नेपाली शेयर बजारको अन्तरवस्तुको यथार्थ

लगानीकर्ताले बुझनै पर्ने नेपाली शेयर बजारको अन्तरवस्तुको यथार्थ

अहिले शेयर बजार मात्रै नभइ हरेक क्षेत्रमा मन्दि आइरहेको छ। न्युरोडमा गएर सोध्यो भने कसैले पनि व्यापार राम्रो छ भन्दैन। चार वर्ष अगाडिको भाउमै घरजग्गा पाइन थालेको छ। कुनै कुनै ठाउँमा बढ्नु स्वभाविक हो तर कारोबार छैन।

काठमाण्डौं बाहिरका प्रमुख शहरहरुमै जग्गाको भाउ घटेको छ। पोखराकै कतिपय ठाउँमा केहि वर्षअघि एक करोड रुपैयाँ भनिने जग्गा अहिले ८० लाखमै बेच्न तयार भएको देखिन्छ। काठमाडौंकै बुढानिलकण्ठ, चुनदेवी लगायतका आवासीय क्षेत्रमा हिजोका दिनमा भन्दा सस्तोमा घर, बंगला पाउन थालिएको छ।

अर्थतन्त्रलाई एउटा मात्रै कारणले प्रभाव पारिरहेको हुँदैन। भारतसँग नेपालको विनिमय दर स्थिर छ। यसले धेरैजसो कुरालाई ड्राइभ गर्छ। भारतको विकासले नचाहेर पनि नेपालको विकासलाई धकेलिरहेको हुन्छ। र भारतको अर्थतन्त्र नराम्रो हुँदै गर्दा प्रत्यक्ष अप्रत्यक्ष असर हाम्रोमा देखापर्छ।

अहिलेको अर्थव्यवस्था लामो समयको राजनितिक अस्थिरतापछि कायम भएको व्यवस्था हो। छोटो समयमै धेरै आर्थिक गतिविधि भए। आर्थिक विकासको गतिविधि सँधै एउटै गतिमा जाँदैन। केहि समय एउटा गतिमा जान्छ र रोकिन्छ।

अर्थतन्त्रको एउटा मात्रै सूचकमा अवरोध आउने वित्तिकै समग्रमै असर पुर्याउछ। हामीसँग बुद्धि र बल भएका दुबै किसिमका म्यानपावर थियो। यो सबै पलायन भयो। पढेका मान्छे युरोप अष्ट्रेलिया गए नपढेका मान्छे खाडि मुलुकमा गए। पछिल्लो समय विस्तारै जापान कोरिया हुँदै युरोप छिर्ने ट्रेण्ड बढेको छ।

हामी पूर्ण रुपमा रेमिट्यान्समै निर्भर भयौ। लगभग विदेशिने संख्या विस्तारै सकिँदैछ। एक तहको जनसंख्या पलायन भैसकेपछि सँधै त्यहि तहमा मान्छे पठाउन सकिँदैन। जसले गर्दा बृद्धिदरमा केहि असर पुर्याउछ।

रेमिट्यान्स बढ्ने तीन कारण छन्। पहिलो विदेश जानेको संख्या नै बढ्नु पर्छ। दोस्रो उनीहरुको कमाइ बढ्नु पर्छ वा डलरको दर बढ्नु पर्यो। रेमिट्यान्समा अहिले सबैभन्दा धेरै डलरको असर देखिन्छ।

भारतीय मुद्राको अवमूल्यनले धेरै असर पुर्याइरहेको छ। पाँचरछ वर्ष अगाडि भारतीय मुद्रा एक डलर बराबर ४०र४२ थियो अहिले ७१र७२ हाराहारी छ। यसले पनि केहि असर पुर्याइरहेको छ। अर्को पाटो नेपालबाट पूँजी पलायन भइरहेको छ। अझै पूँजी पलायन हुने सम्भावना धेरै छ।

भारतमा र नेपालमा एउटै प्रकृतिको व्यवसाय गर्दा नेपालमा २५ प्रतिशत कर तिर्नु पर्ने हुन्छ तर भारतमा १५ प्रतिशत भन्दा माथि पर्दैन। नेपाल र भारतदुबै तर्फ सम्बन्ध भएकाहरुलाई भारतमा पूँजी लैजान केहि गाह्रो छैन। उही किसिमको क्षेत्रमा लगानी गर्दा भारतमा धेरै फाइदा हुन्छ भने स्वभाविक रुपमा उनीहरुले भारतमै लगानी गर्छन्।

