फोहोरको बिकराल समस्या र यस्का समाधानका उपायहरु

फोहोरको बिकराल समस्या र यस्का समाधानका उपायहरु

नेपालमा बिशेष गरी फोहोर ब्यबस्थापनको समस्या काठमाडौं, भक्तपुर्, पाटन, बिराटनगर, चितवन लगायत धेरै जनसङ्ख्या भएका शहरहरुमा देखिन्छ । नेपालमा आफूले उत्पादन गरेको सामान्य खालको फोहोरसमेत सरकारी निकायले व्यवस्थापन गरिदियोस् भन्ने मान्यता बिद्यमान नै छ । जतासुकै फोहोर फालिदिने, ठीक समयमा र ठाउँमा फोहोर नफ्याँक्ने, फोहोर व्यवस्थापनका लागि आएको गाडी गइसकेपछि फोहोर ल्याएर जताततै फाल्ने लगायत समस्याले उपत्यका आक्रान्त भएको छ । हाम्रो समाजमा रहेको यस्तो खालका बानी सुधार्न समुदाय नै लागी पर्न आझ्रको आवश्यकता देखिन्छ । कमसेकम आफूद्वारा सिर्जित फोहोर आफैँले उचित व्यवस्थापन गर्नु पर्छ भन्ने ज्ञान सबैमा हुन जरुरी छ । अहिले फोहोर व्यवस्थापनको कठिनाई उपत्यकाले बढी भोग्नु परेको छ । मुख्यतया सडकमा फोहोर थुपार्नु पर्ने बाध्यता, अस्वभाविक रूपले बढेको जनघनत्वले जतासुकै उत्सर्जन गर्ने अव्यवस्थित फोहोर, प्रत्येक पसलमा प्रयोग गरिने प्लास्टिकका झोला र सडेका सामान मिल्काउने चलन समस्याका रूपमा रहेका छन्। हेर्दा झिनामसिना र साना लाग्ने यस्ता फोहोरले कति प्रकारको रोग व्याधी फैलाउन सक्छ भन्ने ज्ञान नहुनु अर्को समस्या पनि बिद्यमान देखिन्छ ।

फाहोरको समस्याभन्दा डरलाग्दो समस्या भनेको समाजमा रहेको फोहोरसम्बन्धी अज्ञानता पनि हो त। यो अज्ञानता हटाउन सक्ने हो भने फोहोमैलासम्बन्धी समस्या समाधान गर्न ठुलो मद्दत हुने थियो । अर्कोतर्फ सरकारी निकायको मुख ताक्ने परम्पराले पनि फोहोर व्यवस्थापनमा कठिनाइ थपेको छ । प्रत्येक टोलले आफ्नो घर आँगन सफा राख्न, भान्सा र चर्पीबाट उत्सर्जन हुने फोहोर व्यवस्थापन गर्न साथै प्लास्टिकका झोला भरसक प्रयोग नगर्न र गरे पनि उचित ठाउँमा व्यवस्थापन गर्न लगाउने एउटा समिति गठन गरी फोहोर ब्यवस्थापन मा सरकारसँग हतेमालो गर्ने हो भने हाम्रा टोल छिमेक स्वछ र सुन्दर बनाउन खासै कठिनाइ नहोला । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाविस वा फाहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको मुख ताकेर बस्ने परम्परा तोड्नका लागि पनि सहरमा बस्ने सचेत नागकिरले सचेतनामूलक गतिविधि गर्न पहल गर्नुपर्ने देखिन्छ ।

सहरको प्रत्येक घरबाट फोहोर उत्सर्जन हुन्छ, होटल, कलकारखाना, उद्योग, अस्पताल, स्कुल, खाली मैदान र पसलहरूबाट पनि फोहोर उत्पादन हुनु स्वभाविक हो । घातक फोहोर उचित व्यवस्थापन नहँुदा ज्यानमारा रोग फैलन सक्छ । अस्पताल र उद्योगबाट उत्पादन हुने फोहोर मानव स्वास्थ्यका लागि सबैभन्दा घातक हुने, गरिएका बिभिन्न अनुसन्धानले देखाएको छ । यो फोहोर व्यवस्थापन गर्न सम्बन्धित निकाय नै लाग्नुपर्छ किन भने अहिलेसम्म नेपालका अस्पताल र उद्योगहरूले आफ्नै पहलमा फोहोरमैला व्यवस्थापन गरेको खासै दोखिँदैन । सरकारी निकायले उपलब्ध गराएको स्थानमा फोहोर व्यवस्थापन नहुँदा पनि जनताले निकै ठूलो समस्या बेहोर्नु परेको थ्य बिद्यमान नै छ ।

२०६८ सालमा फोहोर मैला व्यवस्थापन ऐन बनेको छ, उक्त ऐनका प्रावधान अनुसार, हानिकारक फोहोरमैला उत्पादन गर्ने व्यक्ति वा संस्थाले तोकिएको बमोजिम व्यवस्थापन नगरे कारबाही हुने व्यवस्था गरेको छ । तर, अहिलेसम्म कसैमाथि कारबाही भएको हामीलाइ थाहा भएको छैन । जथाभावी फोहोर फाल्नेमाथि पनि कारबाही हुनसक्छ, यी र यस्ता विषय लागू गर्न पनि जनचेतना कै खाँचो आझको हाम्रो आवश्य्कता देखिन्छ ।

