बैंकमा तरलता अभाव चर्कियो

बैंकमा तरलता अभाव चर्कियो

काठमाडौं । सुरक्षाका लागि राखिने अनिवार्य तरलता मौज्दात ९सिआरआर० कायम गर्ने पैसा नहुँदा बैंकहरुले असोजमा मात्रै १५ अर्ब ७८ करोड रुपैयाँ सापटी चलाएका छन्।

बैंकहरुले १०० रुपैयाँ निक्षेप उठाएपछि ४ रुपैयाँ राष्ट्र बैंकमा जम्मा गर्नु पर्छ। तर बैंकहरुले ४ रुपैयाँ पनि नराखी ऋण दिए। चार रुपैयाँ नराख्दा जरिवाना हुन्छ। जरिवानाबाट जोगिन बैंकहरुले राष्ट्र बैंकसँगै महँगोमा सापटी लिएर पैसा जम्मा गरेका हुन्।

बैंकहरुले राष्ट्र बैंकसँग स्थायी तरलता सुविधा -एसएलएफ- लिएका हुन्। एसएलएफको ब्याज दर ६ प्रतिशत हुन्छ। अन्तर बैंक सापटीमा पनि पैसा नपाएपछि बैंकहरुले तरलता अनुपात कायम गर्न एसएलएफ लिएका हुन्। बैंकहरुलाई तरलता चाहिने वित्तिकै राष्ट्र बैंकले उपलब्ध गराउने मौद्रिक औजार एसएलएफ हो।

ऋणको माग उच्च भएका बेला बैंकहरुले आफूसँग पैसा नराखी ऋण दिने गर्छन्। त्यही भएर सिआरआर कायम गर्न पनि समस्या पर्छ। चालु आर्थिक बर्ष मात्रै बैंकहरुले ४९ अर्ब ८० करोड रुपैयाँ एसएलएफ प्रयोग गरेका छन्।

असोजमा पनि सबैभन्दा बढि एसएलएफ २३ गते प्रयोग भएको छ। दशैंको बिदा सकिने वित्तिकै बैंकहरुमा अभाव भएर उनीहरुले एसएलएफ प्रयोग गरेका हुन्। २३ गते ४ अर्ब ९५ करोड रुपैयाँ प्रयोग भएको छ। २७ गते ३ अर्ब प्रयोग गरेका छन्। मसान्ततिर ५० करोड मात्र प्रयोग गरेका छन्।

पोहोर बैंकहरुले असोजमा मात्र एसएलएफ प्रयोग गरेका थिए। उनीहरुले जम्मा तीन पटक ३ अर्ब ४२ करोड रुपैयाँ प्रयोग गरेका थिए। चालु बर्ष भने ५० अर्ब हाराहारी प्रयोग गरिसकेका छन्।

स्रोत: https://bizmandu.com/content/20191023104650.html

तरलता अभावसँगै लगानी योग्य रकमको अभाव हुन थालेको देखिन्छ । यसबाट लगानीको आवश्यक पर्ने क्षेत्रको विकासमा संकुचन आउने छ । विशेष गरी प्रत्येक्ष रुपमा घर जग्गा व्यावसाय र पुजींबजारको कारोबारमा थप दबाब पर्ने देखिन्छ । तरतलता अभाव लामो समय रहे देशको आर्थिक गतिविधिको दरमा समेत नकारात्मक असर पर्न सक्छ । त्यसैले राज्यले विकास निमार्णको कार्यलाई गतिशिल बनाउन जरुरी छ । सरकारले विकास निमार्णको कार्य लाई गति प्रदान गरेमा करको रुपमा राज्यको ढुकुटीमा जम्मा भएको रकम बजारमा आउने र केहि हदसम्म तरलता अभावको सम्बोधन गर्न टेवा पुग्ने देखिन्छ ।

Related Posts
article-image
article-image
article-image
article-image
article-image