नेपालमा भन्दा भारतमा व्यापार गर्न सजिलो छ। सरकारमा नरेन्द्र मोदी आइसकेपछि भारतले चीनलाई टक्कर दिने गरी आफ्ना नीतिलाई थप लगानीमैत्री बनाइरहेको छ। यसले गर्दा पूँजी भारत पलायन हुन्छ हुन्छ। पहिला पनि पैसा जाने आउने भैरहेकै थियो।

भारतपछि नेपालको पूँजी नजानिँदो ढङ्गले अष्ट्रेलिया, अमेरिकातर्फ पलायन भैरहेको छ। यसलाई तथ्याङ्कमा देखाउन गाह्रो छ। राजनीतिक अस्थिरताको अवधिमा राज्यका संयन्त्रहरु कमजोर हुन्छन्। यस्तो समयमा धेरै छिद्र हुन्छन् जसलाई सरकारले हेर्न सकिरहेको हुँदैन।

राजनितिक अस्थिरताबाट स्थिरता हुने संकेतसँगै ‘ब्ल्याक मनि आउट’ हुने सम्भावना धेरै हुन्छ। जुनसुकै अर्थतन्त्रमा ‘ब्ल्याक मनि’ हुन्छ। व्यवस्थित अर्थतन्त्र भएको ठाउँमा यसको मात्रा कम हुन्छ। राजनीतिक अस्थिरताको अवधिमा यस्तो पैसा दोब्बरले बढेको पाइन्छ। नेपालमा त्यहि पैसा मन्थन भएको हो। संविधान बन्नु अगाडि र संविधान बने लगत्तै शेयर बजार बढ्नुको कारण यहि हो। घर जग्गाको भाउ ह्वात्तै बढ्नु र शेयर बजार १८८१ पुग्नुमा यो पैसाको ठूलो हात छ।

अस्थिरतामा दलालतन्त्र मौलाउछ। जस्तो जग्गा दलाल, राजनीतिक दलालहरुले एकातिर सेटिङ मिलाइदिने अर्को तिरबाट पैसा लिने गर्छन्। मन्त्री भेटाइदिन्छु, काम मिलाइदिन्छु भन्दै एजेन्टको रुपमा पैसा कमाउँछन्। सजिलै पैसा कमाउने दलालतन्त्र हावी हुँदा जग्गा दलाल, राजनीतिक दलाल र कर्मचारीहरुसँगै धेरै पैसा हुन्छ। नेपालमा भष्ट्राचारको ठूलो समुदाय कर्मचारीतन्त्र हो।

राजनीतिक अस्थिरताको अवधिमा यस्तो पैसा बाहिर निष्किन्छ र ह्वाइट बनाउने प्रयास गरिन्छ। यस्ता पैसा अण्डर ग्राउण्ड हुने भएकाले सजिलै कालोधनको रुपमा पहिचान गर्न सकिँदैन। विस्तारै अस्थिरता सकिँदै गर्दा नियम कानुन बन्न थाल्यो। हरेक क्षेत्रलाई नियमले बाध्न थाल्यो। त्यस पछि झन् पूँजी पलायन हुन थालेको हो। कतिपयले यस्तो हुन्छ भन्ने आँकलन गरेर पहिले नै पठाइसकेका छन् भने कतिपयले अहिले पठाइरहेका छन्।

नेपालबाट सजिलै पूँजी पलायन हुने ठाउँ भारत हो। पहिला कर्मचारीहरुलाई यहिँ पैसा राख्नु पर्ने बाध्यता थियो। बाहिर कसलाई पठाउनेरु माध्यम पनि थिएन। अहिले कुनै पनि ठूलो ओहोदामा भएको कर्मचारीको आफ्नै छोरा छोरी अथवा दाजु भाइ अष्ट्रेलिया अमेरिकामा छन्।

कर्मचारीहरुका छोरा छोरीले अष्ट्रेलिया गएको दुई तीन वर्षमै घर किनेर भाडामा लगाएको कयौं उदाहरण छन्। सामान्य परिवारबाट गएका व्यक्तिले दुई तीन वर्षमै घर किन्न धेरै गाह्रो छ। उनीहरुको स्रोत नेपालको ब्ल्याक मनि नै हो। यहाँ पैसा राख्न धेरै जोखिम छ। यसरी ठूलो रकम अप्रत्यक्ष रुपमा बाहिरिरहेको छ। यदि उक्त पैसा नगएको भए यहि चलखेल हुन्थ्यो।