काठमाडौं उपत्यकाले ल्यान्डफिल साइटको समस्या बारम्बार भोग्ने गरेको छ । ल्यान्डफिल साइट भएको स्थानका जनताले बारम्बार अवरोध गर्ने र फोहोरमैला व्यवस्थापन गर्ने निकायको स्रोत र साधनले भ्याउन नसक्ने माग राख्ने चलनलाई स्थापित गर्दै लगेका छन् जुन एउटा बिकराल स्थितिलाई सरकारले सम्बोधन गर्न नसकेको अवस्था देखिएको छ । अस्थिर राजनीति, आर्थिक अभाव, जनचेतनाको कमी, फोहोरमैलाबाट उत्पन्न हुने रोगव्याधीप्रतिको अनभिज्ञता र प्रचारप्रसारको कमीले पनि व्यवस्थापनप्रति मानिसले गम्भीरतापूर्वक नसोचेको हुनसक्छ ।

फोहोरमैला व्यवस्थापनसम्बन्धी अवधारणा पनि अव सबै राजनीतिक दलहरूले आफ्नो चुनावी घोषणापत्रमा समावेश गर्नुपर्ने र यस सम्ब्न्धी ठोस निती नियम को पैरबी गर्दै एउटा साझा योजनालाई अघी बडाउनु पर्ने देखिएको छ नभए भाभी पुस्ताले एस्को नराम्रो असर बेहोर्न पर्ने निस्छित छ ।

वास्तवमा फोहोरमैला व्यवस्थापनमा अस्थिर राजनीतले पनि केही हदसम्म अवरोध पुर्‍याएको छ । दिगो र व्यवस्थित सरकाले मात्र दिगो र व्यवस्थित काम गर्न सक्छ भनेजस्तै सम्बन्धित निकायलाई पनि त्यसैगरी काम गर्ने वातावरण मिल्छ । तर, अस्थिर राजनीति, अस्थिर सरकार र अव्यवहारिक कार्यशैलीले जतासुकै अवरोध पुर्‍याउन सहयोग गर्छ । फोहोरमैला व्यवस्थापनकै सवालमा पनि कतिपय स्थानमा यस्तै देखिएको छ । यस्ता खाले मानवजन्य प्रवृत्ति हटाउन पनि राजनीतिक दलहरू अग्रसर हुनुपर्ने अवस्था छ ।

सभ्य मानिसको पहिचान सफा र स्वच्छ वातावरण निर्माण गर्नु पनि हो । यदि हामीले आफू र आफ्नो वरिपरिको वातावरण सफा राख्न सकेनौँ भने हामी सभ्य मानव बन्न सक्ने छैनौँ । वास्तवमा सरोकारवालाहरू नै अग्रसर भएर कार्य थालनी नगर्ने हो भने स्वच्छ, सफा, हराभराको अवधारणा अपूरै रहने छ । काठमाडौं उपत्यकामा बग्ने नदी साँच्चै स्वच्छ बनाउने हो भने पहिला काठमाडौंबासीको मन (आत्मा) स्वच्छ हुनुपर्छ । प्रत्येक मानिसले गरेको फोहोरमैला वागमती र विष्णुमतीले बोकी दिनु पर्ने अनि नदी सफा भएन भन्ने भावना त्याग्नु पर्छ । फोहोरमैला व्यवस्थापनको कार्य सफल बनाउन नीतिदेखि तिथिसम्म परिवर्तन गर्नुपर्ने अवस्था छ । जलवायु परिवर्तनले मावन स्वास्थ्यमा पार्ने असर देखि भान्सा र चर्पीको फोहोरले पार्ने असरसम्मको ज्ञान नभएसम्म व्यवस्थित रूपमा फोहोर व्यवस्थापन हुन निकै कठिन छ ।

सार्वजनिक नीजि साझेदारी कार्यक्रम, जनचेतना अभिवृद्धि कार्यक्रम, प्रचारप्रसार कार्यक्रमलगायत कार्यक्रमबाट सम्बन्धित निकायले आफ्ना राम्रा काम प्रस्तुत गर्न थालेको छ । मुख्य रूपमा मानिसमा चेतनाको अभाव नै अहिले खड्किएको विषय हो । अर्को पक्ष भनेको नीति लागू गर्न दबाब सिर्जना गर्न नसक्ने अवस्था पनि हो किनकी अझ सम्म नि यो कसैको एउटा महत्वपूर्ण मुद्धा हुन सकेको छैन । ।

उपत्यकाको फोहोर व्यवस्थित हुन नसक्दा राज्यलाई निकै ठूलो घाटा हुन्छ । पहिलो त पर्यटन आगमनमा असर पुर्‍याउँछ, दोस्रो जनस्वाथ्यमा गम्भीर समस्या उत्पन्न गराउँछ र अन्यखालका बाधा उत्पन्न गराउँछ । तसर्थ उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्न जरुरी छ । त्यसका लागि जनस्तरबाट पनि सम्बन्धित निकायलाई सहयोग हुनुपर्छ । यदि नेपालीको सोचमा परिवर्तन आयो र फोहोरले पुर्‍याउने हानि बारे जनचेतना फैलाउन सकियो भने अति सुन्दर ढंगले फोहोर मैला व्यवस्थापन हुन सक्छ र स्वछ हराभराको नेपालको अबधारणा लाई मुलभुत रुपम सफल बनाउन सकिन्छ

आशा छ तपाईंलाई यो लेख मन पर्‍यो । मन परे सियर गरिदिनु होला ।

धन्यवाद!!

Related Posts
article-image
article-image
article-image
article-image
article-image