बिहीबार अर्थमन्त्री खतिवडाले संसदमा नयाँ बजेट पेश गर्ने

बिहीबार अर्थमन्त्री खतिवडाले संसदमा नयाँ बजेट पेश गर्ने

अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७–७८ का लागि बिहीबार संसद्मा बजेट भाषण गर्ने भएका छन् । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले अर्थमन्त्रीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बिहीबार दिउँसो ४ बजे बजेट भाषण गर्ने जानकारी गराएका हुन् । बजेट भाषणपछि साँझ ६ बजे प्रतिनिधि सभाको अर्को बैठक बस्ने पनि उनले जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले यतिबेला बजेटलाई अन्तिम रुप दिने प्रयास गर्दैछन् । कोरोनाले शिथिल बनाएको अर्थतन्त्र उकास्नुपर्ने प्रमुख चुनौती उनलाई छ । सोही अनुसार बजेटको प्राथमिकता निर्धारण हुनेछ । एकातिर उद्योगप्रतिष्ठानलाई राहत दिनुपर्ने अवस्था छ भने अर्कोतिर लक डाउनले आहात भएका सर्वसाधारण जनतालाई पनि राहत पुग्ने कार्यक्रम चाहिएको छ ।

अर्कोतिर विकासनिर्माणका परियोजनाहरुलाई पनि सँगै लैजानुपर्ने अवस्था छ । प्राथमिकता प्राप्त कतिपय आयोजनालाई पनि कार्यान्वयन गर्ने गरी बजेट आउने अर्थ मन्त्रालयका अधिकारीहरुले बताउँदै आएका छन् ।

Related Posts
article-image
article-image
article-image
article-image
article-image