पहिला हुण्डी ठूलो कुरा लाग्थ्यो। आज चोक चोकमा हुण्डीको सुविधा पाउन सकिन्छ।

बजारबाट पैसा कसरी हरायोरु

बजारबाट नजानिँदो पाराले पैसा हराइरहेको छ। केहि वर्ष अगाडि कसैसँगै आनाको ५ लाख रुपैयाँ पर्ने जग्गा थियो। बजारमा ‘बबल क्रियट’ भएर आनाको एकाएक २० लाख पुग्यो। अर्कोले त्यही जग्गा २० लाखको दरले एक करोड रुपैयाँमा किन्यो। यही जग्गा धितो राखेर ४० लाख रुपैयाँको कर्जा लियो। त्यो व्यक्तिले उक्त ४० लाख रुपैयाँको व्याज तिर्दा तिर्दै आफुसँग भएको तरल पैसा सबै गुमायो। यहि प्रबृत्तिबाट घरजग्गामा लगानी गर्नेहरुको तरलता गुम्दै गएको देखिन्छ।

त्यस्तै शेयर बजारमा पनि दुई चार सयको शेयर एकाएक दुई हजार रुपैयाँ पुग्यो। लगानीकर्ताले बजार उच्च भएको बेलामा अझ धेरै कमाउने प्रलोभनमा शेयर कर्जा लिएर महँगोमा शेयर खरिद गरे। त्यही शेयर धितोमा राखेर शेयर कर्जा लिए। केही समयपछि मार्जिन कल आउन थाल्यो। त्यसलाई धान्दा धान्दै उसँग भएको तरल पैसा सकियो। यतिसम्म भयो कि कतिपय लगानीकर्ताहरुले आफुसँग भएको सबै शेयर वेच्दा पनि शेयर कर्जा तिर्न गाह्रो पर्यो। पैसा धान्न यता उताको बेच्दा बेच्दै सकियो। एक पटकको मार्जिन कल एक जनासँग मागेर चलायो। अर्को पटकको अर्कोसँग मागेर चलायो। यसरी आफुसँग भएको पैसा गुमेर गयो। यस्तो अवस्थामा शेयर वा जग्गा वेचेर भाग्ने बाहेक उपाय भएन।

बेच्नेको पैसा कहाँ गयो भन्ने प्रश्न गर्छन्। वेच्नेले लिएको पैसा पनि उपभोगमै गएको छ। कतिपयले जग्गाको पैसा जग्गामै हाल्छन् भने कतिपयले घर बनाइदिन्छ। घर बनाउँदा उसले सामान किन्छ। जग्गाको पैसा जग्गामा जानुको सट्ट यसरी अन्य क्षेत्रमा डाइभर्ट हुन्छ। त्यस्तै कतिपयले छोराछोरी पढाउन विदेश पठाउने गर्छन्। यसरी लगानीभन्दा उपभोगमा पैसा खर्च बढ्दै गएको छ। 

शेयर बजार र जग्गालाई हेर्यो भने एक अर्कामा निर्भर रहेको देखिन्छ। घर जग्गा र शेयर बजारलाई लिएर जहिले पनि ‘प्रोडक्टिभ’ र ‘नन प्रोडक्टिभ’ भनेर ठूलो बहस हुने गरेको छ। पहिलो कुरा शेयर बजार प्रोडक्टिभ सेक्टर हो किनभने यसबाट कम्पनीमा लगानी हुन्छ। जसले उत्पादन निकाल्छ।

अर्को पक्ष दोस्रो बजारमा मात्रै स्पेकुलेसन गरेर कारोबार गरियो भने त्यो प्रोडक्टिभ होइन। यसले लिक्विडिटीलाई मात्रै असर गर्छ। शेयर बजारको दुई वटा विशेषता हुन्छन्। एउटा पूँजी निर्माण गर्नु र अर्को लिक्विडिटि बनाउनु।

लगानी गर्दा गर्दै चाहेको वेला निष्किन पाउने भनेको शेयर बजार नै हो। अन्य विजनेसमा सजिलै बाहिरिन सकिँदैन। दोस्रो बजारमा सूचिकृत नभएको सूर्य नेपालको शेयरमा लगानी गर्छु भन्यो भने पाँइदैन। त्यस्तै सूर्य नेपालमा भएको लगानी म बेचेर हिड्छु भन्दा सजिलो नहोला।

लिक्विडिटीको लागि शेयर बजार प्ल्याटफर्म हो। तर स्पेकुलेसन मात्रै भयो भने शेयर बजारलाई ‘इजि अर्न मनी’ को माध्यमको रुपमा हेरिन्छ। झ्याप्प लगानी गरेर बढेको वेलामा पैसा कमाउन कि घर जग्गा कि शेयर बजार हो। दुख गरेर कमाएको पैसा यस्ता क्षेत्रमा लगानी गर्न मान्छेले ५० पटक सोच्छन्। कि त बुझेकाले मात्रै लगानी गर्छन्। त्यसैले यस्तो क्षेत्रमा कालोधन बढि प्रयोग हुन्छ।

