खुशीको खबर: बैंक तथा वित्तिय संस्थाबाट धितो मूल्यांकनको ७० प्रशितसम्म

खुशीको खबर: बैंक तथा वित्तिय संस्थाबाट धितो मूल्यांकनको ७० प्रशितसम्म

यदी तपाई पहिलो पटक बैंकबाट ऋण लिई घर खरिद वा निमार्ण गर्ने बारेमा सोच्दै हुनु हुन्छ भने राष्ट्र बैंकको पछिल्लो घर कर्जा प्रवाह प्रावधान फाईदा जनक हुन सक्छ । हालै राष्ट्र बैंकले प्रथम पटक घर निमार्ण वा खरिद गर्ने खरिद तथा निमार्णकर्तालाई धितोको ७० प्रतिशतको कर्जा सहज रुपमा उपलब्ध गराउने थप व्यवस्था गरेको छ । यस बाट प्रत्यक्ष रुपमा धेरै जनताले आफ्नौ घर निर्माण वा खरिद गर्न आर्थिक रुपमा सहयोग पुगोस् भन्ने उद्देश्यबाट राष्ट्र बैंकबाट यस्तो व्यवस्था आएको देखिन्छ । 

यस अघि काठमाडौंमा धितोको ५० प्रतिशत र काठमाडौं बाहिर धितोको ६० प्रतिशतसम्म घर खरिद कर्जा बैंक तथा वित्तिय संसाथहरुले उपलब्ध गराउँदै आएका थिय । राष्ट्र बैंकले एकीकृत निर्देशन २०७५ मा संशोधन गर्दै थप व्यवस्था लागु गरेको हो । तर यो सुविधा भने पहिलो पटक घर निमार्ण तथा खरिद गर्नेले मात्र उपभोग गर्न पाउने छन् । घर कर्जा पहिले नै उपयोग गरिसकेका ऋणीले भने यस्तो प्रकृतिको कर्जा पाउने छैनन् । यस प्रकृतिको कर्जाको सिमा अधिकतम रु. एक करोड पचास लाख तोकिएको छ । 

साथै ऋणीले नीजी प्रगोग गर्ने गरी तीन हजार वर्गफिटसम्मको घर वा अपार्टमेन्ट हुनु पर्ने छ । बीचमा बैंक तथा वित्तिय संस्थाले ऋणको व्याजदर बढाएमा ऋणीले मासिक रुपमा भुक्तानी गर्नु पर्ने किस्ताको दर भने बढाउने पाउने छैनन् । यति ऋणको व्याज दर बढेमा किस्ताको संख्या बढाई बढेको व्याजरकम मिलान गर्नु पर्ने छ । यसबाट ऋणीलाई प्रत्यक्ष रुपमा प्रति किस्तामा दबाब नआवस् भन्ने दुरगामी सोच समेत राखेको देखिन्छ । ऋणीले यस्तो कर्जाको किस्ता भुक्तान गर्नको लागि आम्दानीको रुपमा निर्मीत घरबाट उपलब्ध हुने घर भाडा भने आम्दानीको रुपमा गणना गर्न भने पाउने छैनन् । घर कर्जा ऋणी मैत्री आए पनि यसबाट घर कर्जामा थप विस प्रतिशत कर्जा प्रवाह हुने र लगानि योग्य रकम उत्पादन मुलक क्षेत्रमा थप अभाव र कमी हुने देखिन्छ । यसले घर जग्गा व्यावसायमा मन्दी आए पुनः बैंक तथा वित्तिय संस्थालाई असहज अवस्था समेत आउने देखिन्छ ।

Related Posts
article-image
article-image
article-image
article-image
article-image