थोरै लगानिमा आकर्षक र बलियो घर बनाउने उपायहरु

थोरै लगानिमा आकर्षक र बलियो घर बनाउने उपायहरु

मानिस सँग जति धेरै सम्पति भएपनि उसको इच्छा भने सँधै कम मुल्यमा गुणस्तरीय सामान पाउँनु हो । घरको लागि आवश्यक सामाग्री होस वा व्यतिगत सामान सबैले कम मुल्यमा उच्च गुणस्तरीय सामानको खोजी गर्छन् । तर, मुल्य पनि कम सामान पनि राम्रो के यो सम्भव छ ? घर बनाउने बेलामा पनि यस्ता कुरा आउने गर्दछन् । मान्छेको चाहाना नै हुन्छ कम खर्चमै आकर्षक र बलियो घर बनाउने । त्यसैले यहाँ कम लागतमा घर बनाउनका लागि केहि उपायहरु प्रस्तुत गरीइको छ ।

घर बनाउने सामानको छनोट

घरको सम्पूर्ण खर्चको ६५ प्रतिशत खर्च घर बनाउने सामानमा लाग्छ । यसैले, भान्सा कोठाका सामान, बिजुलीका सामान, पाइप, काठ, सिलिङमा प्रयोग गरिने सामान, सजावटका सामान र अन्य सामान सस्तोमै गुणस्तरीय पाइने ठाउँमा खरीद गर्नुपर्छ ।

एकै गुणस्तरका सामान पनि ठाउँअनुसार महँगो पर्ने भएकाले बजारभाउ बुझेर मात्र खरीद गर्नु राम्रो हुन्छ । देखिने र आवश्यक ठाउँमा महँगो सामान प्रयोग गरे पनि नदेखिने र अनावश्यक स्थानमा कम मूल्यका बलिया सामान प्रयोग गरेर खर्च घटाउन सकिन्छ ।

ठेकेदारको छनोट

निजी घरहरू निर्माण गर्दा पनि नाफाखोर ठेकेदारका कारण लागत बढ्न सक्छ । त्यसैले, घरको लागतअनुसारको काम गर्न सही ठेकेदारको चयन महत्त्वपूर्ण हुन्छ । ठेकेदार इमानदार र अनुभवी भएमा निर्माण सामग्रीको सदुपयोग हुनुका साथै व्यवस्थापन पनि राम्रो हुन्छ । यसबाट कम खर्चमै पनि गुणस्तरीय काम गर्न सकिन्छ ।

नक्साको चयन

सबैभन्दा पहिला नक्सा ९डिजाइन०मा ध्यान दिनुपर्छ । कत्रो, कस्तो र कुन किसिमको घर बनाउने र कति लागत लाग्ने भन्ने नक्सा बनाउँदा नै तय गर्नुपर्दछ । आफ्नो जग्गाको साइजअनुसार उपयुक्त र सबै ठाउँको सदुपयोग हुने किसिमले घरको नक्सा इञ्जिनीयरलाई बनाउन लगाउनुपर्छ ।

पछि डिजाइन परिवर्तन नगर्ने

कतिपय मानिस घर बनाइसकेपछि त्यसको भित्र निर्माण गर्ने भान्साकोठा, सुत्नेकोठा, बाथरूम आदिको डिजाइन परिवर्तन गर्दछन् । यसले गर्दा डिजाइन खर्च बढ्ने, कामदार खर्च बढी हुने, घरको क्षमता फरक हुने र त्यसको निर्माण महँगो पर्छ । त्यसैले, पहिले नै सही डिजाइन छनोट गरी सोहीबमोजिम निर्माण गर्नुपर्छ ।

वर्गाकार आकारमा बनाउनुहोस्

अन्य घरभन्दा वर्गाकार घर बनाउँदा धेरै सस्तो पर्ने विशेषज्ञहरु बताउछन् । आयताकार घरको भन्दा वर्गाकार घरको निर्माण लागत १५ देखि २० प्रतिशतसम्म कम पर्ने इञ्जिनीयरहरू बताउँछन् । साथै, एक तलाको ठूलो घर र त्यसमा कोठाहरू बनाउनुको सट्टा दुई तलाको सानो घर निर्माण गर्दा २५ प्रतिशत लागत खर्च कम लाग्ने बताइन्छ ।

वालहरू कम बनाउने

घर निर्माण गर्दा भित्रपट्टि कम सङ्ख्यामा वाल राख्दा फाइदा हुन्छ । बाहिरी वालको दाँजोमा भित्री वालको मोटाइ पनि पातलो बनाउनु राम्रो हुन्छ । यसले घरमा ठाउँ बढी उपलब्ध हुन्छ भने खर्च पनि कम लाग्छ । साथै, घरमा भर्र्याङका खुट्किला ज्यादा घुमाउरा तथा धेरैको सट्टा चुस्त र कम बनाउनुपर्छ । यसले लागत र ठाउँ दुवै बचत गर्न सकिन्छ भने घरलाई भद्दा देखिनबाट पनि जोगाउँछ ।

पढेर साथ दिनु भएकोमा धन्यवाद ।

मन परेमा सियर गर्नु होला ।

Related Posts
article-image
article-image
article-image
article-image
article-image