शेयर बजारमा जब नबुझेका मान्छेहरुको प्रवेश हुन्छ तब तब शेयर बजार नचाहिँदो किसिमले बढ्छ। बुझेका मान्छेहरु आए भने चाहिँदो किसिमले बजार बढ्छ।

अहिले नयाँ कानुन लागु हुने चरण हो। अर्थ व्यवस्थालाई थप कडाइ गर्ने किसिमले नियमन हुने अवस्था आइरहेको छ। सम्पति शुद्धिकरणले पत्र काटेका समाचार एकपछि अर्को गर्दै आइरहेका छन्।

१० लाख रुपैयाँभन्दा माथिको कारोबारमा चेक अनिवार्य गरिएको छ। त्यसमा पनि १० लाख भन्दा माथिको कारोबारको रिपोर्ट बुझाउनु पर्ने व्यवस्था गरिएको छ। कुनै क्षेत्रको एक जना मात्रै फस्यो भने पनि उक्त क्षेत्रका मान्छेहरु झस्किन्छन्। अव कस्तो कानुन आउँछ कसरी कार्यान्वयन हुन्छ भन्ने डरले अधिकाम्स मानिसहरु पैसा निकाल्न डराएका छन्।

यस्तो अवस्थामा शेयर बजारलाई सैद्धान्तिक हिसावले मात्रै हेर्न मिल्दैन। हिजो ९ हजारमा स्ट्यार्डर्ड चार्टर्डर किन्नेले अहिले ५ सयमा किनिरहेका छन्। अस्ति ३५०० मा किनेको एभरेष्ट किन्नेले अहिले ५ सयमै किनिरहेका छन्। तर यस विचमा कुनै तात्विक फरक त छैन। यस वर्षदेखि लाभांसको दर लगभग उही देखिन थालिसक्यो।

शेयर बजारमा पोजेटिभिटीले धेरै हदसम्म काम गर्छ। समग्र वातावरण सकारात्मक देखियो भने सबै क्षेत्रलाई राम्रो देख्न थाल्छन्।

जव नेगेटिभिटिले जगेट्छ अनि मान्छेले २० रुपैयाँको कमाइलाई पनि थोरै भन्न थाल्छन्। त्यसैले मार्केट सेन्टिमेन्ट पोजेटिभ हुन जरुरी छ। साथै बजारमा ‘इजि मनी’ को सप्लाइ बढ्न जरुरी छ।

यो लगानी गर्ने यो उपयुक्त समय होर ?

शेयर बजारमा छिर्ने वा निस्किने समयका आधारमा मात्रै भन्न सकिदैन। यो समय शेयर बजारमा छिर्ने बेला हो कि होइन भन्ने होइन। बरु यो कम्पनी किन्न हुन्छ कि हुँदैन भन्ने वेला हो।

लगानी गर्दा कुन वेला भित्रिने भनेर मात्रै सोधिन्छ। कति दिनलाई लगानी गर्ने एक दिन, दुई हप्ता, ५ महिनाको लागि हो भने लगानी नगर्नुहोस्। होइन मेरो पैसा एक डेड वर्ष सम्म चलाउदा केहि हुँदैन, मलाई खान बस्न सबै पुग्छ, यो पैसा चाहिदैन। अहिले लगानी गरेर राख्ने हो भने लगानी गर्ने वेला यहि हो।

एउटा समय कुर्न सक्छु। आवस्यक पर्यो भने अन्तैबाट पैसा निकाल्न सक्छु। यो शेयर बेचेर गर्जो टार्नु पर्ने अवस्था आउदैन भन्नुहुन्छ भने १५र२० वटा राम्रा कम्पनी छानेर शेयर खरिद गरेर राख्न सकिन्छ। अधिकाम्स कम्पनीको शेयर खरिद गर्न सक्ने अवस्थाका छन्। ढुक्कले किनेर बस्नुस।

अहिलेसम्म सेक्टर हेरेर शेयर खरिद गर्न सक्ने वातावरण बनिसकेको छैन। बजार बढ्यो भने जस्तासुकै कम्पनीको पनि बढ्छ र घट्दा जस्तासुकै राम्रो कम्पनीको शेयर पनि उहि अनुपातमा घट्छ। जलविद्युत कम्पनीहरुको अवस्था दयनिय छ। 

स्रोत https://bizmandu.com/content/20191019085654.html कालोधनले शेयर बजारलाई माथि पुर्यायो, प्रकाश तिवारीको विश्लेषण

Related Posts
article-image
article-image
article-image
article-image
article-image